सुखीपुरका व्यवसायीहरु पनि भीसीटीएसको बिरोधमा उत्रिए

  • प्रकाशित मितिः श्रावण 5, 2076
  • रोयाण्टर मण्डल
  • 144 पटक पढिएको

रोयाण्टर मण्डल
सुखीपुर (सिरहा) / सरकारले ल्याएको ऐन, नियम र कानून तथा प्रावधानहरु अव्यवहारिक भएको भन्दै सिरहा सुखीपुरका व्यवसायीहरु पनि बिरोधमा उत्रिएका छन् ।


आइतबार बिहान सुखीपुर ब्यपार समितीबाट निस्किएको व्यवसायीहरुको बिरोध मौन ¥याली पुन ब्यपार समितिकै कम्पाण्डमा पुगेर कोण सभामा परिणत भएको थियो ।


कोण सभालाई सम्बोधन गर्दै सुखीपुर व्यपार समितिका अध्यक्ष शत्रुधन प्रसाद चौधरीले सरकारले ल्याएका ऐन अव्यवहारिक रहेकोले तत्काल फिर्ता नलिए लागू गरिएको प्रणालीले समग्र अर्थतन्त्र प्रभावित हुने बताउनुभयो ।

Image may contain: 2 people, people smiling, crowd and outdoor
जिल्ला उद्योग ब्यपार संघ सिरहाका जिल्ला सदस्य नागेश्वर प्रसाद चौधरीले व्यवसायीहरुलाई दुःख दिने नियतले सरकारले लागू गरेको प्रणाली तत्काल खारेज हुनुपर्ने बताउनुभयो ।

Image may contain: text
व्यवसायीहरुले सरकारले आर्थिक वर्ष ०७६/७७ मा भेहिकल एण्ड कन्साइमेण्ट ट्रयाकिङ सिस्टम (भीसीटीएस) लगायत प्रावधानहरु खारेज गर्नुपर्ने अडान राख्दै आज मौन ¥याली गरेको छ पछि सरकारले पछि नहटे थप आन्दोलन हुने सुखीपुर ब्यपार समितिका सचिब महेश साहले जानकारी गराउनुभयो ।

Image may contain: 11 people, including Dilip Mahato, people smiling, people standing, crowd and outdoor

Image may contain: 11 people, including Shatrughan Prasad Chaudhary and Pramod Gupta, people smiling, people standing, shoes and outdoor

Image may contain: one or more people, people sitting, crowd and indoor

तस्वीर – राकेश चौधरीको फेशबुक वालबाट

कर नीतिविरुद्ध लहानका व्यवसायीहरु आन्दोलित

फिरोज शेख

लहान / सरकारले अघि सारेको कर नीतिका विरुद्ध सिराहाका व्यापारी र व्यवसायीहरू आन्दोलित हुँदै सडकमा उत्रिएका छन्।

जिल्ला उधोग वाणिज्य संघ जिल्ला कार्य समिति सिरहा लहानको नेतृत्वमा एक दर्जनभन्दा बढी विभिन्न व्यापारिक र व्यावसायिक संघमा आबद्ध व्यवसायी र व्यापारीहरू आन्दोलनमा उत्रिएका हुन् । सरकारले साउन १ गतेदेखि लागू हुनेगरी नयाँ कर नीति र ढुवानीलाई भ्याटमा लाने निर्णय गरेपछि व्यवसायीहरू आन्दोलित बनेका हुन् । सरकारले हचुवाको भरमा लागू गर्न खोजेको नयाँ कर नीति कुनै पनि हालमा मान्य नहुने वाजिज्य संघका अध्यक्ष अशोक लाल अमात्य संगै पुर्व अध्यक्षहरुले चेतावनी दिएका छन्।

“सरकारले ल्याएको नयाँ कर नीतिले व्यवसायीहरु पूर्ण रुपमा मारमा पर्ने भएको हुँदा “कुनै अध्ययन र छलफल नगरी ल्याइएको कर व्यवसायीलाई स्वीकार्य छैन ।

सयौंको संख्यामा रहेका उद्योगी व्यवसायीहरुले कर नीतिको विरोध उल्लेखित प्लेकार्ड बाकेर विरोध र्‍याली निकालेका छन् । नयाँ कर नीतिका कारण उद्योगी व्यवसायीमा अन्यौलता सिर्जना गरेको, कतिपय नीति तत्काल लागु गर्नै नसक्ने खाले रहेको भन्दै उनीहरुले त्यस्ता प्रावधान खारेज गर्न माग गरेका छन् ।लहान ७ मा अवस्थित राम मन्दिरको परिसरबाट निकलेको विरोध र्‍याली नगरको विभित्र स्थानको परिक्रमा गरेर पुनः राम मन्दिरको परिसरमा पुगेर कोण सभामा परिणत भएको थियो।

नीजि क्षेत्रलाई धारासायी बनाउने हिसाबले ल्याइएको नयाँ कर नीतिमाथि विचार गर्न आफूहरुले ज्ञापन पत्रमार्फत ध्यानाकर्षण गराउँदासमेत सुनवाई नभएपछि बाध्य भएर विरोधमा उत्रिनु परेको जनकपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष निरस चौधरीले बताए । चालु आर्थिक वर्षदेखि लागु भएको करसम्बन्धी नयाँ व्यवस्था सरकारले खारेज नगरे आफूहरु कडा संघर्षमा उत्रिन बाध्य हुने उनको भनाइ थियो। एक हजारभन्दा बढी ज्याला भुक्तानी गर्नुपर्ने अवस्थामा सम्बन्धित कामदारलाई प्यान नम्बर अनिवार्य गर्ने प्राबधान अव्यवहारिक रहेको भन्दै तत्काल खारेज गर्न माग गरेका छन्।

यसैगरी मालबस्तु तथा ढुवानी साधनको अनुगनम प्रणाली (भिसीटएएस) कानुनसमेत अव्यवहारिक रहेको उधोग वाणिज्य संघका पुर्व अध्यक्ष पवन मुन्धडाको भनाइ छ। ढुवानीमा लगाइएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर, न्यूनतम आधारभूत खाद्य वस्तुमा लगाइएको मूल्य अभिवृद्धि कर, अग्रिम आयकर अव्यवहारिक रहेको भन्दै तत्काल खारिज गर्न सरकारसँग माग गरेका छन् । यसैगरी बैंक खातामार्फत पारिश्रमिकलाई भुक्तानी तत्काल सम्भव नरहेको भन्दै संघका केन्द्रिय सदस्य अशोक अग्रवालले यो व्यवस्थापनि खारेज हुनु पर्ने बताएका छन्। डिजेलमा भ्याट मिन्हासम्बन्धी पुरानै व्यवस्था लागु गर्न, योगदानमा आधारित सुरक्षा कोषमा रकम जम्मा गर्ने सम्बन्धमा सरकारको पनि सहभागिता हुनुपर्ने, तेस्रो मुलुकका कामदार राखेवापत वार्षिक १५ हजार र २० हजार रुपैयाँ जम्मा गर्नुपर्ने प्रावधान खारिज हुनुपर्ने, भारतीय मुलका कामदारहरुलाई सुचीकृत गर्ने व्यवस्था स्थानीय स्तरबाटै हुनुपर्ने लगायतका माग उद्योगी व्यवसायीहरुले अघि सारेका छन् ।

Image may contain: 11 people, people smiling, people standing, crowd and outdoor

Image may contain: 11 people, people smiling, people standing and outdoor

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

दहेज

कथाकार– धनेश्वर ठाकुर आज भन्दा धेरै वर्ष पहिले म काठमाण्डौं को कोटेश्वर भन्ने ठाउमा बस्थे र एउटा किरान

रक्षा बन्धन पर्व धुमधामका साथ मनाइँदै

मधेश स्पेशल समाचारदातासुखीपुर (सिरहा) / श्रावण शुक्ल पूर्णिमाका अवसरमा आज रक्षा बन्धन, जनै पूर्णिमा (ऋषि त

सरकारी जागिर छाडेर मछा पालनमा रमाएका विसुन देव मण्डल

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सिरहाको धनगढीमाई नगरपालिका वडा नम्बर ६ सिमराका विसनु देव मण्डलले बिगत २४ व


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६