बेलबारीमा सुन्दर कार्य गर्दै सुन्दर टोल समिति

  • प्रकाशित मितिः जेठ 18, 2076
  • मधेश स्पेशल
  • 84 पटक पढिएको

बेलबारी/ बेलबारी वाड ३ को सुन्दर टोल विकास संस्थाले सरसफाई तथा प्लास्टीक निषेधित टोल निमार्ण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा सयौको संख्यामा युवा देखि बृद्ध सम्मका टोल बासीहरुको उल्लेखीय उपस्थिति रहेको थियो ।

शनिबार सुन्दर टोलको आयोजनामा भएको सो कार्यक्रमको उद्घाटन टोलका जेष्ठ नागरिकद्वारा प्लास्टीक निसेधित गरौ लेखेको स्टिकर टाँसेर सुरु भएको थियो । सरफाई तथा स्टिकर टाँस्ने कार्यक्रम नगरपालिका कार्यलय भवनबाट सुरु भएर टोलको परिक्रमा पश्चात सोही स्थानमा कोण सभामा सम्पन्न भएको थियो ।

कोण सभामा टोल विकास संस्थाको आमा समुहका सल्लाकार संयोजक सकुन्तला सुबेदी र टोल उपभोक्ता समितिका अध्यक्ष शालिक राम ढकालले भौतिक विकास कार्य सम्पन्न बारे जानकारी साथै आर्थिक बारे सार्वजनिक गरेका थिए ।

सुन्दर टोल विकास संस्थाका अध्यक्ष खनेन्द्र कुमार राईले कोण सभालाई सम्बोधन गर्दै एक ब्यक्तिको घर मात्र सफ भएर हुदैन टोल टोल र नगरपालिकाका नै सफा हुनु पर्छ, हैन भने फोहोरबाट लाग्ने रोगको संक्रमण बाट कोही अछुतो रहन सक्दैनौ । तसर्थ सरसफाई कार्यक्रम निरन्तर गर्दै जानु पर्ने बताएका छन् । सुन्दर टोल विकास संस्थाले चरणबद्ध रुपमा सरसफाई कार्यक्रम गरि रहेको जनाएका छन् । यस पटकको तेस्रो चरणको सरफाई कार्यक्रम सम्मआई पुग्दा स्थानीयहरु टोल सरसफाईमा धेरै ध्यान केन्द्रत भएको र टोल पनि फोहोर मुक्त हुदै गएको बताए ।

कार्यक्रमको समापन गर्दै अध्यक्ष राईले सुन्दर टोल भित्र कुनै पनि सुर्ति तथा मदिरा जन्य पदार्थ सार्वजनिक स्थलमा खान नपाउने नियम राखेको र शैक्षिक क्षेत्रमा भने निषेधित नै गरेको बताएका छन् । यस अभियानमा सबै टोलबासीको मत एक रहेको र यस्तो सामाजिक कार्यलाई निरन्तर गर्दै जाने अध्यक्ष राईले जनाएका छन् ।

- उज्यालो प्रदेश

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

दहेज

कथाकार– धनेश्वर ठाकुर आज भन्दा धेरै वर्ष पहिले म काठमाण्डौं को कोटेश्वर भन्ने ठाउमा बस्थे र एउटा किरान

रक्षा बन्धन पर्व धुमधामका साथ मनाइँदै

मधेश स्पेशल समाचारदातासुखीपुर (सिरहा) / श्रावण शुक्ल पूर्णिमाका अवसरमा आज रक्षा बन्धन, जनै पूर्णिमा (ऋषि त

सरकारी जागिर छाडेर मछा पालनमा रमाएका विसुन देव मण्डल

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सिरहाको धनगढीमाई नगरपालिका वडा नम्बर ६ सिमराका विसनु देव मण्डलले बिगत २४ व


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६