पर्साका ६ कर्मचारी विरुद्ध भ्रष्टाचार आरोपमा मुद्दा दायर

  • प्रकाशित मितिः जेठ 10, 2076
  • मधेश स्पेशल
  • 91 पटक पढिएको

काठमाण्डौं/ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला कृषि विकास कार्यालय पर्सा र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कार्यान्वयन एकाइ तरकारी जोन पर्सामा कार्यरत कार्यालय प्रमुख वीरेन्द्रप्रसाद सिन्हासहित छ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगले लेखापाल सत्यनारायण सहनी, सवइञ्जिनीयर राकेशकुमार महतोले सामान रु एक लाख ४७ हजार ३०२ बराबरको भ्रष्टाचार गरेको आरोप लगाएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सञ्चालक समिति पर्साका अध्यक्ष रामेश्वर महतो, निर्माण व्यवसायी रामलाल राउत र सन्नी यादवविरुद्ध मुद्दा दायर गरिएको छ ।

निर्माण व्यवसायीसँगको मिलेमतोमा प्रतिस्पर्धालाई सीमित हुने गरी टुक्राटुक्रा पारी कोटेशनबाट काम गराई सार्वजनिक खरीद ऐन नियमावलीको विपरीत हुने काम गरेको पाइएको छ । - लाइभ मधेस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

दहेज

कथाकार– धनेश्वर ठाकुर आज भन्दा धेरै वर्ष पहिले म काठमाण्डौं को कोटेश्वर भन्ने ठाउमा बस्थे र एउटा किरान

रक्षा बन्धन पर्व धुमधामका साथ मनाइँदै

मधेश स्पेशल समाचारदातासुखीपुर (सिरहा) / श्रावण शुक्ल पूर्णिमाका अवसरमा आज रक्षा बन्धन, जनै पूर्णिमा (ऋषि त

सरकारी जागिर छाडेर मछा पालनमा रमाएका विसुन देव मण्डल

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सिरहाको धनगढीमाई नगरपालिका वडा नम्बर ६ सिमराका विसनु देव मण्डलले बिगत २४ व


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६