मधेसमा फेरी जुरमुराउँदै रैथाने परिषद

  • प्रकाशित मितिः असार 5, 2076
  • मधेश स्पेशल
  • 410 पटक पढिएको

बिगतमा स्वतन्त्र मधेसको नारा दिएर बिखण्डनकारी गतिविधिमा सक्रिय सीके राउतको स्वतन्त्र मधेस गठबन्धन जनमत पार्टीको नाममा नयाँ कलेबर सहित मधेसमा उदाएको छ । सीके राउतको वैधानिक उदयले मधेस केन्द्रित दलहरूलाई प्रभावित बनाउने  आँकलन गरिरहँदा मधेसमा फेरि अर्को समूह रैथाने एकता परिषद्ले सक्रियता बढाएको छ  । सरकारसगँ सलहेस फूलको हुलाक टिकट छाप्न माग गरेर मधेसमा अहिले रैथाने एकता परिषद्को स्वभाविक उदय हुँदैछ ।

रैथाने परिषद्को उदय

मधेसमा सीके राउतको विखण्डनको मुद्दा उत्कर्षमा पुगिरहँदा भव्य मोटर साईकल र्याली गरेर तीन बर्ष अघि लहानमा रैथाने एकता परिषद् घोषणा गरिएको थियो । सरकारसगँ चित्त नबुझेको कुरा आपसमा छलफल गरेर निष्कर्षमा पुग्नुपर्ने भन्दै राज्यप्रति असन्तुष्ट मधेसका युवालाई रैथाने एकता परिषद्ले साथ लिएको थियो । खास गरी ०६२–६३ सालपछि अगिंकृत नागरिकता लिनेहरूबाट मधेसका रैथानेहरूको हक अधिकार खोसिदै गएको रैथाने परिषद्को निष्कर्ष थियो । अगिंकृत नागरिकहरूले पेशा ब्यवसाय गरेर बसे पनि उनिहरूलाई राजनीतिमा संलग्न हुन नदिन रैथानेले आवाज उठाउँदै आएको थियो । रैथानेले आफ्नो प्रमुख दुश्मनको रुपमा मुलुक बिखण्डन गर्न सक्रिय तत्वलाई मानेको थियो ।

रैथाने एकता परिषद्का संयाेजक सन्ताेष बराइली

आदिवासी जनजाती, दलित, मधेसी, मुशलमान लगायत मधेसमा बसोबास गर्दै आएका बिखण्डनका विपक्षमा रहेका मधेसी समुदायको रैथाने एकता परिषद्लाई समर्थन थियो । मधेसका रैथानेहरूको हक अधिकार खोस्ने मतियारको काम गरेको भन्दै उसले मधेसवादी दलहरू विरुद्ध सघँर्ष नै छेँडेको थियो । कतिसम्म भने स्थानीय निकायको चुनावअघि सविंधान सशोंधनको माग गरेर आन्दोलनरत मधेसवादी दलका नेताहरू महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतो लगायत शीर्ष नेताहरूको रैथाने परिषद्ले लहानमा पुत्ला दहन समेत गरेको थियो । त्यसरी मधेसवादी दलहरू विरुद्ध आन्दोलन चर्काउँदा कतिपयले यसलाई अर्को चुरे भावर जन्मेको समेत भनेका थिए  

एमालेले परिचालन गरेको आरोप

उतिबेला रैथाने एकता परिषद् तत्कालिन एमालेले गठन गरेर मधेसी दल विरुद्ध परिचालन गरेको आशकां गर्नेहरू पनि कम थिएनन् । रैथाने एकता परिषद्का सयोंजक सन्तोष बराइली तत्कालिन एमालेको सगंठीत सदस्य र एमालेकै भातृ सगंठन प्रेस चौतारी नेपालको केन्द्रीय सदस्य समेत भएकाले पनि रैथाने परिषद् एमालेबाट परिचालित भएको अड्कलबाजी गरिएको थियो । कतिपय मधेसवादी नेताले त एमालेका तत्कालिन अध्यक्ष समेत रहेका केपी ओलीको प्रत्यक्ष निर्देशनमा रैथाने परिषद् मधेसवादी दल विरुद्ध परिचालन गर्न खोलिएको सार्वजानिक अभिब्यक्तिहरू समेत दिएका थिए ।

भारतको अघोषित नाकावन्दी विरुद्ध नडगमगाई उभिएका ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिएको केही महिनामै रैथाने एकता परिषद् गठन हुनु, मधेस राजनीतिको केन्द्रविन्दु लहानमा केही हुल युवा टाउकोमा म रैथाने नेपाली हुँ भनेर लेखिएको फेटा बाँधेर राष्ट्रियताको चर्को नारा लगाउँदैै बिखण्डनकारी सीके राउतलाई कार्वाहीको माग राखेर विभिन्न गतिविधि गर्नु अनि मधेसवादी दलका शीर्ष नेताहरूको पुत्ला दहन समेत गर्नुले रैथाने परिषद् एमाले अध्यक्ष ओलीको निर्देशनमा परिचालित रहेको पुष्टि गर्ने आधारहरू थिए । केही सञ्चार माध्यामहरूले त्यतिबेला रैथाने परिषद्का सयोंजक बराइली र तत्कालिन एमाले अध्यक्ष ओलीको सगैँ बसेको तस्विरहरू पनि समाचार बनाएर प्रकाशन गरेका थिए ।

तर रैथाने एकता परिषद् एमालेले परिचालन गरेको भन्ने आरोपलाई उतिबेलै देखि खण्डन गर्दै आएको थियो । उसले के पनि स्पष्ट पारेको थियो भने रैथाने एकता परिषद् कुनै राजनीतिक दल नभएर यो एउटा परिषद् हो र यो छिट्टै जिल्ला प्रशासन कार्यालयमा दर्ता हुनेछ । जुनसुकै राजनीतिक दलमा लागेका भए पनि रैथाने परिषद्मा आवद्ध हुन पाउने भनिएको थियो । रैथाने एकता परिषद्को उदेश्य थियो , तराई मधेसमा रैथानेहरूको खोसिएको हक अधिकार दिलाउन संघर्ष गर्ने ।

मधेसवादी दलका नेताहरूको पुत्ला जलाउनुको कारणबारे रैथाने एकता परिषदले आफ्नो दस्तावेजमा लेखेको छ, बषौँ देखि स्थानीय निकायको चुनाव नहुँदा मधेसका रैथानेका अधिकारहरू कुण्ठित हुँदै गईरहेका थिए, विकास निर्माण ठप्प बनेका थिए, स्थानीय निकायमा कर्मचारीको भ्रष्टचार मौलाएको थियो । यस कारण देस विकासको लागि स्थानीय निकायको चुनाव आवश्यक थियो तर मधेसवादी दलहरू सविंधान ससोंधनको माग राखेर स्थानिय निकायको चुनाव हुन नदिने खेलमा थिए । त्यसैले विरोध स्वरुप लहानमा मधेसवादी नेताहरूको पुत्ला दहन गरिएको थियो ।

हुलाक टिकटको राजनीति

केही समय सेलाएको रैथाने परिषद् स्थानीय निकायको चुनावपछि निश्क्रिय रहेको रैथाने परिषद् मधेसमा फेरि सक्रिय हुने सकेंत देखिएको छ । रैथानेले लहानमा बैशाख पूर्णिमाको दिन फूल्ने सलहेस फूललाई हुलाक टिकटमा छाप्न सरकारसगँ माग गरेर मधेसमा सक्रिय हुने सकेंत दिएको हो । सिरहाको लहान छेउमा करिव ९ बिगाहा क्षेत्रफलमा रहेको ऐतिहासिक सलहेस फूलवारीमा प्रत्येक बर्ष बैशाख १ गते हारम प्रजातीको रुखमा फूल्ने सुनाखरी फूललाई सलहेस फूल भन्ने गरिन्छ । नयाँ बर्षको पहिलो दिन फूल्ने उक्त फूल हेर्न मोरगं, सप्तरी, सिरहा, धनुषा लगायतका जिल्लाहरूबाट लाखौँको सख्याँमा आन्तरीक पर्यटक सलहेस फूलवारीमा भेला हुने गरेका छन् भने भारतको पट्ना, बगांल, समस्तिपुर, मधुवनी, दरभंगा, सितामाडीदेखि राजधानी दिल्लिबाट समेत हजारौँको सख्याँमा धार्मिक पर्यटकहरू ओईरिने गरेका छन् ।

ऐतिहासिक राजा सलहेस र उनका भाईहरू मोतिराम र बुधेश्वरले नजिकै रहेको मानिक दहमा नुहाएर उक्त फूलवारीमा फूलेका फूलहरू टिपेर देवता पुज्ने गरेको किवंदन्ति छ । मधेसका आदीवासी थारु तथा मधेसी दलितहरूले यस मेलालाई आफ्नो खास पर्वको रुपमा मनाउँदै आएका छन् । ऐतिहासिक महत्व बोकेको सलहेस फूलबारे कसैले पनि चासो नदिई रहेका बेला रैथाने एकता परिषद्ले यस फूलको हुलाक टिकट प्रकाशन गर्न सरकारसगँ लिखित माग नै गर्यो ।

रेडियो नेपालको प्रादेशिक प्रसारण प्रदेश नम्बर दुईको नयाँ भवन शिलान्यास तथा प्रादेशिक प्रशारणको शुभारम्भ गर्न महोतरीको बर्दिवास आएका सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटालाई भेटेर रैथाने एकता परिषद्का सयोंजक बराइली सहित परिषद्का दुई दर्जन बढि नेताले हुलाक टिकटमा सलहेस फुल छाप्न लिखित माग पत्र बुझाएका थिए ।

प्रादेशिक प्रशारणको सुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै सञ्चारमन्त्री गोकुल बास्कोटाले आउने आर्थिक बर्षबाट लागु हुने गरि हुलाक टिकटमा सलहेस फूल छाप्ने प्रतिबद्ता जनाएका छन् । मन्त्रीले हुलाक टिकट छाप्ने प्रतिवद्धता जनाएको रेडियो नेपालको प्रादेशिक प्रशारण शुभारम्भ कार्यक्रममा प्रदेश दुईका मुख्यमन्त्री लालबावु राउत पनि बिशेष अतिथिको रुपमा सहभागी थिए ।

रैथानेको के छ त भावि योजना ?

कतिपयले सीके राउतको जनमत पार्टीले राजपालाई धक्का दिने आँकलन गरिरहेका बेला बाबुराम भट्राईको नयाँ शक्ति पार्टीसगँ एकता गरेको समाजवादी पार्टीलाई प्रभावित पार्न रैथानेलाई नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री ओलीले पुनः मधेसमा क्रियाशिल बनाउन लागेको चर्चा पनि चलेको छ । तर रैथाने एकता परिषद्का अगुवाहरू भने यसलाई स्विकार्दैनन् । उनीहरू मधेसका युवाहरूसगँ भएको सिर्जनशिल क्षमता र उर्जालाई सदुपयोग गर्दै मधेसका रैथाने त्यसमा पनि पिछडिएका जाति र समुदायको जीवनस्तर उकास्ने योजनाहरूलाई कार्यान्वयनमा ल्याउने तयारी रैथानेको भएको जिकिर गर्छन् ।

जनमत पार्टीले मधेसका ग्रामिण भेगका दलितहरूलाई सगंठित गरिरहेका बेला रैथानेले पनि मधेस केन्द्रित गतिविधिलाई तिब्र पार्नुलमाई अर्थपूर्ण ढगंले हेरिएको छ । भलै रैथानेले अहिले नै आफूलाई कुनै राजनीतिक दलको रुपमा परिचय नदिएकाले तत्काल उसले दलको आकार नलिए पनि भविष्यमा राजनीतिक दलको रुप धारण गर्न सक्ने कुरालाई भने नकार्न सकिन्न । दैनिक नेपाल बाट

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

‘‘ राम बहादुर महतोको सम्झना ’’ अभिभावक खोज्दै सुखीपुरका गरिब दलित

रोयाण्टर मण्डल गजेन्द्र बाबुको पला देखि नै मधेशबादको पक्षमा लडि रहने जिल्लाको मात्रै होईन देशभरकै पार्ट

सुखीपुरमा ट्रक दुर्घटना , सह चालक घाईते

राेयाण्टर मण्डल सुखीपुर (सिरहा) / जिराेमाईलबाट कुशहा आउदै गरेकाे  BR210G913 नम्वरकाे माल बाहक ट्रक  दुर्घटना

स्वर्गिय युवा नेता राम बहादुर महताेकाे श्रद्धाञ्जलीमा बृहत् निःशुल्क स्वास्थ्य शिविर

राेयाण्टर मण्डल सिरहा । गरिब, असाहय बिरामीहरूलाई लक्षित गर्दै सिरहाकाे सुखीपुरमा सुखीपुर बचाउ संघर्ष स


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६