मृतकको पोष्टपार्टम वीपी प्रतिष्ठानमा, हत्यारा उम्काउन खोजे सरकार विरुद्ध आन्दोलन गर्ने चेतावनी

  • प्रकाशित मितिः जेठ 9, 2076
  • मधेश स्पेशल
  • 30 पटक पढिएको

धरान / पाँचथरको मिक्लाजुङ गाउँपालिका–३, आरुबोटेमा भएको हत्या काण्डा एउटै व्यक्तिबाट सम्भव नभएको भन्दैं उनीहरुको आफन्तले घट्नाको सत्यतथ्य छानविन गर्न माग गरेका छन् । दुई परिवारका ९ जनाको हत्या गरिएका परिवारका आफन्तहरुले एक जनाले मात्र यत्रो जघन्य हत्या गर्न सम्भव नभएको भन्दैं हत्यामा अन्यको संलग्न भएको आफन्तहरुले दावी गरेका छन् ।

आत्महत्या गरेका व्यक्तिलाई सबै दोष देखाएर हत्यारा उम्काउन खोजे सरकार विरुद्ध आन्दोलनमा उत्रिने मृतक परिवारकी आफन्त शान्त लिम्बुले चेतावनी दिएकी छन् ।

आज विहान ५ बजे मृतक सबैको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोष्टमार्टमका लागि ल्याइएको थियो । मर्जरीमा राख्न ठाउ नभएको प्रतिष्ठानले भने पछि शव जिल्ला लगिएको थियो । उनीहरुको मागको विषयमा जिल्ला प्रहरी कार्यालय पाँचथरले सुनुवाई गर्ने इलाका प्रहरी कार्यालयका डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए ।

समयमै पोष्टमार्टम भए पनि ठूलो संख्यामा भेला भएका मृतकका आफन्तजनहरुले एक साताअघि सोही घरमा नुनमा सिसा मिसाइएको घटनाको अनुसन्धानमा प्रहरीले वेवस्ता गरेको पनि आरोप लगाए । हत्या गर्न अघि देखिको योजना भएको प्रहरीले जानकारी पाए पछि वेवास्ता गरेको मृतक परिवारका आफन्त शान्त लिम्बुले बताए ।

प्रहरी गम्भीर भएर सिसा काण्डको अनुसन्धान नगरेकै कारण पछिल्लो सामुहिक हत्याको घटना भएको मृतकका आफन्त मिक्लाजुङ–२ का प्रेमकुमार राईले बताए । सोमबार राती मिक्लाजुङ–३, आरुबोटेमा धनराज सेर्माको पाँचजना र बमकुमार फियाकको परिवारका चारजनाको हत्या गरिएको थियो । उनीहरु ज्याई ससुराको परिवार हो । उनीहरुको घरको दुरी पैदल हिडेर आदी घण्टाको फरकमा तल माथि रहेको ३ नं. वडाका वडा अध्यक्ष हस्तराज फियाकले जानकारी दिए । उनले पनि घट्नामा एउटैको मात्र संलग्नता भएको बताए । घट्नालाई गम्भीर रुपमा अनुसन्धान गरि दोषीलाई कारवाही गर्न माग गरे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

मधेसमा फेरी जुरमुराउँदै रैथाने परिषद

बिगतमा स्वतन्त्र मधेसको नारा दिएर बिखण्डनकारी गतिविधिमा सक्रिय सीके राउतको स्वतन्त्र मधेस गठबन्धन जनमत

सुखीपुरलाई सुन्दर नगरपालिका बनाउन सर्वपक्षीय छलफल

रोयाण्टर मण्डल सिरहा / सुखीपुर नगरपालिकाले आगामी आर्थिक वर्षको बजेट निर्माणको अन्तिम तयारी थालेको छ । बज

मिर्चैयाको सनलाईट टेलर ग्राहकको अकर्षण बन्दै , २ नम्बर प्रदेशकै नमुना टेलर

मनिषा मण्डलसिरहा । जिल्लाको चल्तीको ब्यपारीक केन्द्र मिर्चैया बजार, सिरहा जिल्लाको उदयपुर, धनुषा र सप्तर


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६