बरियारपट्टी गाउँपालिकाको बजेट ४१ करोड ३४ लाख

  • प्रकाशित मितिः असार 31, 2076
  • रोयाण्टर मण्डल
  • 672 पटक पढिएको

रोयाण्टर मण्डल / कृष्ण मोहन चौधरी / हरिपति लाल कर्ण / विपी भुवन 

सुखीपुर (सिरहा) /   ‘कृषि , शिक्षा, पुर्वाधार, सुचना र प्रविधि , बरियारपट्टी गाउँपालिकाको समृद्धि ’ नाराको साथ बरियारपट्टी गाउँपालिकाले तेश्रो नगरसभा तथा आगामी आर्थिक वर्षकोे बजेट, निति तथा कार्यक्रम सोमबार सार्वजानिक (प्रस्तुतीकरण) गरेको हो ।

 

आ.व.२०७६/७७ का लागि ४१ करोड ३४ लाख ४९ हजारको अनुमानित बजेट रहेको छ  । सो मध्ये गाउँपालिकाको चालु खर्च तर्फ २३ करोड १५ लाख ५९ हजार तथा पुँजिगत खर्च तर्फ १८ करोड १८ लाख ९० हजार बराबरको बजेट तथा कार्यक्रम गाउँपालिका उपाध्यक्ष रेखा कुमारी यादवले बजेट नीति तथा कार्यक्रम सार्वजानिक (प्रस्तुतीकरण) गर्नु भइन्   ।

Image may contain: 3 people, including Santos Kumar, people standing and people on stage

बजेटले कृषि, सडक, वातावरणमैत्री फोहोर व्यवस्थापन, सौर्य सडक बत्ती सहितको उज्यालो गाउँ, गाउँका सम्पूर्ण सडकहरु ग्राभेल, पिसिसि, आरसिसि , कालोपत्रे गरी सफा र सुन्दर नमुना  निमार्णको महान अभियान सम्पन्न गर्ने योजना बनाएको बरियारपट्टी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत अशोक कुमार सिंहले जानकारी दिनुभयो ।

Image may contain: 1 person, indoor

बरियारपट्टी स्वास्थ्य चौकीको तालिम भवनमा भएको तेस्रो नगर सभा बजेट प्रस्तुतीकरण शुभारम्भ गर्दै गाउँपालिका अध्यक्षले संतोष कुमार महतोले आर्थिक वर्ष २०७६/७७ लाई ‘कृषि , शिक्षा, पुर्वाधार, सुचना र प्रविधि , बरियारपट्टी गाउँपालिकाको समृद्धि ’ नाराको साथ अगाडी बढने भन्नुभयो ।

Image may contain: 5 people, people smiling, people sitting

गाउँपालिकाको विकास एक्लो नभएर सबैजना मिलेपछि मात्रै नमुना गाउँपालिका बन्नेछन् । जुन ठाउँमा काम भए रहेको छ । त्यो ठाउँका जनता चनाखो भएर इस्टीमेट अनुसार कार्य गराउनु पर्छ तब मात्रै असल विकास हुने र नमुना गाउँपालिका बन्छ । हामी भ्रष्टाचारको पक्षमा छैनौ । त्यसो हो भने त्यस्ता कार्यलाई रोकन हरदम तयार रहेका छौ । अब असारमा आएर अत्यधिक बजेट खर्च हुने र त्यस्तो कार्यलाई अन्त गर्दै अब जेठ मसान्त भित्रै अधिकांश बजेटको कार्य जनताको घरमा पुगने अध्यक्ष महतोले प्रतिवद्धता गर्नुभयो ।

प्रस्तुतीकरण कार्यक्रमको अध्यक्ष साहको अध्यक्षता भएके कार्यक्रममा शिक्षक, पत्रकार , जनप्रतिनिधीले जनमुखी बजेट भएकोले शुभकामना दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

निःशुल्क एसइइ परीक्षा तयारी कक्षा समापन

रोयाण्टर मण्डल सिरहा / सुखीपुर संचालित १५ दिने निःशुल्क एसइइ परीक्षा तयारी कक्षा समापन गरिएको छ । नगर सुध

 सुखीपुर उद्योग ब्यपार समितिको निर्वाचन सम्पन्न

रोयाण्टर मण्डल /  विन्दे यादव सुखीपुर / सुखीपुर उद्योग ब्यपार समितिको नयाँ कार्यसमितीका लागि निर्वाचन स

सुखीपुर व्यापार समिति का चुनाव आज राजनीति उफान पर

रोयाण्टर मण्डल / हरिपति लाल कर्ण सुखीपुर (सिरहा) / सुखीपुर की सबसे बड़ी व्यापारिक संस्था सुखीपुर उधोग व्याप


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६