सुखीपुरलाई सुन्दर नगरपालिका बनाउन सर्वपक्षीय छलफल

  • प्रकाशित मितिः असार 5, 2076
  • रोयाण्टर मण्डल
  • 146 पटक पढिएको

रोयाण्टर मण्डल
सिरहा / सुखीपुर नगरपालिकाले आगामी आर्थिक वर्षको बजेट निर्माणको अन्तिम तयारी थालेको छ । बजेट निर्माणका लागि विगत एक महिनादेखि जनस्तरबाट सुझाव लिएको सुखीपुर नगरपालिकाले अन्तिम रुप दिन बुधवार मामा भन्जा होटल सुखीपुरको भवनका सर्वपक्षीय भेला गरेर नगर प्रमुख रामऔतार यादवको अध्यक्षतामा स्थानीय स्तरका विभिन्न क्षेत्रका प्रतिनिधी, सवै राजनैतिक दलका प्रतिनिधी तथा विज्ञहरुसँग छलफल थालेको हो ।

No photo description available.
असार ९ गते सुखीपुर नगरपालिकाको अगामी आर्थिक वर्ष २०७६/०७७ को नगरसभा हुने भएकोले बजेट सार्वजनिक गर्न छलफल तीव्र पारेको हो । नगर प्रमुख यादबले कार्यक्रम गरेर मात्रै होईन टोल टोलका चिया पसलमा समेत चिया खादै जन स्तरमै गएर बजेटको बारेमा छलफल गर्ने गरेका छन् ।


विगतका भन्दा आगामी आर्थिक वर्षमा कार्यान्वयनमूखि बजेट निर्माण गर्न नगरपालिकाले सरोकारवाला निकायसँग छलफलसमेत गर्दै आएको छ । बजेट निर्माणमा नागरिक समाज, युवा, राजनीतिक दलका प्रमुख लगायतले चासो देखाएका छन् ।


टुक्रे विकास योजनामा बजेट विनियोजन हुँदा कार्यान्वयनमा समस्या देखिएकाले आगामी आर्थिक वर्षका लागि ठुलो ठुलो योजना निर्माण नै नगर्ने अठोट नगर प्रमुखले लिएका छन् । जनताका विकास आवश्यकतालाई बजेटमा सम्बोधन गर्ने गरि योजना निर्माण गर्न नगरपालिकाले योजना गाउँ –गाउँ पुगेर सुझाव संकलन गरेको सुखीपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामजी जोशीले बताउनुभयो ।


आर्थिक वर्ष २०७६/०७७ को बजेट निति तथा कार्यक्रम बारे राय, सल्लाह तथा सुझाव संकलन सम्बन्धी पूर्व बजेट छलफल कार्यक्रम सुखीपुरको मामा भन्जा होटलमा सम्पन्न गरिसकेका छन् ।


नगरप्रमुख यादबले कार्यक्रममै भन्नुभयो – सुखीपुरको समृद्धिका लागि जनताका आवश्यकतासँगै भौतिक पूर्वाधारलाई नै पहिलो प्राथमिकता दिइनेछ । यो वर्ष पनि सुखीपुर नगरपालिकाको कृषि , शिक्षा र स्वास्थ्य प्राथमिकतामा पर्ने भएको हो । विगतमा बजेट कार्यान्वय गर्न देखिएका चुनौतीको समाधान खोज्दै नगरपालिकाले कृषि उत्पादनमा चकलाबन्दी खेती, प्रत्येक विद्यालयमा थप कोचिङ कक्षा, सबै कक्षा कोठामा पंखाको ब्यबस्था, स्वास्थ्य संस्थामा समेत कम्तीममा एमबीबीएस डाक्टरको ब्यबस्था गर्ने खालका कार्यान्वयनमूखी बजेट ल्याउन लागेका छौ ।

Image may contain: 6 people, indoorImage may contain: 5 people, people smiling

Image may contain: one or more people, people sitting and indoor

Image may contain: one or more people and people sitting

Image may contain: 1 person, sitting

Image may contain: 3 people, people smiling

Image may contain: one or more people and people standingImage may contain: one or more people

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

नेपाली कांग्रेस क्षेत्र नम्बर २ सिरहाका समितिले मनाए विपी स्मृती दिवस

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / नेपाली कांग्रेस  क्षेत्र नम्बर २ सिरहाका समितिले ३७ औं विपी स्मृती दिव

सुखीपुरका व्यवसायीहरु पनि भीसीटीएसको बिरोधमा उत्रिए

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सरकारले ल्याएको ऐन, नियम र कानून तथा प्रावधानहरु अव्यवहारिक भएको भन्दै सिर

बरियारपट्टी गाउँपालिकाको बजेट ४१ करोड ३४ लाख

रोयाण्टर मण्डल / कृष्ण मोहन चौधरी / हरिपति लाल कर्ण / विपी भुवन  सुखीपुर (सिरहा) /   ‘कृषि , शिक्षा, पु


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६