घुस खाने कर्मचारीलाइ कठालाेमा समातेर बाहिर निकालेपछि इटहरीमा मेयर बिरूद्ध नाराजुलुश

  • प्रकाशित मितिः जेठ 9, 2076
  • मधेश स्पेशल
  • 85 पटक पढिएको

इटहरी / कार्यालयभित्र बसेर सेवाग्राहिहरूबाट घुस लिएको भन्दै इटहरी उपमहानगरपालिकाका एक कर्मचारीलाइ मेयर द्वारिकलाल चौधरीले गलत्याएर बाहिर निकालेका छन । मंगलबार दिउसो घुस लिएको आरोपमा सव ओभरसियर राम खडकालाइ गलत्याएर बाहिर निकालेपछि कर्मचारीहरूले मेयर बिरूद्ध धावा बोल्दै सडक समेत अवरूद्ध बनाएका थिए ।

लामो समयदेखि इटहरी उपमहानगरपालिकाको कार्यालयमा कर्मचारीहरू बिरूद्ध गुनासो सुन्दै आएका मेयर चौधरीले मंगलबार सव ओवरसियरलाइ रंगेहात फेला पारेको दावि गर्दै कार्यालयबाट निकालेरबाहिर लखेटेको बताएका छन । यता खडकालाइ अपमानित ढंगले बिना प्रमाण मेयर चौधरीले आरोप लगाएको भन्दै इटहरी उपमहानगरका कर्मचारीहरू आन्दोलित समेत बनेका छन ।

मेयर चौधरीले कार्यालय भित्र दादागिरी देखाएको र कर्मचारीको कुरा नसुनि हेपुवा प्रविति अपनाएको भन्दै उपमहानगरका कर्मचारीहरूले पूर्व पश्चिम राजमार्ग समेत केहि समय अवरूद्ध बनाएका थिए । कर्मचारीहरूले मंगलबार इलाका प्रहरी कार्यालय इटहरीमा शुरक्षा माग गर्दै मेयर चौधरी बिरूद्ध नाराबाजी समेत गरेका थिए । यता मेयर चाैधरी भने घुस खाने कर्मचारीलाइ नगरपालीकाभित्र कुनै ठाउ छैन भन्दै जागिरबाट निलम्बनकाे तयारीमा जुटेका छन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

दहेज

कथाकार– धनेश्वर ठाकुर आज भन्दा धेरै वर्ष पहिले म काठमाण्डौं को कोटेश्वर भन्ने ठाउमा बस्थे र एउटा किरान

रक्षा बन्धन पर्व धुमधामका साथ मनाइँदै

मधेश स्पेशल समाचारदातासुखीपुर (सिरहा) / श्रावण शुक्ल पूर्णिमाका अवसरमा आज रक्षा बन्धन, जनै पूर्णिमा (ऋषि त

सरकारी जागिर छाडेर मछा पालनमा रमाएका विसुन देव मण्डल

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सिरहाको धनगढीमाई नगरपालिका वडा नम्बर ६ सिमराका विसनु देव मण्डलले बिगत २४ व


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६