मर्नो उपरान्त गाउँको विकास गर्ने स्वर्गीय नेता राम बहादुर महतो राजपालाई मात्रै नभएर पुरै मधेशलाई क्षती भएको : राजेन्द्र महतो

  • प्रकाशित मितिः आश्विन 7, 2076
  • रोयाण्टर मण्डल
  • 275 पटक पढिएको

रोयाण्टर मण्डल
सुखीपुर (सिरहा) / राजपा नेपालका सिरहा जिल्ला अध्यक्ष स्व. श्री राम बहादुर महतोको निधनको १३ औँ दिनका पुण्यतिथीमा सिरहाको सुखीपुरमा श्रद्धान्जली सभा सम्पन्न भएको छ ।


स्वर्गीय राम बहादुर महतोे यस्तो नेता थियोे जसले आफनो जिवनमा कहिले पनि विचलन नहुने बहुत निर्भिक पार्टीको लागि सम्पूर्ण जिवन अर्पण गर्ने, अविरल मधेशवादको रुपमा आफनो अवाज उठाउने नेताको स्वर्गा रोहनले राजपालाई मात्रै नभएर पुरै मधेशलाई क्षति भएको र त्यसको भरपाई गर्न एकदमै मुशकिल हुने राजपा नेपालका अध्यक्ष मण्डलीका सदस्य तथा कार्यक्रमका प्रमुख अतिथी राजेन्द्र महतो भन्नुभयो ।

नेता राम बहादुरको गुणगान जति गर्दा पनि कम हुने नेता रहेको थियो । उहाँ जस्तो महान त्यागी नेताले देखेको सपना मधेश र मधेशीको अधिकार रहेकोले सो सपना पुरा गर्न हामी सबैले लागनुपर्ने र उहाँले स्थानीय समाजिक विकासमा क्याम्पसको भवन र खानेपानीको संचालन कार्य अधुरो रहेकोले सो अधुरो कार्य पुरा गर्ने हाम्रो जिम्मेवारी रहेको प्रमुख अतिथि महतो भन्नुभयो ।


महतोले जब जब राम बहादुर महतोको नाम लिदाँ तब तब आँखा आसुको झल्को अनुहारमा बेदनाले भरीएको भावुक बनेका थिए । नेता महतोको परिवारको दुख सुखमा सधै साथ रहने बचन दिनुभयो ।


श्रद्धान्जली सभा कार्यक्रम बोल्दै वक्ताहरुले स्वर्गीय महतो जतिको कर्मठ पार्टी नेता गुमाउन पार्टी र समाजको लागी अपुरणिय क्षति भएको छ । रात दिन नभनि पार्टीको लागी र जनताको लागी सधै काम गर्ने स्वर्गीय महतो पार्टीलाई मात्र नभई यस क्षेत्रको समग्र बिकासमै महत्वपूर्ण योगदान दिएको थियो । मधेश र मधेशी अधिकारबाट बंचित रहेको अबाज गाउँ गाउँमा सुनाउनु हुन्थ्यो । उहाँले जबसम्म विभेद अन्त्य हुँदैन तबसम्म मधेश र मधेशीको अधिकार प्राप्ति हुँदैन त्यसैले बलिदानीको आन्दोलन बाकी रहेकाले इच्छा पुरा गर्न मधेशवाद मुदा उठाए रहने कार्यक्रमका वक्ताहरुले भन्नुभयो ।

स्वर्गीय नेता राम बहादुर महतोको श्रीमति मनतोरिया देवी महतोको अध्यक्षता, राजपा नेपालका केन्द्रिय अध्यक्ष मण्डलीका सदस्य राजेन्द्र महतोको प्रमुख आतिथ्तामा सम्पन्न कार्यक्रममा प्रदेश नम्बर २ का उद्योग, वन तथा पर्यटन मन्त्री राम नरेश साह, समाजिक विकास नवल किशोर साह , वन तथा पर्यटन राज्य मन्त्री सुरेश मण्डल , राजपा नेपालका केन्द्रिय तथा स्थानीय तहका सबै पार्टीका नेता देखि नेकपा प्रदेश नम्बर २ का प्रदेश सदस्य मदन सेन श्रीवास्तव, संघीय समाजवादी पार्टीका प्रदेश नम्बर २ का प्रदेश सदस्य सुनिता देवी महरा लगायतले बोलेका थिए । कार्यक्रम राजपा नेपालका सिरहा जिल्ला सचिव राम रिझन यादवको सञ्चालनमा सम्पन्न भएको थियो ।


राजपा नेपालका सिरहा जिल्ला कार्य समितिले सोमबार आयोजना गरेको उक्त श्रद्धान्जली सभामा केन्द्रिय नेता देखि राजनिती क्षेत्रका बिभिन्न ब्यक्तित्वहरुले स्वर्गिय महतोको फोटोमा पुष्प अर्पण गरी श्रद्धान्जली अर्पण गरेका थिए । महतोको जन्म २०३०/१०/०५ मृत्यु २०७६/०५/२६ गते ४६ बर्षको उमेरमा निधन भएको थियो ।

Image may contain: 5 people, people sitting

Image may contain: 1 person, flower

Image may contain: 3 people, people standing, crowd and outdoor

Image may contain: 8 people, people standing and crowd

Image may contain: 12 people, including Bharat Mandal, people standing and crowd

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

निःशुल्क एसइइ परीक्षा तयारी कक्षा समापन

रोयाण्टर मण्डल सिरहा / सुखीपुर संचालित १५ दिने निःशुल्क एसइइ परीक्षा तयारी कक्षा समापन गरिएको छ । नगर सुध

 सुखीपुर उद्योग ब्यपार समितिको निर्वाचन सम्पन्न

रोयाण्टर मण्डल /  विन्दे यादव सुखीपुर / सुखीपुर उद्योग ब्यपार समितिको नयाँ कार्यसमितीका लागि निर्वाचन स

सुखीपुर व्यापार समिति का चुनाव आज राजनीति उफान पर

रोयाण्टर मण्डल / हरिपति लाल कर्ण सुखीपुर (सिरहा) / सुखीपुर की सबसे बड़ी व्यापारिक संस्था सुखीपुर उधोग व्याप


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६