लोकसेवा आयोगले विज्ञापन नसच्याए परिणाम गम्भिर हुने महतोको चेतावनी

  • प्रकाशित मितिः जेठ 18, 2076
  • मधेश स्पेशल
  • 225 पटक पढिएको

जनकपुरधाम/ राजपा नेता तथा प्रतिनिधिसभा सदस्य राजेन्द्र महतोले लोकसेवाले निकालेको विज्ञापन नसच्याए परिणाम गम्भिर हुने चेतावनी दिएका छन् ।

आज प्रेस विज्ञप्ती जारी गरी नेता महतोले स्थानीय तहको कर्मचारी भर्ना सम्बन्धी लोकसेवा आयोगले निकालेको विज्ञापन मधेशी जनताको हित र हक विपरित भएको जिकिर गरेका हुन् । विज्ञप्तीप्रति गम्भिर ध्यानाकर्षण भएको भन्दै मुलुक संघीयतामा गईसकेको बखतमा प्रदेशले गर्नुपर्ने विज्ञापन संघले गर्नै नमिल्ने जीकिर विज्ञप्ती मार्फत गरेका छन् ।

विज्ञप्तीमा भनिएको छ– कर्मचारी समायोजन ऐन अनुसार लोक सेवा आयोगले एकमुष्ठ निकालेको विज्ञापन प्रत्येक स्थानीय तहको छुट्टा छुटै रुपमा मान्न सकिदैन । यो विज्ञापनले जनताको बलिदानीको प्रतिफलको रुपमा प्राप्त समानुपातिक समावेशी प्रतिनिधित्वको जन अधिकार कुण्ठित गरेको छ ।

समानुपातिक समावेशीको उपलब्धी विपरित गरिएको विज्ञापन सच्याउन आयोगसँग विज्ञप्ती मार्फत नेता महतोले माग गरेका छन् ।

लाइभ मधेस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

मानकताको साम्राज्यमा मैथिली विकसित भएर यो ‘उच्च वर्ग’ भनिने केही जातको भाषा

रामभरोस कापडि भ्रमरअहिले नेपाल–भारत दुवैतर्फ मैथिली भाषाप्रतिको चिन्ता ह्वात्तै बढेको छ । भारतमा ‘

धोती लगाउन सिकाउने सत्य नरायणको देहान्त

रोयाण्टर मण्डल सिरहा । प्रथम नगरस्तरीय खिचडी महोत्सव २०७६ मा हिजो बुधवार संस्कृती बचाउन युवाहरुलाई धोती

प्रथम नगरस्तरीय खिचडी महोत्सव सम्पन्न

रोयाण्टर मण्डलसिरहा । नगर सुधार समिति सुखीपुरको आयोजना गरिएको प्रथम नगरस्तरीय खिचडी महोत्सव २०७६ सम्पन


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2020 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६