सुखीपुर उधोग ब्यपार समितिमो चुनावी सरगर्मी, तामझामका साथ प्रचार प्रसार

  • प्रकाशित मितिः आश्विन 15, 2076
  • रोयाण्टर मण्डल
  • 315 पटक पढिएको

रोयाण्टर मण्डल
सुखीपुर (सिरहा) / सुखीपुर उद्योग व्यापार समितिमा अन्तत्वगत्वा भोली बिहीवार चुनाव हुने भएपछि ब्यापारीहरु ताम झामका साथ प्रचारप्रसारमा लागेका छन् । सहमतिका लागि लामो गृहकार्य टुंगोमा नुपुगेपछि दुई प्यानलबीच चुनाव टक्कर हुने भएको हो ।

 

चुनावी प्रतिस्प्रर्धामा वर्तमान अध्यक्ष शत्रुधन चौधरीको नेतृत्वमा र वर्तमान कोषध्यक्ष उपाध्यक्ष रंजित पंजियारको अध्यक्षतामा अर्को समूह चुनावी मोर्चामा होमिएको छ । दुवै पक्षको माहुल अनुसार कडाको टक्कर रहेको बजारमा चर्चा भए रहेको छ ।

 

विजय को गर्छ भने कसैले अनुमान गर्न अप्ठयारो भए रहेको छ । सुखीपुरको ब्यपार संघको चुनावमा जातिबाद पनि हाबी भएको छ । त्यसैले अधिकाशं जाति उम्मेदवारलाई आ – आफनो जातिको पक्ष जाने पक्का रहेको छ । अध्यक्ष पदको उम्मेदवारको पदमा क्रस मत पनि हुने ब्यपारीहरु बिच चिया पान पसलमा चर्चा भए रहेको छ । यसमा चुनावमा राजनैतिक हाबी पनि भएको छ । दुवै पक्षको प्यानलमा नेपाली काँग्रेस, नेकपा र मधेशवादी दलको ब्यपारी उम्मेदवारी रहेकोले पार्टीगत पार्टीको मत क्रस मत हुने पक्का देखिन्छ ।

 

ताम झामका साथ दुवै पक्षका उम्मेदवारहरु घरदैलोमा ब्यस्त छन् भने आन्तरिक रणनीतिहरु पनि बुनिरहेका छन् । यो चुनाव सुखपिुर ब्यवसायी मात्र नभई जिल्ला भरका ब्यवसायी तथा राजनैतिक दलले चासोको रुपमा हेरी रहेका छन् ।

 


चौधरीको प्यानलमा प्रथम उपाध्यक्षमा सुर्य नारायण यादव, द्धितीय उपाध्यक्ष ओम प्रकाश गुप्ता, महासचिवमा दिनेश यादव सचिवमा राकेश पुर्वे कोषाध्यक्षमा राजेश गुप्ता सदस्यहरुमा अरबिन्द विश्वकर्मा, प्रदीप यादव, कपिल देव यादव, रमेश कुमार महतो, राम अशिष यादव, राधा देवी यादव र भोली देवीवी रहनुभएको छ ।

 


यसैगरी पंजियारको प्यानलमा प्रथम उपाध्यक्षमा राधे श्याम महतो, द्धितीय उपाध्यक्ष शुनिल कुमार साह, महासचिवमा महेश कुमार साह सचिवमा मुरली कुमार महतो (रुपेश) कोषध्यक्षमा पप्पु गुप्ता सदस्यहरुमा राजदेव साह, चन्देश्वर पजियार, ओम प्रकाश महतो, जबाहर यादव, हरि महतो, सिन्दु कुमारी यादव र कपली कुमारी महतो रहनुभएको छ ।

 


चुनावी मैदानमा उत्रिएका दुवै समूहले आ आफ्नो विजयको दावी समाजिक संजाल मार्फत गरेका छन् । चौधरी प्यानलले आफूहरु संयुक्तरुपमा व्यवसायीहरुको नेतृत्व गर्दै्र चुनावमा होमिएकाले जीत सुनिश्चत् भएको बताएको छ भने पंजियार प्यानलले आफूहरु पनि व्यापारीको हकहीतका लागि चुनावी प्रतिष्पर्धामा होमिएकाले जीत सुनिश्चित् भएको दावी गरेको छ ।

 


चौधरी प्यानलले उद्योग ब्यापार समितिको हता भित्र कवर्ड हल निर्माण, उद्योग ब्यापार समितिमा रहेको अधुरो भवनका काम काज सम्पन्न, यस समितिको कार्य क्षेत्रमा समिति गठनगरी ब्यवस्थि गर्ने, एम्बुलेन्स सेवा संचालन, संस्थाको निर्माण, निजी बैंकहरुको शाखा ल्याउने र विद्युतको प्रशाखा ल्याउने लगायतको प्रतिबद्धता गरेको छ  ।

यता पजियार प्यानलले व्यपारीहरुका लागि कर तथा व्यापार सम्बन्धि सम्पूर्ण कर्यालयहरु संग सुमधुर सम्बन्ध बनाउने , प्राईभेट बैंक तथा वित्तिय संघ संस्थाहरुलाई अभिलम्ब यस नगर भित्र ल्याउने प्रयास गर्ने , भवनको अधुरो काम पुरागरी थप भवन निर्माण गर्ने , ब्यापारी भेलामा अत्याधिक ध्यान दिने, सुखीपुर व्यापार समितिको कार्य क्षेत्रमा पर्ने सम्पूर्ण बजामा वजार विकास समिति बनाउने र प्रत्येक वर्ष समयमै व्यापारीहरुलाई सुचना दिई साधारण सभागरी हर– हिसाब दिने प्रतिबद्धता गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

निःशुल्क एसइइ परीक्षा तयारी कक्षा समापन

रोयाण्टर मण्डल सिरहा / सुखीपुर संचालित १५ दिने निःशुल्क एसइइ परीक्षा तयारी कक्षा समापन गरिएको छ । नगर सुध

 सुखीपुर उद्योग ब्यपार समितिको निर्वाचन सम्पन्न

रोयाण्टर मण्डल /  विन्दे यादव सुखीपुर / सुखीपुर उद्योग ब्यपार समितिको नयाँ कार्यसमितीका लागि निर्वाचन स

सुखीपुर व्यापार समिति का चुनाव आज राजनीति उफान पर

रोयाण्टर मण्डल / हरिपति लाल कर्ण सुखीपुर (सिरहा) / सुखीपुर की सबसे बड़ी व्यापारिक संस्था सुखीपुर उधोग व्याप


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६