कसरी गर्ने उच्च रक्तचापको नियन्त्रण ?

  • प्रकाशित मितिः पुष 11, 2074
  • मधेश स्पेशल
  • 142 पटक पढिएको

पुष, ११, २०७४ / काठमाडौं: अहिले प्रायः सबै जसो मानिसको घरमा एक न एक जना उच्च रक्तचापका रोगी भेटिन्छन् । जसमध्ये धेरैले रक्तचाप नियन्त्रण गर्ने औषधी सेवन गरिरहेका छन् । कतिले प्राकृतिक रुपमै नियन्त्रण गर्ने प्रयास गरिरहेका छन् भने कतिले दुबै विधी अपनाएका छैनन् । यिनीहरु हृदयघात लगायताको जोखिममा छन् ।
उच्च रक्तचाप नियन्त्रण गर्न सकिएन भने हामीलाई मुटु रोग, मृगौला रोग जस्ता थुप्रै रोग लाग्न सक्छन् । सामान्यभन्दा बढी रक्तचाप भएकाहरुसँग दुईवटा विकल्प रहन्छ । एक, औषधी सेवनबाट त्यसको नियन्त्रण । दुई, प्राकृतिक जीवनशैली ।
दोस्रो प्राकृतिक जीवनशैलीको विकल्प उत्तम हुन्छ । संभव भएसम्म प्राकृतिक रुपमै यसको निदान खोज्नुपर्छ । यद्यपी चिकित्सकको परामर्श भने लिनुपर्छ । औषधीको सेवन नगरी पनि रक्तचापलाई नियन्त्रण गर्ने केहि प्राकृतिक विधि छन् । यसका लागि मुख्यतः जीवनशैंली परिवर्तन गर्नुपर्छ । यसमा हाम्रो खानपान, सुत्ने–उठ्ने तालिका, प्रवृत्ति, सोच्ने शैली समेत पर्छ ।

१. नियमित दिनचर्याः अनियमित दिनचर्याका कारण पनि रक्तचाप बढ्ने गर्छ । खाने टुंगो र सुत्ने टुंगो नहुनाले रक्तचाप बढ्छ । त्यसैले उच्च रक्तचाप नियन्त्रणको पहिलो सर्त हो, सन्तुलित, संयमित, अनुशासित दिनचर्या ।
एउटा अनुशासित दिनचर्यामा आफुलाई अभ्यस्त गराऔं । यसले हाम्रा दैनिकी सहज र व्यवस्थित हुन्छ । जब दैनिकी सहज र व्यवस्थित हुन्छ, जीवनले अतिरिक्त बोझ बोक्नुपर्दैन ।

२. प्राणायामः प्राणायाम रक्तचाप नियन्त्रण गर्ने एक राम्रो विधी हो । पताञ्जली योगपिठ, आर्ट अफ लिभिङ लगायतले अहिले प्राणायामको विधी सिकाइरहेको हुन्छ । प्राणायाम भनेको सासको गति नियन्त्रण गर्ने, गहिरो सास लिने–छाड्ने जस्ता विधी हुन्, जसले शरीरमा अक्सिजनको मात्रा बढाउँछ । साथसाथै, मनलाई स्थिर र शान्त तुल्याउँछ । यस्तो अवस्थामा रक्तसंचार राम्ररी सुचारु हुन्छ ।

३. सन्तुलित खानपानः रक्तचाप बढाउनमा खानपानले पनि भूमिका खेल्छ । पचाउन गाह्रो हुने, मसलेदार, चिल्लो, नुनिलो खानेकुराले रक्तचाप बढाउँछ । मदिरा, स्न्याक्स, प्याकेटमा बन्द खानेकुरा, जंकफूड उच्च रक्तचाप बढाउने कारण हुन् ।
उच्च रक्तचाप नियन्त्रणका लागि नुन, चिनी आदिको मात्रा घटाउनै पर्छ । मदिरा, सूर्तिजन्य पदार्थले रक्तचाप बढाउँछ । संभव भएसम्म सात्विक भोजन गर्नुपर्छ, जो सजिलै पचाउन सकिन्छ । साथसाथै, शरीरमा विषाक्त तत्व पनि पैदा गर्दैन ।
हरियो सागपात वा फाइबरयुक्त खानेकुरा, ताजा फलफूल, जुस, सुप जस्ता खानेकुराले उच्च रक्तचाप नियन्त्रणमा प्रभावकारी काम गर्छ ।

४. खुसी रहनेः तनावका कारण पनि उच्च रक्तचाप हुन सक्छ । तनाव जसलाई पनि हुन्छ । धनाड्यलाई हुन्छ, चर्चित व्यक्तिलाई हुन्छ, निमुखालाई हुन्छ, निर्धोलाई हुन्छ, गरिबलाई हुन्छ । संसारमा कोहि व्यक्ति हुँदैन, जो तनावरहित छन् । यद्यपी तनाव हुन्छ भन्दैमा त्यसलाई लिने वा व्यवस्थापन गर्ने ?
वास्तवमा तनाव भनेको कुरा व्यवस्थापन गर्ने हो । तनाव, कुण्ठा, आवेग, क्रोधले रक्तचाप बढ्छ । यस्ता मानविय विकार त्याग्नु नै रक्तचाप नियन्त्रण गर्नु पनि हो । सधै शान्त रहने, खुसी रहने, संयमित रहने, कृतज्ञ रहने अभ्यासले हामीलाई शान्त तुल्याउँछ ।

घरेलु विधी
केहि घरेलु विधी छन्, जसलाई अपनाएर पनि रक्तचाप नियन्त्रण गर्न सकिन्छ । जस्तैः
– लौकाको जुस बनाउने । त्यसमा धनियाँ, पुदिना र तुलसीको पात मिलाएर पिउने गरौं ।
– मेथी दानालाई पानीमा उमाल्ने र त्यसको रस सेवन गरौं ।
– दालचिनीलाई पिसेर धुलो बनाउने । हरेक बिहान आधा चम्चा धूलोमा त्यती नै मह मिसाएर खाली पेटमा खाने गर्नुपर्छ ।
– दिनमा चार/पाँच कप ग्रीन टि सेवन गरौं ।
– मेथी दानालाई पानीमा रातभर भिजाउने । बिहान उठेपछि खाली पेटमा उक्त पानी पिउने गरौं । हरेक बिहान यसलाई निरन्तरता दिनुपर्छ ।
– बेल पत्रको पाँच वटा पातलाई मिहिन हुनेगरी पिस्ने र त्यसलाई एक गिलास पानीमा घोल्ने । उक्त घोल त्यसबेलासम्म उमाल्ने, जब त्यो आधा गिलास हुँदैन । त्यसपछि सेलाएर पिउने गर्नुपर्छ ।
– बिहान मनतातो पानी पिइसकेपछि खाली पेटमा लसुनको दुई, चार पेटी सेवन गरौं ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

नेपाली कांग्रेस क्षेत्र नम्बर २ सिरहाका समितिले मनाए विपी स्मृती दिवस

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / नेपाली कांग्रेस  क्षेत्र नम्बर २ सिरहाका समितिले ३७ औं विपी स्मृती दिव

सुखीपुरका व्यवसायीहरु पनि भीसीटीएसको बिरोधमा उत्रिए

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सरकारले ल्याएको ऐन, नियम र कानून तथा प्रावधानहरु अव्यवहारिक भएको भन्दै सिर

बरियारपट्टी गाउँपालिकाको बजेट ४१ करोड ३४ लाख

रोयाण्टर मण्डल / कृष्ण मोहन चौधरी / हरिपति लाल कर्ण / विपी भुवन  सुखीपुर (सिरहा) /   ‘कृषि , शिक्षा, पु


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६