हाजिरी जवाफ प्रतियोगितामा मावि छजना प्रथम

  • प्रकाशित मितिः जेठ 14, 2076
  • रोयाण्टर मण्डल
  • 395 पटक पढिएको

रोयाण्टर मण्डल
सिरहा / बालबालिकाको अन्तर निहित प्रतिभाको विकास गराउने उदेश्यले नगर स्तरीय मावि विद्यालयहरु विच हाजरी जवाफ प्रतियोगिता आज सम्पन्न भएको छ । २ नम्बर प्रदेश सभा सदस्य नरेश कुमार यादबको संसदीय विकास बजेट कार्यक्रम अन्तर्गत पूर्वाधार विकास कार्यालय सिरहाको सहयोग राम लखन यादब मेमोरियर ट्रष्ट सुखीपुर न.पा – ७ को आयोजनामा हाजरी जवाफ प्रतियोगिता सम्पन्न भएको हो ।


प्रतियोगितामा नगरका श्री जनता माध्यमीक विद्यालय सुखीपुर, जितन चेथरु माध्यमीक विद्यालय कविलासी, राम जानकी माध्यमीक विद्यालय (प्रविधिक) छजना , श्री जनता माध्यमीक विद्यालय दहिपौडी र श्री जनता माध्यमीक विद्यालय मोहनपुर कमलपुरको सहभागिता रहेको थियो भन्ने प्रतियोगितामा राम जानकी माध्यमीक विद्यालय (प्रविधिक) छजना पहिलो, श्री जनता माध्यमीक विद्यालय मोहनपुर कमलपुर र श्री जनता माध्यमीक विद्यालय दहिपौडी दोश्रो, श्री जनता माध्यमीक विद्यालय सुखीपुर तेस्रो र जितन चेथरु माध्यमीक विद्यालय कविलासी चौथौं स्थान हासिल गरेका थिए ।

Image may contain: 3 people, people standing
कार्यक्रम राम लखन मेमोरियर ट्रष्टका अध्यक्ष राम जनम को अध्यक्षता २ नम्बर प्रदेश सभाका सदस्य नरेश कुमार यादबको प्रमुख आतिथ्य , नेपाली काँग्रेसका क्षेत्रीय सभापति राम चन्द्र यादब र नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधी राम प्रसाद चौधरीको विशिष्ट अतिथ्यमा तथा राम सागर यादबको संयोजनमा सम्पन्न भएको थियो ।

Image may contain: 5 people, people standing
यस्ता कार्याक्रमहरुबाट शिक्षाको स्तरमा बृद्धि र गुणस्तरी शिक्षाकालागि प्रोत्साहन हुने प्रमुख अतिथी यादबको ठमियाई थियो । यस्ता प्रतियोगितहरु विगतमा धेरै हन्थ्यो तर विचमा बन्द भएको थियो त्यसलाई फेरी शूरुआत गरिएकोमा त्यहाँ विद्यार्थीहरुहरु खुशि भएका थिए ।

 

कार्यक्रमको उद्घोषण अशोक यादव, निर्णयाक मण्डलीमा डि.एन. यादब, डोरेन्द्र यादब र राम रिझजन यादब, अंक तालिकामा अनिल कुमार यादव, प्रश्न वाचनमा पतिराम यादब, प्रश्न मैथिली भाषामा उचारण गरेर शोध्नेमा विपी भुवन यादब रहनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

दहेज

कथाकार– धनेश्वर ठाकुर आज भन्दा धेरै वर्ष पहिले म काठमाण्डौं को कोटेश्वर भन्ने ठाउमा बस्थे र एउटा किरान

रक्षा बन्धन पर्व धुमधामका साथ मनाइँदै

मधेश स्पेशल समाचारदातासुखीपुर (सिरहा) / श्रावण शुक्ल पूर्णिमाका अवसरमा आज रक्षा बन्धन, जनै पूर्णिमा (ऋषि त

सरकारी जागिर छाडेर मछा पालनमा रमाएका विसुन देव मण्डल

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सिरहाको धनगढीमाई नगरपालिका वडा नम्बर ६ सिमराका विसनु देव मण्डलले बिगत २४ व


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६