जसले ६९ वर्षको उमेरमा पत्रकारिता सुरु गरे

  • प्रकाशित मितिः श्रावण 25, 2076
  • रोयाण्टर मण्डल
  • 311 पटक पढिएको

सन्तोष बराइली

सुखिपुर (सिरहा) : उनको तल्लो पट्टिको तीन ओटा मात्र दाँत बाँकी छन्, त्यै पनि सबै हल्लिएका। मास्तिर पट्टि पाँच ओटा दाँत बाँकी छन् , ती भने सद्दे नै छन्। उनी यो वैशाखबाट ६९ वसन्तमा लागे। गाउँका धेरैले नाना ( हजुर बुवा ) भनेर बोलाउँछन् ।

 

उमेरले नेटो काटिसकेका यी वृद्ध अझै पनि समाजमा उज्यालो छर्न चाहन्छन् , समाज र सरकारलाई झकझक्याउन चाहन्छन्। विकृति विसङ्गति विरुद्ध आवाज बुलन्द गर्न चाहन्छन्। त्यसैले एक वर्ष अघिबाट उनले पत्रकारिता सुरु गरेका छन्। हो ,सिरहाको सुखिपुर नगरपालिका ८ का हरिपतिलाल कर्णले बुढेसकालमा एक वर्ष अघिबाट प्रकाशन सुरु गरेको मिथिला आवाज साप्ताहिकले सुखिपुरमा चेतनाको दियो बालिरहेको छ यति बेला। हरिपतिलाल मिथिला आवाज साप्ताहिकका प्रकाशक हुन। प्रकाशक भए पनि समाचार सकंलन आफै गर्छन्। ल्यापटपमा समाचार टाइप पनि आफै गर्छन् ।

 

उनको पत्रिकाको प्रधान सम्पादक राजेश रमण काठमाडौँ नै बस्ने भएकाले समाचार टाइप गरेर इमेल गर्छन् । उनको घरमा वाईफाई जडान गरिएको छ। चौबिसै घण्टा सामाजिक सञ्जालसँग जोडिईरहेका हुन्छन् । पत्रिकाको लेआउट काठमाण्डौमा हुन्छ । लाहानमा छापिन्छ । हरेक आइतबार प्रकाशन हुने मिथिला आवाज सुखिपुर बजार र आसपासको गाउँमा साइकल चढेर आफैले बाँड्छन् । अर्थात् पत्रिका बाँड्ने हकर पनि उनी आफै हुन् । भन्छन् , हप्तामा एक पटक साईकिलिगं गर्दा पनि अर्कै फुर्ती पैदा हुन्छ , पत्रिका बाँड्न निस्केका बेला सवैसगं हाई हेल्लो पनि हुन्छ । पकेट खर्चले पत्रिका पत्रिका निकाल्ने भन्दा अरु काम छैन अहिले उनको । निजी स्रोतको तलबमा खाने गरी स्थानीय श्री जनता माध्यामिक विद्यालयको लेखापाल जागिर छाडेर बसेका उनलाई छोराहरूले दिएको पकेट मनि बाट पत्रिका निकालिरहेका छन् ।

 

उनका दुई भाइ छोरा छन् । जेठा छोरा उनी लेखापाल रहेको जनता मावि सुखिपुरमा शिक्षक छन् । कान्छो छोरा भारतको अहमदवादमा प्रँईवेट अस्पतालमा काम गर्छन् । जेठोले मासिक ४ हजार दिन्छन् भने कान्छाले ३ हजार । छोराहरूले दिएको पकेट खर्च मध्ये साँढे पाँच हजार त पत्रिका निकाल्न खर्च हुन्छ मासिक , हरिपतिलालले भने , पत्रिकाको आम्दानी शून्य छ । सुखिपुर बजार मधेसका बजार मध्ये धेरै पुरानो बजार मानिन्छ । यो बजारमा उनको साप्ताहिक पत्रिका चर्चित पनि छ । तर विज्ञापन भने कसैले नदिएकोमा उनको चित दुखाई छ । अरु त अरु नै भईहाले सुखिपुर नगरपालिकाले समेत विज्ञापन नदिएको गुनासो गरे उनले । भने , 'कमसे कम नगरपालिकाले मासिक रूपमा विज्ञापन दिए पत्रिका निकाल्न सहज हुने थियो ।' उनी जागिरे हुँदै पत्रकारितामा लागेका आफ्ना नाति पत्रकार रोयण्टर मण्डलको आग्रहमा पत्रकारितामा चासो राख्न थाले । राजनीतिमा समेत चासो राख्ने उनी कवि समेत हुन् ।

 

सुखिपुरमा आयोजना हुने धेरै साहित्यिक कार्यक्रमहरूमा उनले कविता समेत वाचन गरेका छन् । रेडियो नेपालबाट प्रसारण हुने धेरै साहित्यिक कार्यक्रमहरूमा उनको कविता वाचन भएको सुनाउँछन् उनी। कम्युनिस्ट राजनीतिबाट प्रभावित उनी स्थानीय निकायका जनप्रतिनिधिका कारण कम्युनिस्ट सरकार बदनाम भइरहेको आकलन उनको छ । आफ्नो पत्रिकाबाट स्थानीय जनप्रतिनिधिहरूलाई झकझक्याई रहेका उनी भन्छन् , नेपालमा कम्युनिस्टको भविष्य कम्युनिस्ट सरकारकै हातमा छ, 'यति बेला पनि काम गर्न सकेनन् भने कम्युनिष्टहरुले अर्को पटक जित्ने कल्पना नगरे पनि हुन्छ ।'

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

निःशुल्क एसइइ परीक्षा तयारी कक्षा समापन

रोयाण्टर मण्डल सिरहा / सुखीपुर संचालित १५ दिने निःशुल्क एसइइ परीक्षा तयारी कक्षा समापन गरिएको छ । नगर सुध

 सुखीपुर उद्योग ब्यपार समितिको निर्वाचन सम्पन्न

रोयाण्टर मण्डल /  विन्दे यादव सुखीपुर / सुखीपुर उद्योग ब्यपार समितिको नयाँ कार्यसमितीका लागि निर्वाचन स

सुखीपुर व्यापार समिति का चुनाव आज राजनीति उफान पर

रोयाण्टर मण्डल / हरिपति लाल कर्ण सुखीपुर (सिरहा) / सुखीपुर की सबसे बड़ी व्यापारिक संस्था सुखीपुर उधोग व्याप


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६