३० हजारमा लाइसेन्स बेच्ने यातायात कर्मचारी दाहाल, रौनियार र यादबमाथि भ्रष्टाचार मुद्दा दायर

  • प्रकाशित मितिः जेठ 17, 2076
  • मधेश स्पेशल
  • 233 पटक पढिएको

काठमाडौं/ सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बनाएको ३० हजार रुपैयाँ घुस लिने १ कर्मचारी र २ जना लेखापढी व्यवसायीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय वीरगन्जमा कार्यरत नायव सुब्बा बद्रिप्रसाद दाहाल तथा लेखापढी व्यवसायीहरु रोशनकुरमा रौनियार र सुनिल कुमार यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियारको टोलीले केही दिन अगाडि लेखापढी व्यवसायी रौनियार र यादवलाई ३० हजार रुपैयाँ घुससहित पक्राउ गरेको थियो ।

रौनियार र यादवको बयानका आधारमा यातायात कार्यालयको नायब सुब्बा बद्रिप्रसाद दाहालविरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको हो । अख्तियारले गरेको अनुसन्धान अनुसार उनीहरुले स्काभेटरको लाइसेन्स बनाइदिने भन्दै सेवाग्राहीसँग ३० हजार घुस मागेका थिए । - लाइभ मधेस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

निःशुल्क एसइइ परीक्षा तयारी कक्षा समापन

रोयाण्टर मण्डल सिरहा / सुखीपुर संचालित १५ दिने निःशुल्क एसइइ परीक्षा तयारी कक्षा समापन गरिएको छ । नगर सुध

 सुखीपुर उद्योग ब्यपार समितिको निर्वाचन सम्पन्न

रोयाण्टर मण्डल /  विन्दे यादव सुखीपुर / सुखीपुर उद्योग ब्यपार समितिको नयाँ कार्यसमितीका लागि निर्वाचन स

सुखीपुर व्यापार समिति का चुनाव आज राजनीति उफान पर

रोयाण्टर मण्डल / हरिपति लाल कर्ण सुखीपुर (सिरहा) / सुखीपुर की सबसे बड़ी व्यापारिक संस्था सुखीपुर उधोग व्याप


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६