मृतक दुवै यात्रुको पहिचान खुल्यो, १० को अवस्था गम्भिर (अपडेट)

  • प्रकाशित मितिः जेठ 10, 2076
  • गणेश शर्मा
  • 119 पटक पढिएको

सिरहा/ पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहोको कर्जन्हा नगरपालिका १० मा बस र ट्रक एक आपसमा ठोक्किदा भएको दुर्घटनामा मृत्यू भएका दुबै यात्रुको पहिचान खुलेको छ ।

बसका यात्रु झापाको जलपल नगरपालिक ७ का ४३ वर्षीय मदन कुमार उप्रेतीको र बस चालक भोजपुरका अन्दाजी ४१ वर्षीय हरिरण पहेलीको मृत्यू भएको हो । उपचारको क्रममा दुवै जनाको मृत्यू भएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायव उपरीक्षक सुकदेव खनालले जानकारी दिए ।

उनका अनुसार उक्त दुर्घटनामा करिब २७ जना घाईते भएका छन् । जसमध्ये १० जनाको अवस्था गम्भिर छ । गम्भिर घाइते भएकाहरुलाई थप उपचारका लागि बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान र विराटनगर पठाईएको डिएसपी खनालले बताए ।

घाइते मध्ये १७ जनाको फुलकुमारी महतो मेमोरियल हस्पिटल कर्जन्हा र मंगलम् हेल्थ केयर मिर्चैयामा उपचार भईरहेको ट्राफिक प्रहरी पोष्ट मिर्चैयाका प्रहरी नायब निरिक्षक बिकु नारायण काशिछवाले बताए ।

झापाबाट काठमाण्डौंका लागि छुटेको ना ८ ख ९८२ नम्बरको प्राइम बस गोरुको साढेलाई जोगाउने क्रममा बिपरीत दिशाबाट जादै गरेको ना ३ ख ४२६४ नम्बरको ट्रकमा ठोक्किदा दुर्घटना भएको प्रहरीले जनाएको छ । - लाइभ मधेस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

दहेज

कथाकार– धनेश्वर ठाकुर आज भन्दा धेरै वर्ष पहिले म काठमाण्डौं को कोटेश्वर भन्ने ठाउमा बस्थे र एउटा किरान

रक्षा बन्धन पर्व धुमधामका साथ मनाइँदै

मधेश स्पेशल समाचारदातासुखीपुर (सिरहा) / श्रावण शुक्ल पूर्णिमाका अवसरमा आज रक्षा बन्धन, जनै पूर्णिमा (ऋषि त

सरकारी जागिर छाडेर मछा पालनमा रमाएका विसुन देव मण्डल

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सिरहाको धनगढीमाई नगरपालिका वडा नम्बर ६ सिमराका विसनु देव मण्डलले बिगत २४ व


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६