‘‘ राम बहादुर महतोको सम्झना ’’ अभिभावक खोज्दै सुखीपुरका गरिब दलित

  • प्रकाशित मितिः आश्विन 5, 2076
  • रोयाण्टर मण्डल
  • 541 पटक पढिएको

रोयाण्टर मण्डल


गजेन्द्र बाबुको पला देखि नै मधेशबादको पक्षमा लडि रहने जिल्लाको मात्रै होईन देशभरकै पार्टी कार्यकताको गिन्तीमा राजपा नेपालका जिल्ला अध्यक्ष नेता राम बहादुर महतोको सुखीपुरको मात्रै हाेईन सिरहाकै प्रमुख आधार मानिएका थिए । कलिलो उमेरमा गजेन्द्रनारायण सिँहबाट २०४८ सालमा नेपाल सद्भावना पार्टीको सदस्यता लिएर राजनीति मैदानमा लागनुभयो । सद्भावना पार्टीको सदस्यतासँगै मधेश र मधेशीको अधिकारको लागि उहाँले गाउँ गाउँमा प्रचार गर्नुभयो ।

 लाेकतान्त्रिक गणतन्त्र स्थापनाको लागि आन्दोलन गर्दै जनतामा चिरपरिचित महतो मधेश आन्दोलनमा पनि अग्रणी भूमिका निर्वाह गर्नुभयो । द्धन्दबाट शान्ति प्रकृयामा आएको माओवादीको देशब्यापी प्रभाव चुलिएको त्यो बेला महतोको पार्टी अभियान तथा मधेश आन्दोलनको अगुवा भुमिका जिल्लाका सबै क्षेत्रमा ‘बरदान’ सावित हुनेमा मधेशवादी ढुक्क थिए । तर, प्रत्येक्षमा चुनाव नजिते पनि असल र संघर्षशिल सर्वमान्य नेता राम बहादुर बनेको थियो ।

 


उहाँको यो जिम्मेवारीले सिरहाका मधेशबादीहरुका लागि झनै अभिभावकत्वको भाव दिलायो । सद्भावना पार्टीका सिरहाका डिगज नेताहरु पार्टी प्रत्यागरी अन्य पार्टीमा प्रवेश गर्दा पनि वहाँ युवा अवस्थामै पार्टीको जिल्ला अध्यक्षका रुपमा चढेको सिंढीले उहाँलाई झनै लोकप्रियता नेताका रुपमा उभ्याईदियो । तत्कालीन राजा कु विरुद्धको लोकतान्त्रिक आन्दोलन र मधेश आन्दोलनमा आन्दोलनकारीलाई बल पुगाउनु पर्ने स्पष्ट वक्ता र पार्टीका लागि बलिदानी दिन सम्म तयार रहने प्रेणा बनेको थियो । उहाँले मधेश आन्दोलनमा गरेको योगदान मधेशवादी राजनीतिकर्मीहरुका लागि झनै प्रेरणाको स्रोत बनिदियो ।


उहाँ प्रति कार्यकर्ताको आड र भरोसा रहनुको अर्को कारण उनि कहिले केन्द्रीय राजनीतिमा नगर्न जन स्तरकै राजनीतिको निर्णायक भुमिका रहँदै आए । यस अलावा कार्यकर्ता र सत्यको पक्षमा रहेका अन्य पार्टीकाहरुलाई संरक्षण गर्न सक्ने सामथ्र्य राख्न सक्ने उहा कार्यकर्था पंक्तीमा लोकप्रिय थिए । शक्तिमा रहँदा होओस् वा नरहँदा, उहाँले कार्यकर्ताहरुलाई गुण लगाउन कहिल्यै पछि परेनन् । यसर्थ पनि उहाँ सिरहा मधेशीको संरक्षकका रुपमा रहे, भने उहाँको यो भुमिकाले कार्यकर्ता पंक्तीमा अभिाकत्वको भाव सदैव उजार भैरह्यो ।

 

‘जनप्रतिनीधि हुदा होओस् वा जनप्रतिनीधि नहुँदा उहाँले कार्यकर्तालाई गुण लगाउन कहिल्यै कुनै कसर बाँकी राख्नु भएन,’ उहाँका समकक्षीहरु भन्छन् ‘यसर्थ पनि कार्यकर्ताका लागि मात्रै गरिब दलितका आवश्यकता परेको बेला रातीमा पनि कतै जानु पर्ने भए तुरुन्त जनताको काममा हिडिदिने गर्ने गर थियो । उहाँ जस्तो नेता सुखीपुरमा अब हुने मुशकिल छ । वहाँको बोलीको चोटमा कस्ता कस्ता सामन्तको साम्पती सत्ता भंग गर्ने शहास बोकेका , हरदम जनताको काममा अग्रह भुमिका र विश्वाशिलो नेताका रुपमा रहँदै आउनु भयो ।’

उहाँ भर्खको युवा १८ बर्षका हुनु हुन्थ्यो । त्यतिबेला देखि नै मधेश र मधेशी अधिकारबाट बंचित रहेको अबाज गाउँ गाउँमा सुनाउनु हुन्थ्यो । उहाँले जबसम्म विभेद अन्त्य हुँदैन तबसम्म मधेश र मधेशीको अधिकार प्राप्ति हुँदैन त्यसैले बलिदानीको आन्दोलन बाकी रहेको भन्दै थियो । भन्छ बगैचामा भेरै फूल हन्छ तर राम्रो र सुगन्धित फूल पहिले नै टिपिन्छ त्यस्तै यौवनावस्थाको पूर्व सन्ध्यामा संसार नै छोडि जानुभयो । वि.स.२०३० माघ ५ गते जन्मिनु भएका महतोका बुबा किसन महतो हुन । राष्ट्रिय जनता पार्टी नेपालका सिरहा जिल्ला अध्यक्ष रामबहादुर महतोको भदौ २६ गते ह्दयघातबाट निधन भएको छ । उहाँलाई श्रद्धाञ्जली दिनका लागि राजाप नेपालका अध्यक्षमण्डलका संयोजक राजकिशोर यादवलगायतका नेता, मन्त्री, सांसदहरु सुखिपुर पुग्नुभएका थिए ।

विच्चलीमा परिवार

महतोलाई पार्टीको झण्डा ओढाएर सम्मान गरेको थियो । पार्टीको लागि सारा जीवनदान गरेका महतोका बालबच्चा विच्चली अवस्थामा पुगेका छन् । ६ बर्ष पहिले जेठी पत्नि भन्सा पकाउँने बेला साडीमा आगो लागेर उनी जीवन त्याग गरिन् । जेठीतर्फ १४ बर्षीया एक छोरी र दूई छोरा ( आठ र दश बर्ष) का छन् । कान्छीतर्फ एक छोरा र एक छोरी छन् । करिब १५ कठ्ठा खेती जग्गामा पुरै परिवार बाँचिरहेका उनीहरुको अवस्था यत्तिबेला विच्चलीमा परेको छ । सारा जीवन पार्टीलाई दिएका महतोको निधन पश्चात पार्टीले उनका परिवारको शिक्षा स्वास्थ्यको व्यवस्था अब कसले गर्ने ? व्यापक प्रश्न उठ्न थालेको छ । यसको लागि पार्टीले व्यवस्था गर्नुपर्ने स्थानीयको माग छ ।

 

निधनको शोकमा सुखीपुर बजार बन्द
अगुवा जुझारु नेता राम बहादुर महतोको हृदय घाटको कारण मृत्यु भएको शोकमा सुखीपुर बजार बन्द भयो ।
जनताको काम जुन समयमा भएता पनि जुरुक उठेर जनताको कार्यमा अगाडी बढ्ने बानी रहेको नेताको मृत्युले सुखीपुरमा क्यौ घरमा रुवावासी भएको थियो ।
सुखीपुरको पहिचान तथा विकासमा समेत ठुलो योग्दानको कदर गर्दै व्यपारीहरु शोकमा सवै पसल बन्द भएपछि बजार सुनसान छ । उच्च क्षमतावना नेता मृत्युुले भएका जिल्लाले ठूलो क्षति व्यहोर्नु परेको हो ।
गरिव परिवारमा जन्म लिदा पनि उच्च मनोवल भएको सुखीपुरमा परिवर्तन शुरुवात गर्नेमा उहाँ अग्रह स्थानमा आफनो हैसियत बनाउनु भएको थियो । सुखीपुर दलित गरिवका तथा सत्यको जित दिलाउन पछि नहटने डटेर कुरा गर्ने क्षमतावान नेताको मृत्युुले गाउँका मान्छेहरुमा समेत रुवाबासी गर्दै पार्थिव नगर परिक्रमा समेत गर्नुभएको छ ।

पत्रकारहरुको नजर महतो

संतोष सुवेदी, गोरखापत्र समाचारदाता
अलविदा रामबहादुर दाजु,
मधेश आन्दोलनको एउटा खम्बा, स्पष्ट वक्ता, सह्रदयी, सबैको सम्मानप्रति सचेत हुने, विकासप्रेमी, जुनसुकै विवादको समाधानको लागि क्रियाशील रहने राजपा नेपाल सिरहाको अध्यक्ष रामबहादुर महतोको आकस्मिक निधनले स्तब्ध छु । २०६२र६३ को जनआन्दोलन र त्यसपछिको मधेश आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने रामबहादुर दाजुको भूमिका सिरहामा अब जहिले पनि खट्किरहनेछ । मृत आत्माको चीर शान्तिको कामना गर्दछु ।
संजय विश्वकर्मा , रेडियो नेपाल
सामाजिक कुरिती परिवर्तन गर्ने जोश जागरले भरिएको युवा नेताको रुपमा म सिरहाको सुखिपुर वडा नम्बर ( ८ निवासी रामबहादुर महतो सुडि ज्युलाई चिन्थे । पार्टी ( बिचार ) आ ( आफ्नो ठाउँमा छ , उनी आफू जन्मेको ठाउँलाई माया गर्ने र प्राथमिकता दिने ब्याक्ती थिए । उनी सुखिपुरबासिलाई सुखी बनाउनका निम्ति सुखिपुरलाई बिकास गर्नका निम्ति जनप्रतिनिधिहरुलाई बारम्बार घचघचाउने काम पनि समय समयमा गरिरहन्थे । मलाई लाग्छ सुखिपुरबासीले नगरलाई मार्गदर्शन दिने एउटा असल अभिभावक गुमाएको छ । उनी आज हामी बिच रहेन ! भगवानले मृत्यकको परिवारलाई धैर्य धारण गर्ने शक्ति प्रदान गरुन् ! हार्दिक श्रद्धाञ्जली !!

मनोज वनैता, हिमालनी डटकम
मधेसी शेर राजपा पार्टीके सिरहा जिल्ला अध्यक्ष राम बहादुर महतो भैयाको हार्दिक श्रद्धाञ्जली ।
फूलो जैसी जÞिंदगी वो शेर की तरह जीकर गया, वादा किया था साथ निभाने का पर बीच मे ही साथ छोड़ दिया।
बगीचे मे फूल तो सिर्फ कुछ दिनों के लिए खिलते है, भगवान तो सिर्फ उन्हे अपने पास बुलाते है जो भगवान को सबसे प्यारे लगते है। हार्दिक श्रद्धाञ्जली भैया । शोकाकुल परिवारमे हार्दिक सम्वेदना । (राजपा नेपालका अपुर्णिय क्षति)

महेश सिंह, न्यूज २४
हार्दिक श्रद्धान्जली । हार्दिक श्रद्धाञ्जली ।। हार्दिक श्रद्धाञ्जली ।।।
राष्ट्रिय जनता पार्टी नेपाल को सिरहाका अध्यक्ष रामबहादुर महतो को असामिकय निधनले मलाई मर्माहत बनाएको छ । र राजपा पार्टीमा ठुलो क्षति भएको महसुस गर्द छु । वहाँले मधेस आन्दोलनमा र समग्र सिरहाको लागि मधेसवादी आन्दोलनको खम्बाको रूपमा चिनिने गर्थीयो। रामबहादुर दाजुको निधनले आज म अत्यन्तै मर्माहत छु । उहाँको इमानदारीता र सत्यको राहमा चल्ने गुनताले देखेर म धेरै खुशी हुन्थे । राजपा सिरहाले एउटा कुशल नेतृत्व गुमाएको छ । मलाई धेरै नै पीडा बोध भइरहेको महसु गर्द छु । उहाँको हर्ट अट्याकबाट अल्पायुमा नै भएको निधनले स्तब्ध छु । सिरहामा एउटा निडर संघर्षशील र मधेसवादले ओतप्रोत युवा नेताको मृतात्माको चिरशान्तीको कामना गर्दै वहाँको मृत आत्माको बैकुण्ठमा ,स्वर्गमा बास होस भने भगवान संग प्रार्थना गर्दै छु र वहाँको शोक सन्तप्य परिवार जनप्रति गहिरो समवेदना प्रकट गर्दै वहाँ को परिवारलाई धैर्य धारणको शक्ति मिलोश भने आशा गर्दै हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्दछु । हार्दिक श्रद्धान्जली दाजु ।

रोयाण्टर मण्ड, नेपाल पत्रकार महासंघ सिरहा शाखाको सचिब

मृत्यू जीवनको अन्त्य हैन, अर्को ‘महाजिवन’को शुरुवात हो ‘.
राम बहादुर महतो नेता ज्यू , तपाईं भौतिक रुपमा अब हामी बिच रहनु भएन ! प्रकृतिमा विलिन भएको तपाईंको भौतिक शरीरलाई हार्दिक श्रदान्जली । शोक सन्तप्त सपरिवारमा समवेदना !
अस्तित्वमा समाहित नेता ज्यूको आत्माले चाँडै शान्ति प्राप्त गरोस् । हाम्रो राजनैतिक क्षेत्र मात्र हैन, एउटा उत्प्रेरक युवा नेता, प्रखर वक्ताले तपाईंलाई हामी कहिल्यै बिर्सने छैनौं ।

कृष्ण मोहन चौधरी, मिथिला अवाज
अलबिदा राम बहादुर नेता ज्यू तपाईको भौतिक शरीर गए पनि तपाईको योगदानलाई पाठको रुपमा अनुसरण गरि रहने छौ ।

हरिपति लाल कर्ण , मिथिला अवाज
राजपा नेपाल सिरहाको जिल्ला संयोजक राम बहादुर महतो ज्युको असामयिक स्वर्गारोहण भएकोले स्वर्गीय आत्माको चिरशान्तीको कामना तथा हार्दिक श्रद्धांजली अर्पण गर्दै शोक सन्तप्त परिवार जन प्रति समवेदना व्यक्त गर्दछु ।

Image may contain: 2 people, people standing

Image may contain: 1 person, smilingImage may contain: 2 people, people sitting and food

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

निःशुल्क एसइइ परीक्षा तयारी कक्षा समापन

रोयाण्टर मण्डल सिरहा / सुखीपुर संचालित १५ दिने निःशुल्क एसइइ परीक्षा तयारी कक्षा समापन गरिएको छ । नगर सुध

 सुखीपुर उद्योग ब्यपार समितिको निर्वाचन सम्पन्न

रोयाण्टर मण्डल /  विन्दे यादव सुखीपुर / सुखीपुर उद्योग ब्यपार समितिको नयाँ कार्यसमितीका लागि निर्वाचन स

सुखीपुर व्यापार समिति का चुनाव आज राजनीति उफान पर

रोयाण्टर मण्डल / हरिपति लाल कर्ण सुखीपुर (सिरहा) / सुखीपुर की सबसे बड़ी व्यापारिक संस्था सुखीपुर उधोग व्याप


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६