वित्तीय साक्षरता र सफाई कार्यक्रम सम्पन्न

  • प्रकाशित मितिः असार 16, 2076
  • 176 पटक पढिएको

जनकपुर समाचारदाता
जनकपुर धाम / स्वदेशी लघुवित्तलक्ष्मीनीयाशाखालेवित्तीय साक्षरतासम्पन्न गरेको छ ।
स्वदेशी लघुवित्त वित्तीय संस्थाको धनुषा स्थित लक्ष्मीनीयाशाखाले वित्तीय साक्षरता सम्बन्धी जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ ।

श्री लक्ष्मीनीया जनता माध्यमिक विद्यालय त्रिदेव स्कुलक कक्षा ९ र १० मा अध्ययनरत २ सय ५० जना विद्यार्थीहरुको सहभागितामा सम्पन्न कार्यक्रममा लघुवित्त संस्थाले प्रदानगर्ने सेवा सुविधाको साथै वित्तीय साक्षरताको अर्थ, आवश्यकता र महत्व, नोटको जतन , पैसालाई कसरी सदुपयोग गर्ने, आम्दानी, खर्च, बचत, कर्जा, बैंकको प्रकार, बिमा, विप्रेषण सेवा, बजेट, वित्तीयअनुशासनआदिको बारेमा छलफल र भिडियो प्रर्दशनी मार्फत जानकारी गराईएको थियो ।

सोही कार्यक्रममास्वदेशी लघुवित्त वित्तीय संस्था लक्ष्मीनीया शाखाका शाखा प्रबन्धक शिवजी कुमार शाह, कार्यलयका बैंक कर्मचारी बिवेक भारद्घाज, प्रभु नारायण सरदार, साथै केन्द्रीय कार्यलयबाट सामाजिक परिचालक संगीता पाठकको उपस्थिती रहेको थियो ।

कार्यक्रममा बोल्दै दुवै स्कुलका प्रध्यानाधापकले यस्ता कार्यक्रमहरुले विद्यार्थीलाई सचेत गराई महत्वपुर्ण ज्ञान प्रदानगर्न मदतपुर्याएको भन्दै यस्ता कार्यक्रम आगामी दिनमा निरन्तर गर्न आवश्कता भएको बताए ।

त्यसैगरी, स्वदेशीलघुवित्त वित्तीय संस्थाले धनुषाको लक्ष्मीनिया गॉउपालिकाको लक्ष्मीनियाबजार तथा आसपासका क्षेत्रमा सफाई कार्यक्रम सम्पन्न गरेको छ ।
संस्थाले स्वच्छ मधेश, समृद्ध मधेशको नारा लिएर गरिएको सरसफाई कार्यक्रममा स्थानियप्रहरी, विद्यार्थी तथा स्थानिययूवा, लगायत १ सय जनाभन्दा बढिको सहभागिता रहेको थियो ।
उक्त सरसफाई कार्यक्रमलोकमार्ग तथाबजार क्षेत्रमागरिएको थियो । स्थानियलाई कार्यक्रममा सहभागिहुनआवहनगर्दै यस क्षेत्रको सुन्दरताको लागिअव्यवस्थितफोहोरलाई व्यवस्थापनअनिवार्य रुपमागर्नु पर्ने भएकोले स्थानियलाई सचेत हुनआग्रहगर्नुको साथै सफागर्न नसके फोहोर पनिनगर्न बिषेश आग्रह समेत गरिएको थियो ।
संस्थाले अहिले नगरे कहिले गर्ने, हामिले नगरे कल्ले गर्ने भन्ने नारा अनुसार स्थानियव्यपारीलाई सचेत गराइएको थियो । स्वदेशीलघुवित्तको सामाजिक परिचालक संगीता पाठकले आफ्नो सामाजर वरिपरिको वातावरण सुन्दर बनाउने जिम्मा स्थानीयबासिन्दाको रहेको औल्याउदै आगामीदिनमापनि सफाई कार्यक्रमलाई निरन्तरतादिन सुझाव दिएकाथिए ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

नेपाली कांग्रेस क्षेत्र नम्बर २ सिरहाका समितिले मनाए विपी स्मृती दिवस

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / नेपाली कांग्रेस  क्षेत्र नम्बर २ सिरहाका समितिले ३७ औं विपी स्मृती दिव

सुखीपुरका व्यवसायीहरु पनि भीसीटीएसको बिरोधमा उत्रिए

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सरकारले ल्याएको ऐन, नियम र कानून तथा प्रावधानहरु अव्यवहारिक भएको भन्दै सिर

बरियारपट्टी गाउँपालिकाको बजेट ४१ करोड ३४ लाख

रोयाण्टर मण्डल / कृष्ण मोहन चौधरी / हरिपति लाल कर्ण / विपी भुवन  सुखीपुर (सिरहा) /   ‘कृषि , शिक्षा, पु


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६