सुखीपुरमा मनाइयो धान दिवस कार्यक्रम

  • प्रकाशित मितिः असार 15, 2076
  • रोयाण्टर मण्डल
  • 322 पटक पढिएको

रोयाण्टर मण्डल
सुखीपुर (सिरहा) / ‘ धान खेती प्रविधी र यान्त्रीकीकरण, चामल आयातमा न्यूनीकरण ’ नाराका साथ सुखीपुरमा पनि राष्ट्रिय धान दिवस मनाएको छ ।
नगर सुधार समिति सुखीपुरले सुखीपुर नगरपालिका २ चन्द्रपट्टीमा रोपाइ गरी धान दिवस मनाएको हो ।

Image may contain: 3 people, people standing
प्रमुख अतिथि सुखीपुर नगरपालिकाका कृषि प्रमुख लक्ष्मी नरायण यादवले परम्परागत खेतीलाई आधुनिकीकरण गर्नुपर्छ । अधिकांश नेपाली जनता कृषिमा निर्भर रहेकाले यसको आधुनिकीकरण, यान्त्रिकीकरण तथा व्यावसायीकरण हुनुपर्नेमा जोड दिनुभयो ।


उहाँले नेपालमा २ सय प्रकारका धान उपलब्ध छन् । आकाशे पानीको भरमा सुख्खा धान रहेको छ । अहिले जनसंख्या वृद्धिको कारण ३० प्रतिशत जग्गामा बाटो बनेकोले खेती योग्य जग्गाको ल क्षेत्रफल कमी आएको छ । क्षेत्रफल कम गर्ने कार्य रोक लगाउनु पर्नेछ । खेतीमा यान्त्रिकरणले खेत जोताई, धान रोपाई, धान कटाईको लागि मेशिन उपलब्ध गर्न सकिने र कम समयमा कम खर्चमा धेरै काम लिन सक्ने । धान खेतमा नजोताई गरी धनियाँ खेती गर्न सकिन्छ । कृषि बिना देशको आर्थिक विकास नहुने भएकाले त्यसतर्फ युवालाई समाहित गर्न सरकारले विभिन्न योजना ल्याउनु पर्ने बताउनुभयो ।

Image may contain: one or more people, people standing, shorts, outdoor and nature

धान खेतीमा आधुनिकीकरण पहिले प्रति कठ्ठा २ मन धान हुदा खुशी हुने किसान अहिले ३२ प्रति कठ्ठा सकिने प्रयास गर्नुपर्छ । हाम्रो धान खेती देशमा चर्चित होस् । कृषक नै यो देशको विशुद्ध नागरिक हो । किनकी यसमा कुनै किसिमको भ्रष्टाचार छैन् । किसानका समस्याको सम्बन्धमा नगरपालिकालाई ध्यानकर्षण गराउने कृषिमा बजेटको सम्बन्धमा अध्ययन अनुगमण गरेर खेतीलाई सहकार्य गर्नुपर्ने आयोजक संस्था अध्यक्ष वीपि भुवन यादवले बताउनुभयो ।

Image may contain: 5 people, people sitting and outdoor

कार्यक्रममा राम कृपाल यादब, रामपृत दास, रामसरोवर यादब लगायतको वक्ताहरुले बोल्नुभयो । कार्यक्रमको स्वागत मन्तब्य सरोज कुमार यादव गर्नुभयो भने कार्यक्रमको उदघोषण शुभे यादब गर्नुभएको थियो । सो अवसरमा सबैजना मिलेर स्थानीय किसान रामपृत दासको खेतमा धान खेतमा धान रोपी दहि चुरा खाएर धान दिवस मनाईएको छ ।

Image may contain: one or more people, sky, outdoor and nature

Image may contain: one or more people, people standing, outdoor and nature

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

निःशुल्क एसइइ परीक्षा तयारी कक्षा समापन

रोयाण्टर मण्डल सिरहा / सुखीपुर संचालित १५ दिने निःशुल्क एसइइ परीक्षा तयारी कक्षा समापन गरिएको छ । नगर सुध

 सुखीपुर उद्योग ब्यपार समितिको निर्वाचन सम्पन्न

रोयाण्टर मण्डल /  विन्दे यादव सुखीपुर / सुखीपुर उद्योग ब्यपार समितिको नयाँ कार्यसमितीका लागि निर्वाचन स

सुखीपुर व्यापार समिति का चुनाव आज राजनीति उफान पर

रोयाण्टर मण्डल / हरिपति लाल कर्ण सुखीपुर (सिरहा) / सुखीपुर की सबसे बड़ी व्यापारिक संस्था सुखीपुर उधोग व्याप


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६