हत्या अरोपमा पक्राउ परेका ४ जना र नावालीकालाई बेश्याबृत्तिमा लगाउने २ जना सार्बजनिक

  • प्रकाशित मितिः जेठ 8, 2076
  • मधेश स्पेशल
  • 84 पटक पढिएको

इलाका प्रहरी कार्यालय बुटवलले हत्या अरोपमा पक्राउ परेका ४ जना र नावालीकालाई बेश्याबृत्तिमा लगाउने बुटवलको एक होटलका २ जना सञ्चालकलाई पक्राउ गरी आज सार्बजनिक गरेको छ ।

आज इलाका प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी प्रहरीले रुपन्देहीको सैनामैना नगरपालिका वडा नम्वर १० सालझण्डीमा कपिलवस्तुको बाणगंगाका २७ बर्षिय चिरञ्जिबी आचार्यको हत्यामा संलग्न ४ जनालाई सार्बजनिक गरेको हो ।

2 jana pakrau

कपिलवस्तु बाणगंगा ६ का ३३ वर्षिय रमेश बिक, २८ बर्षिय गोपाल खनाल, २४ बर्षिय बसन्त खत्री र २० वर्षिय राजु गुरुगंले गत आइतवार राति स्थानीय रेष्टुरेण्टमा मदिरा सेवन गरे पश्चात मोवाइल हराएको बिषयमा बिवाद भएपछी आचार्यकै मोटरसाइकलमा जंगलमा लगि हत्या गरी भागेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । हत्यामा सम्लग्न ४ जनालाई नै प्रहरीले पक्राउ गरेको छ ।

यस्तै बुटवल ११ कालिकानगरमा राप्ती मेनुका होटल सञ्चालक टेक बहादुर कुवर र उनकी श्रीमती मिना कुमारी बस्नेतलाई एक १५ बर्षिय नावालिकालाई होटलमा झाडु पोछा लगाउन राखि बेश्याबृत्तिमा लगाएको आरोपमा पक्राउ गरी आजै सार्बजनिक गरेको छ । -एजेन्सी

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

दहेज

कथाकार– धनेश्वर ठाकुर आज भन्दा धेरै वर्ष पहिले म काठमाण्डौं को कोटेश्वर भन्ने ठाउमा बस्थे र एउटा किरान

रक्षा बन्धन पर्व धुमधामका साथ मनाइँदै

मधेश स्पेशल समाचारदातासुखीपुर (सिरहा) / श्रावण शुक्ल पूर्णिमाका अवसरमा आज रक्षा बन्धन, जनै पूर्णिमा (ऋषि त

सरकारी जागिर छाडेर मछा पालनमा रमाएका विसुन देव मण्डल

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सिरहाको धनगढीमाई नगरपालिका वडा नम्बर ६ सिमराका विसनु देव मण्डलले बिगत २४ व


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६