जनकपुरमा पक्राउ ८ भारतीय डकैतलाई प्रहरीले गर्यो सार्वजनिक

  • प्रकाशित मितिः जेठ 9, 2076
  • मधेश स्पेशल
  • 43 पटक पढिएको

जनकपुरधाम/ जनकपुरधाम ८ स्थिय बिहार कुण्ड मन्दिर लुटपाट गर्न आएपछि पक्राउ परेका ८ भारतीय डकैतलाई धनुषा प्रहरीले सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा भारतको समस्तीपुर जिल्लास्थित महोदिनगर बस्ने १८ वर्षीय अमित कुमार राय, ३० वर्षीय अमित कुमार सिंह, २८ वर्षीय सुजित कुमार राय, १७ वर्षीय साहिल कुमार रजाक, २४ वर्षीय अजित कुमार सिंह र भारतको मधुवनी जिल्लास्थित सारघाट बस्ने ३२ वर्षीय रंजित कुमार भगतलाई घटना स्थलबाट नै प्रहरीले पक्राउ गरेको छ ।त्यस्तै, भारतको मधुवनी जिल्ला स्थित साहरघाट ८ बस्ने हितलाल पंजियारको ३८ वर्षीय छोरा पप्पु भन्ने संजय कुमार सुमनलाई भाग्ने क्रममा महोत्तरी प्रहरीको सहयोगमा विहीबार मटिहानीबाट पक्राउ गरेको छ ।

विशेष सुचनाको आधारमा खटिएको बिशेष टोलीमाथि डकैत समुहले गोली फायर गर्दै भाग्न खोजेका थिए । त्यसपछि प्रहरीको तर्फबाट जवाफी फायर गरी नियन्त्रणमा लिने क्रममा भारतको समस्तीपुर जिल्ला स्थित सतपुरका २५ वर्षीय रबि मल्लिक घाइते भए । उनलाई दुबै तिघ्रा र दायाँ खुट्टामा गोली लागेको छ ।

पक्राउ परेकाहरुको साथबाट एक थान पेस्तोलथान र एक थान म्याजिन (२ राउण्ड गोली लोड सहित), SLR गोली-२ राउण्ड, खुकुरी एक थान, मोटरसाईकल दुई थान, स्कुटर १एक थान, मोवाइल तिन थान, अधार कार्ड एक थान, मोबाइल एक थान, मोबाइलको ब्याट्री एक थान र गाडीको कार्ड १ थान प्रहरीले बरामद गरेको छ । घाइते रबि मल्लिकको प्रहरी निगरानिमा जनकपुर अञ्चल अस्पतालमा उपचार भईरहेको छ ।

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

मधेसमा फेरी जुरमुराउँदै रैथाने परिषद

बिगतमा स्वतन्त्र मधेसको नारा दिएर बिखण्डनकारी गतिविधिमा सक्रिय सीके राउतको स्वतन्त्र मधेस गठबन्धन जनमत

सुखीपुरलाई सुन्दर नगरपालिका बनाउन सर्वपक्षीय छलफल

रोयाण्टर मण्डल सिरहा / सुखीपुर नगरपालिकाले आगामी आर्थिक वर्षको बजेट निर्माणको अन्तिम तयारी थालेको छ । बज

मिर्चैयाको सनलाईट टेलर ग्राहकको अकर्षण बन्दै , २ नम्बर प्रदेशकै नमुना टेलर

मनिषा मण्डलसिरहा । जिल्लाको चल्तीको ब्यपारीक केन्द्र मिर्चैया बजार, सिरहा जिल्लाको उदयपुर, धनुषा र सप्तर


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६