भोजपुरमा गोली लागेका विप्लवका कार्यकर्ता घिमिरेको धरानमा मृत्यु

  • प्रकाशित मितिः जेठ 8, 2076
  • मधेश स्पेशल
  • 33 पटक पढिएको

धरान/ भोजपुरमा मंगलबार प्रहरीको गोली लागेर घाइते भएका नेत्रविक्रम चन्द विप्लवका कार्यकर्ता तीर्थराज घिमिरेको मृत्यु भएको छ ।

टेम्केमैयुङ्ग गाउँपालिका-२ स्थित मैयुङ्ग क्षेत्रको धोद्रे जंगलमा मंगलबार दिउँसो प्रहरीको गोली लागेर घाइते उनको उपचारको क्रममा बीपी स्वास्थ्यविज्ञान प्रतिष्ठान धरानमा बुधबार मृत्यु भएको भोजपुरका प्रमुख जिल्ला अधिकारीले जानकारी दिएका छन् ।

घिमिरेको तिघ्रामा गोली लागेको र उपचार गर्न समयमा अस्पताल र्पुयाउन नसक्दा अत्याधिक रक्तश्रावका कारण मृत्यु भएको जनाइएको छ । प्रहरीले मुठभेडका क्रममा गोली लागेर घिमिरे घाइते भएको दाबी गरेको छ।

तर, विप्लव समूह सगरमाथा ब्युरोका नेता शैलेशले प्रहरीसँग कुनै मुठभेड नभएको बताए। आफ्ना कार्यकर्तालाई नियन्त्रणमा लिएर प्रहरीले हत्या गरेको उनको आरोप छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

मधेसमा फेरी जुरमुराउँदै रैथाने परिषद

बिगतमा स्वतन्त्र मधेसको नारा दिएर बिखण्डनकारी गतिविधिमा सक्रिय सीके राउतको स्वतन्त्र मधेस गठबन्धन जनमत

सुखीपुरलाई सुन्दर नगरपालिका बनाउन सर्वपक्षीय छलफल

रोयाण्टर मण्डल सिरहा / सुखीपुर नगरपालिकाले आगामी आर्थिक वर्षको बजेट निर्माणको अन्तिम तयारी थालेको छ । बज

मिर्चैयाको सनलाईट टेलर ग्राहकको अकर्षण बन्दै , २ नम्बर प्रदेशकै नमुना टेलर

मनिषा मण्डलसिरहा । जिल्लाको चल्तीको ब्यपारीक केन्द्र मिर्चैया बजार, सिरहा जिल्लाको उदयपुर, धनुषा र सप्तर


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६