जनसंख्याको आधारमा स्रोत साधनको बाँडफाँट हुनुपर्छ : मुख्यमन्त्री राउत

  • प्रकाशित मितिः जेठ 9, 2076
  • मधेश स्पेशल
  • 161 पटक पढिएको

जनकपुरधाम/ मुख्यमन्त्री लालबाबु राउतले मानव सुचकाङ्कको अवस्था र जनसंख्याको आधारमा स्रोत साधनको बाँडफाँड हुनु पर्ने बताउनुभएको छ ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आज जनकपुरमा आयोजना गरेको प्राकृतिक स्रोतको रोयल्टी बाँडफाँट सम्बन्धि छलफल कार्यक्रममा मुख्यमन्त्री राउतले संघ सरकारले अहिले गरेको स्रोत साधनको बाँडफाँट अव्यवहारिक रहेको उल्लेख गर्नु हुँदै सो कुरा बताउनु भएको हो । विकास निर्माणको मुख्य आधार प्रदेश र स्थानीय सरकार रहेको उल्लेख गर्नु हुँदै उहाँले बजेटको बाँडफाँट गर्दा केन्द्र सरकारले ४० प्रतिशत मात्र राखेर प्रदेश र स्थानीय तहलाई ३०/३० प्रतिशत दिन आग्रह समेत गर्नुभयो ।

प्रदेश नं. २ मानव सूचकांकको आधारमा सबै भन्दा पछाडी रहेको हुँदा ती सूचाकांकलाई आधार बनाएर बजेट उपलब्ध गराउने पहल गर्न राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगलाई सुझाव समेत दिनु भएको हो । प्राकृतिक स्रोतको बाँडफाँट गर्दा समेत न्यायोचित हुनु पर्ने उल्लेख गर्नु हुँदै मुख्यमन्त्री राउतले प्राकृतिक स्रोतहरुको प्रभावित क्षेत्र समेतलाई ख्याल गर्नु पर्ने बताउनु भयो ।

प्रदेश नं. २ बाट सबै भन्दा बढी युवाहरु खाडी मुलुकमा रहेको र त्याँहा बाट आएको रेमिटान्सले मुलुक धानी रहेको उल्लेख गर्नु हुँदै उहाँले ती युवाहरुलाई लक्षित गरेर रोजगार मुलक कार्यक्रम ल्याउनु पर्ने समेत बताउनु भयो ।

आयोगका अध्यक्ष बालानन्द पौडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा बन , उद्योग तथा पर्यटन मन्त्री राम नरेश रायले प्राकृतिक स्रोतको दोहन रोक्न ठोस योजना ल्याउनु पर्ने बताउनु भयो ।

कार्यक्रममा भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, समाजिक विकास मन्त्री नवल किशोर साह सहितले आ–आफनो विचार राख्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

मानकताको साम्राज्यमा मैथिली विकसित भएर यो ‘उच्च वर्ग’ भनिने केही जातको भाषा

रामभरोस कापडि भ्रमरअहिले नेपाल–भारत दुवैतर्फ मैथिली भाषाप्रतिको चिन्ता ह्वात्तै बढेको छ । भारतमा ‘

धोती लगाउन सिकाउने सत्य नरायणको देहान्त

रोयाण्टर मण्डल सिरहा । प्रथम नगरस्तरीय खिचडी महोत्सव २०७६ मा हिजो बुधवार संस्कृती बचाउन युवाहरुलाई धोती

प्रथम नगरस्तरीय खिचडी महोत्सव सम्पन्न

रोयाण्टर मण्डलसिरहा । नगर सुधार समिति सुखीपुरको आयोजना गरिएको प्रथम नगरस्तरीय खिचडी महोत्सव २०७६ सम्पन


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2020 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६