वरिष्ठ बालरोग विशेषज्ञ अग्रवालको निधन

  • प्रकाशित मितिः जेठ 9, 2076
  • मधेश स्पेशल
  • 127 पटक पढिएको

विराटनगर/ वरिष्ठ बालरोग विशेषज्ञ डा. विमल अग्रवालको निधन भएको छ। विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा मंगलबार राति ४० वर्षको उमेरमा अग्रवालको निधन भएको हो ।

छातीमा समस्या देखिएपछि अग्रवाल गत वैशाख २४ गते नोबेलमा भर्ना भएका थिए । आइसियुमा राखिएको अग्रवालको इसीजी गर्दा असहज देखिएपछि इलेक्ट्रोकार्डियोग्राम इको गरियो ।
त्यसक्रममा अग्रवालको मुटुमा समस्या देखिएको र इन्जीयोग्राफीका क्रममा मस्तिष्कघात भएको बताइएको छ ।

स्वास्थ्यकर्मी एवं अग्रवाल निकट दिनेश ठाकुरका अनुसार बुधबार बिहान विराटनगरस्थित रेन्बोगल्लीमा रहेको अग्रवालको घरमा श्रद्धाञ्जलीका लागि शव राखिने भएको छ।

अग्रवाल विगत ६ वर्षदेखि कोशी अञ्चल अस्पतालमा कार्यरत थिए । अग्रवालको श्रीमती र एक छोरी छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

सुखीपुरमा निः शुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न

रोयाण्टर मण्डलसिरहा / गरिब, असाहय बिरामीहरूलाई लक्षित गर्दै सिरहाको सुखीपुर नगरपाकिला वडा नम्बर १० स्थित

सुखीपुर बजारमा ब्यापार घटे पनि बजारको शाख जोगाउनु पर्ने : सरोकारबला

रोयाण्टर मण्डल सुखीपुर (सिरहा) / सिरहा जिल्लाकै सबभन्दा पुरानो बजार सुखीपुर बजारमा ब्यापार घटे पनि बजारको

सांसद साहको रिहाईको माग गर्दै लाहानमा चक्काजाम

मनोज बनैता लाहान । सत्तारुढ दल राष्ट्रिय जनता पार्टी नेपाल सिरहाले सांसद प्रमोद साहको रिहाईको माग गर्दै


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६