गाउँपालिकाबाट अनुदानको बिउ पाउँदा किसानहरु हर्षित

  • प्रकाशित मितिः पुष ८, २०७६
  • मधेश स्पेशल
  • 1597 पटक पढिएको

रोयाण्टर मण्डल
सिरहा /  सिरहाको नवराजपुर गाउँपालिकामा किसानलाई अनुदानमा गहुँको बिउ वितरण सुरु भएको छ ।

गाउँ कार्यपालिकाको बैठकको निर्णयअनुसार ५० प्रतिशत अनुदानमा गहुँको बिऊ वितरण सुरु भएको हो ।

किसानहरुलाई गहुँको बिउ अनुदानमा पाएपछि गहुँ लिन आएका किसानहरु हर्षित भएको किसानहरुले बताएको हो ।

‘गत वर्ष बजारमाबाट किनेर गहुँको बिउ लगाइयो । तर, बजारमा किन्दा किसानलाई मारपर्ने महंगाई थियौं’, नवराजपुर गाउँपालिका वडा नम्बर २ का अशोक साहले भन्नुभयो , ‘अहिले गाउँपालिकाले पचास प्रतिशत छुटमा गहुँको बिउ उपलब्ध गराउँदा निकै खुसी छु । अहिले यही बिउ एग्रोभेटमा किनेको भए कति महंङ्गो पर्न जान्थ्यो । पँैसा बच्यो, आवश्यक भन्दा बढि बिउ पनि पाइयो । आगामी दिनमा पनि यस्तै कामको अपेक्षा गरेकी छु ।’


नवराजपुर गाउँपालिकाले किसानहरुलाई गहुँमा आत्मनिर्भर बनाउने उद्देश्यले यसवर्ष गाउँपालिकाभित्रै एकदेखि पाँचवटै वडाका किसानहरुलाई ८० क्वीन्टल विजय, आदित्य र गौतम उन्नत जातका गहुँको बिउ अनुदानमा उपलब्ध गराएको छ । गाउँपालिका भित्र एकदेखि पाँवटै वडाका ४० किलोको दरले २ सय किसानलाई उक्त गहुँको बिउ वितरण गरिएको नवराजपुर गाउँपालिकाका अध्यक्ष विश्वमोहन यादवले बताउनुभयो ।


वडाको सिफरिसको आधारमा उक्त उन्नत जातको मसुरोको बिउ अनुदानमा उपलब्ध गराएको हो । उक्त ४० किलो बीउको मूल्य १४ सय रुपैयाको दरले वितरण गरिएको नवराजपुर गाउँपालिकाका प्रशासकीय अधिकृत अमरेन्द्र कुसियैत बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

३४ वर्षअघि महाधिवेशन भएको स्थल सिरहाको अम्बासमा नेकपा एमाले सचिवालय बैठक हुने

जिवछ उदासी सिरहा / पञ्चायती व्यवस्था ढाल्न तत्कालीन नेकपा (माले) को चौथो महाधिवेशनबाट मदन भण्डारी महासचिव

दश हजार घुस सहित रंगेहात अमिन पक्राउ

 राेयाण्टर मण्डल लहान / घुस रकम सहित सिरहाका एक अमिन रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन�

सिरहाका एक प्रधानाध्यापकले नक्कली बिल भरपाई बनाई गरे करोडौ रकम भ्रष्टाचार

रोयाण्टर मण्डल सिरहा / सिरहाको एक माध्यमिक विद्यालयका प्रधानाध्यापकले नक्कली बिल भरपाई पेश गरी करोडौ रक�

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2023 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६