सुनसफा गर्ने बहानामा चोरी गर्ने चार भारतीय पक्राउ

  • प्रकाशित मितिः जेठ 9, 2076
  • मधेश स्पेशल
  • 65 पटक पढिएको

भद्रपुर/ गाउँ गाउँमा गएर सुन सफा गराउदै हिड्ने चारजना भारतीय नागरिकलाइ प्रहरीले सुन सफा गर्ने सामग्री सहित पक्राउ गरेको छ । ६ महिना अघि भद्रपुर ५ जुनु मेचेको सुनको सिक्री सफा गर्दै ७ आना सुन गालेर लगेको उनिहरु माथी आरोप लागेको थियो ।

सोही समूह वुधबार विहान भारतबाट मेची नदी हुदै नेपाल आउदै गरेको अवस्थामा स्थानीयले चिनेपछि प्रहरीको जिम्मा लगाएका थिए । पक्राउ पर्नेमा भारत भागलपुरका ४५ वर्षीय हरिस शाह, ३८ बर्षीय सकेट साह, कटिहार विहारका ३९ वर्षीय धर्मेन्द्र साह, र ३७ का हिरालाल साह रहेको वडा प्रहरी कार्यालय भद्रपुरका इन्सपेक्टर यमकुमार श्रेष्ठले जनाए । पक्राउ परेपश्चात पीडितलाइ खबर गरि सुन बराबरको रकम तिराएर साँझमा छाडिएको इन्सपेक्टर श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

दहेज

कथाकार– धनेश्वर ठाकुर आज भन्दा धेरै वर्ष पहिले म काठमाण्डौं को कोटेश्वर भन्ने ठाउमा बस्थे र एउटा किरान

रक्षा बन्धन पर्व धुमधामका साथ मनाइँदै

मधेश स्पेशल समाचारदातासुखीपुर (सिरहा) / श्रावण शुक्ल पूर्णिमाका अवसरमा आज रक्षा बन्धन, जनै पूर्णिमा (ऋषि त

सरकारी जागिर छाडेर मछा पालनमा रमाएका विसुन देव मण्डल

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सिरहाको धनगढीमाई नगरपालिका वडा नम्बर ६ सिमराका विसनु देव मण्डलले बिगत २४ व


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६