निर्वाचनमा बलिउड स्टार : को जिते, को हारे?

  • प्रकाशित मितिः जेठ 10, 2076
  • मधेश स्पेशल
  • 262 पटक पढिएको

नयाँदिल्ली– यस पटकको लोकसभा चुनावमा भारतका धेरै कलाकार विभिन्न राजनीतिक दलबाट उम्मेदवार बनेका थिए। तीमध्ये कतिपय कलाकारले आफूलाई अब्बल राजनीतिज्ञ सावित गर्दै चुनाव जितेका छन् भने कतिपयले हार बेहोरेका छन्।

उत्तर प्रदेशको मथुराबाट भारतीय जनता पार्टीको उम्मेदवार बनेकी अभिनेत्री हेमा मालिनीले लोकसभा चुनावमा जित हासिल गरेकी छिन्। उनी अघिल्लो निर्वाचनमा पनि विजयी भएकी थिइन्।

bhoj

चुनावको केही समयअघि भाजपामा प्रवेश गरेका भोजपुरी अभिनेता रवि किशन पनि गोरखपुर क्षेत्रबाट निर्वाचित भएका छन्। उनले समावजादी पार्टीका रामभुआल निषाद र कांग्रेसका मधुसुदन त्रिपाठीलाई हराएका हुन्।

आजमगढबाट उम्मेदवार बनेका भोजपुरी फिल्म स्टार दिनेशलाल यादव ९निरहुवा० समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादवसँग पराजित भएका छन्। निरहुवा भाजपाबाट उम्मेदवार बनेका थिए।

sunny

भाजपाका उम्मेदवार अभिनेता सनी देवल पन्जावको गुरुदासपुर क्षेत्रबाट निर्वाचित भएका छन्। यसअघिका चुनावमा अभिनेता विनोद खन्नालाई भाजपाले यो क्षेत्रबाट उम्मेदवार बनाउँथ्यो।

गायक हंसराज हंसले पनि भाजपाको तर्फबाट दिल्लीको उत्तर पश्चमी क्षेत्रबाट चुनाव जितेका छन्। यसअघि सो क्षेत्रबाट उदित राज भाजपाका सांसद थिए। उदित राज यसपटक भाजपाबाट टिकट नपाएपछि कांग्रेसमा प्रवेश गरेका थिए।

gayak

भोजपुरी अभिनेता मनोज तिवारीले पनि भाजपाबाट चुनाव जितेका छन्। उनी उत्तरपूर्वी दिल्ली क्षेत्रबाट चुनाव लडेका थिए। तिवारीले कांग्रेस नेतृ दिल्लीकी पूर्वमुख्यमन्त्री शिला दीक्षितलाई हराएका छन्।

अभिनेत्री जया प्रदा भने यस पटकको लोकसभा चुनावमा पराजित भएकी छिन्। समाजवादी पार्टीबाट भाजपा प्रवेश गरेकी जया समाजवादी पार्टीका आजम खानसँग पराजित भएकी हुन्।

गायक तथा अभिनेता बाबुल सुप्रियो पश्चिम बंगालको आसनसोल क्षेत्रबाट निर्वाचित भएका छन्। भाजपाबाट चुनाव लडेका बाबुलले टिएमसीकी मुनमुन सेनलाई हराएका हुन्।

चुनावको केही समयअघि कांग्रेले अभिनेत्री उर्मिला मातोंडकरलाई उम्मेदवार बनाएको थियो। चुनाव प्रचारका क्रममा दिएको अभिव्यक्तिका कारण विवादमा आएकी उर्मिला मुम्बई चुनाव क्षेत्रबाट पराजित भएकी हुन्।

satru 1

भाजपाबाट टिकट नपाएपछि कांग्रेसमा प्रवेश गरेका अभिनेता सत्रुघन सिन्हा पटना साबिह क्षेत्रबाट पराजित भएका छन्। उनी भाजपाका रविशंकर प्रसादसँग पराजित भएका हुन्। उनी अघिल्लो लोकसभा चुनावमा भाजपाबाट विजयी भएका थिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

सुखीपुरका सई पनि २४ घण्टा नबित्दै तानियो

रोयाण्टर मण्डल सिरहा / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाका एक जना प्रहरी जवानले घुस लिँदै गर्दा र

मधेशको सबै भन्दा ठूलो रोग दहेजप्रथा : प्रदेश सदस्य श्रीवास्तव

रोयाण्टर मण्डलसिरहा । प्रदेश नम्बर २ का प्रदेश सदस्य मदन सेन प्रसाद श्रीवास्तवले मधेशको सबै भन्दा ठूलो र

नगर सुधार समितिको आयोजनामा निःशुल्क लोकसेवा तयारी कक्षा

मधेश स्पेशल समाचारदाता सिरहा / शैक्षिक बेरोजगार न्यूनीकरणका लागि नगरसुधार समिति नगरपालिका सुखीपुरले नि


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2020 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६