​ए डिभिजन फुटबल लिग अझै अनिश्चित

  • प्रकाशित मितिः पुष 11, 2074
  • मधेश स्पेशल
  • 205 पटक पढिएको

पुष, ११, २०७४ / काठमाडौं: एु डिभिजन लिग फेरि अनिश्चित बनेको छ । चार वर्षपछि गर्ने तयारी गरिएको लिग अखिल नेपाल फुटबल संघ (एन्फा)ले पछिल्लो पटक पुस दोस्रो सातादेखि गर्ने तयारी गरेको थियो । तर, पुस ११ गते भइसक्दा एन्फाले लिगमा भाग लिने क्लबसँग छलफल गरेको छैन ।

एन्फाले विगत २ वर्षदेखि लिग गराउन सकेको छैन। एन्फाले पछिल्लो पटक ०७२ मा राष्ट्रिय लिग आयोजना गरेको थियो । ए डिभिजन लिग भने ०७० सालदेखि हुन सकेको छैन । यसअघि एन्फाले वैशाख, भदौ र मंसिरमा ए डिभिजन लिग गर्ने योजना बनाएको थियो । तर यी तीन वटै मितिमा लिग हुन सकेनन् । एन्फा प्रवक्ता सञ्जीव मिश्रले क्लबहरुसँग औपचारिक छलफल गरेपछि छिटै नयाँ मिति घोषणा गर्ने बताएका छन् ।

एएफसीले सन् २०१८ देखि आफ्ना सदस्य राष्ट्रलाई अनिवार्य रुपमा क्लब लाइसेन्स प्रणाली लागू गराउँदै छ। त्यसका लागि लिग आयोजना गर्नु बाध्यकारी मानिन्छ । ए डिभिजन लिगमा थ्रीस्टार, फ्रेन्ड्स, नेपाल आर्मी, नेपाल पुलिस, सशस्त्र प्रहरी, मनाङ मर्स्याङ्दी, मच्छिन्द्र, संकटा, हिमालयन शेर्पा, सरस्वती, ब्रिगेड ब्वाइज, जावलाखेल युथ क्लब, झापा ११, मोरङ एफसी, रुपन्देही र सुदूरपश्चिम टिम सहभागि हुनेछन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

निःशुल्क एसइइ परीक्षा तयारी कक्षा समापन

रोयाण्टर मण्डल सिरहा / सुखीपुर संचालित १५ दिने निःशुल्क एसइइ परीक्षा तयारी कक्षा समापन गरिएको छ । नगर सुध

 सुखीपुर उद्योग ब्यपार समितिको निर्वाचन सम्पन्न

रोयाण्टर मण्डल /  विन्दे यादव सुखीपुर / सुखीपुर उद्योग ब्यपार समितिको नयाँ कार्यसमितीका लागि निर्वाचन स

सुखीपुर व्यापार समिति का चुनाव आज राजनीति उफान पर

रोयाण्टर मण्डल / हरिपति लाल कर्ण सुखीपुर (सिरहा) / सुखीपुर की सबसे बड़ी व्यापारिक संस्था सुखीपुर उधोग व्याप


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६