प्रदेश २ सरकारको कुर्कम सहिद परिवारलाई वितरण गर्ने भैसी मन्त्री र कार्यकर्तालाई

  • प्रकाशित मितिः असार 16, 2076
  • 356 पटक पढिएको

पूर्वमन्त्री तथा समाजवादी पार्टीका नेता राजलाल यादब र उनका ज्वाईलाई समेत बाँडे । यति मात्र होइन् सोही पार्टीका नेता प्रयागलाल यादब र उनका भाईले समेत भैंसी पाए । जबकी उनीहरु न शहिद परिवारका छन्, न त घाईते ।

 

लहान / सिरहा पुगेका प्रदेश २ का भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहको अगाडी नै उनको पुत्ला जलाएको छ । साथै मन्त्रीलाई कालो झण्डा समेत देखाएको छ ।

मधेस आन्दोलनमा सक्रिय भुमिका निर्वाह गरेका यूवाहरु मन्त्री साहको पुत्ला जलाउँदै कडा विरोध गर्दा सिरहा सोनबर्साको अवस्था आईतवार केहिबेर तनावग्रस्त बन्यो । प्रहरी पुत्ला खोस्ने प्रयास गरेपनि असफल भयो । यूवाहरु मन्त्री साहको पुत्ला जलाएरै छाडे । पुत्ला जलाउने र विरोध गर्ने कार्यक्रमको नेतृत्व गरेका थिए– राजपाका यूवा नेता मनोज यादब ।

मधेशी सहिदको लागि तस्बिर परिणाम

शहिद परिवारका लागि खरिद गरिएको भैंसी पूर्वमन्त्रीदेखि उनका पिएसम्मलाई बाँडेको भन्दै यूवाहरु मन्त्री साहप्रति आक्रोसित बनेका छन् । तीन दिनअगाडी मन्त्री साह आफैंले पूर्वमन्त्री तथा समाजवादी पार्टीका नेता राजलाल यादब र उनका ज्वाईलाई समेत बाँडे । यति मात्र होइन् सोही पार्टीका नेता प्रयागलाल यादब र उनका भाईले समेत भैंसी पाए । जबकी उनीहरु न शहिद परिवारका छन्, न त घाईते ।

 

मन्त्री साह समाजवादी पार्टीका हुन् । त्यसैले पार्टीका नेताहरुलाई भैंसी बाँडेको मधेस आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका सिरहाका यूवाहरु बताउँछन् । राजपाका यूवा नेता मनोज यादबले मन्त्री र नेतालाई भैंसी बाँडेर शहिद परिवारको अपमान मन्त्री साहले गरेपछि विरोध जनाएको प्रतिक्रिया दिए । भैंसी फिर्ता नलिए अझ कडा आन्दोलनमा उत्रने उनले चेतावनी दिए ।
स्रोत– मधेश लाईभ

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

निःशुल्क एसइइ परीक्षा तयारी कक्षा समापन

रोयाण्टर मण्डल सिरहा / सुखीपुर संचालित १५ दिने निःशुल्क एसइइ परीक्षा तयारी कक्षा समापन गरिएको छ । नगर सुध

 सुखीपुर उद्योग ब्यपार समितिको निर्वाचन सम्पन्न

रोयाण्टर मण्डल /  विन्दे यादव सुखीपुर / सुखीपुर उद्योग ब्यपार समितिको नयाँ कार्यसमितीका लागि निर्वाचन स

सुखीपुर व्यापार समिति का चुनाव आज राजनीति उफान पर

रोयाण्टर मण्डल / हरिपति लाल कर्ण सुखीपुर (सिरहा) / सुखीपुर की सबसे बड़ी व्यापारिक संस्था सुखीपुर उधोग व्याप


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६