तथ्यांकमा काेराेना भाइरस - COVID - 19

चिसो बढेपछि राज्यमन्त्री मण्डलले दाउरा वितरण गरेपछि स्थानीयहरु खुशि

  • प्रकाशित मितिः पुष 5, 2076
  • मधेश स्पेशल
  • 657 पटक पढिएको

रोयाण्टर मण्डल


सुखीपुर (सिरहा) / केही दिनयता शीतलहर शुरु भएसँगै ह्वात्तै चिसो बढेको कारण सर्वसाधरणको जनजीवन प्रभावित हुन थालेपछि प्रदेश २ सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले आफ्नो निर्वाचन क्षेत्रका बढी प्रभावित ठाउँठाउँमा दाउरा वितरण सुरु गरेका छन् ।


सिरहा निर्वाचन क्षेत्र नं. ४ ‘ख’ बाट निर्वाचित राज्यमन्त्री मण्डलले वन डिभिजन कार्यालय सिरहाको सहकार्यमा दाउरा वितरण गरेर आगो ताप्ने व्यवस्था मिलाएका हुन् ।
क्षेत्र नं. ४ ‘ख’ मा रहेको कल्याणपुर, इटारी प्रसाही, चतरी दोनबारी, अर्नमा बनिनियाँ, बेलहा, करुन्याही, परचिलवा, रमना बङठिया लगायतका ठाउँमा २ ट्याक्टर दाउरा पठाइएको राज्यमन्त्री मण्डलले जानकारी दिए ।


दाउरा वितरण भएपछि दाउरा विभिन्न चौक तथा गरिब मुसहर तथा डोम बस्तीमा समेत आगो ताप्न दाउराको व्यवस्था गरेपछि स्थानीयहरु खुशि भएका छन् ।

 

दाउरा वितरणमा सहयोग गर्नेमा वन डिभिजन कार्यालय सिरहाका प्रमुख सभाषचन्द्र दास, ईलाका प्रहरी कार्यालयका डिएसपी सन्तु जैसवार, शहीद नगर नगरपालिकाका प्रमुख उदय बरबरिया, कमला अभियानी बिक्रम यादव, राजपा कल्याणपुर नगरका अध्यक्ष रामबाबु यादवलगायत पार्टीका स्थानीय नेताहरु रहेको छ ।


हामीले जहाँ बढी आवश्यक्ता छ त्यहाँ आगो ताप्ने व्यवस्था मिलाएका छौं । आयस्रोत राम्रो भएका मानिसले त बाक्लो न्यानो कपडा लगाउँछन्, हिटर ताप्छन् । तर, आयस्रोत न्यून भएकाहरुको स्थान पहिचान गरेर आगो ताप्ने व्यवस्था मिलाएका छौं । न्यानो अभियान निरन्तर जारी राख्नेसमेत मन्त्री मण्डले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

रक्तदान कार्यक्रममा २६ युनिट रगत संकलन

ओम प्रकाश गुप्तासुखीपुर (सिरहा) / नगर युवा संजाल सुखीपुरको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार के

सुखीपुर नपा वडा नम्बर ८ मा दाेस्राे चरणकाे राहत वितरण

राेयाण्टर मण्डल लहान /  प्रदेश २ को सरकारले दोस्रो चरणको राहत वडा कार्यालय मार्फत वितरण गरिरहेको छ ।  

सुखीपुर नगरपालिकाकोे बजेट, निति तथा कार्यक्रम सार्वजनिकीकरण

रोयाण्टर मण्डललहान / सुखीपुर नगरपालिकाको चौथो नगरसभाबाट पारित आर्थिक वर्ष २०७७/ ७८ को बजेट नीति तथा कार्य

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2020 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६