पाँचथर हत्याकाण्डः अहिलेसम्म के–के भयो ? मृतकहरुको शव धरान ल्याउँदै

  • प्रकाशित मितिः जेठ 8, 2076
  • मधेश स्पेशल
  • 94 पटक पढिएको

पाँचथरको मिक्लाजुङ गाउँपालिका–३, आरुबोटे हत्याकान्डका मृतकहरुको शव उठाएर धरान ल्याउदै छ ।

मंगलबार काठमाडौंबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)को विशेष टोली आइपुगेपछि शव उठाइएको हो । शवलाई पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याउँदै गरिएको जनाइएको छ ।

हत्याकान्डका ९ ओटा शव र मिक्लाजुङ–७, लुमाङ्दिनमा झुन्डिएको अवस्थामा भेटिएका ३१ वर्षीय मानबहादुर माखिमको शवलाई पनि पोस्टमार्टमका लागि धरान ल्याइदै गरेको पाँचथरका प्रहरी नायव उपरीक्षक नरेन्द्र कुँवरले जानकारी दिए । घटनास्थलमा पाँचथरका प्रमुख जिल्ला अधिकारी मुरारी वस्तीसहित अरु प्रहरीको टोली पनि पुगेको थियो ।

दुई परिवारका ९ जनाको हत्यामिक्लाजुङ–३, आरुबोटेमा सोमबार राति ९ जनाको हत्या गरिएको थियो । मिक्लाजुङ ३, आरुबोटेको वडा कार्यालयछेउमा सो घटना भएको हो । स्थानीय धनराज सेर्माको पाँचजनाको परिवार र बमकुमार फियाकको परिवारका चारजनाको धारिलो हतियार प्रहार गरी हत्या भएको हो ।धनराज र बमकुमार ज्वाइँ–ससुरा हुन् । उनीहरुको घर नजिकै रहेको छ । धनराजको परिवारका पाँचजनाको शव घरभित्रै र बमबहादुरको परिवारका चारजनाको शव घरभित्र तथा बाहिर विभत्स अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
हत्या गरिएकामा ४१ वर्षीय धनराज सेर्मा, ६ वर्षीया इक्सा सेर्मा, १३ वर्षीया योवना सेर्मा, ८ वर्षीया मुना सेर्मा र १२ वर्षीया आशिका खजुम लिम्बू छन् ।
यस्तै, फियाक परिवारका ७४ वर्षीय बमबहादुर फियाक, उनकी श्रीमती, ३६ वर्षीया जस्मिता फियाक र ३५ वर्षीया मनकुमारी फियाक छन् ।

भागेर बाँच्न सफल

१२ वर्षीया सीता खजुम भने भागेर बाँच्न सफल भएकी छन् । उनी घाइते छिन् । झापाको दमकस्थित लाइफलाइन अस्पतालमा उनको उपचार सुरु गरिएको जनाइएको छ ।
घाइते सीताले मुकुन्डो लगाएर आएको व्यक्तिले धारिलो हतियार प्रहार गरी सबैको हत्या गरेको बताएको प्रहरीले जनाएको छ ।

कान्छा ज्वाइँको संलग्नता आशंका

९ जनाको विभत्स हत्यामा मानबहादुर माखिमकै संलग्नता रहेको हुनसक्ने प्रारम्भिक निष्कर्ष प्रहरीले निकालेको छ । झुन्डिएको अवस्थामा मृत भेटिएका माखिम हत्या गरिएका बमकुमारका कान्छा ज्वाइँ र धनराजका साढुभाइ हुन् ।
माखिमको शव घटनास्थलबाट दुई घन्टाको पैदल दूरीमा रहेको मिक्लाजुङ–७, लिम्बा लुमाङ्दिनमा एक रुखमा झुन्डिएको अवस्थामा मंगलबार फेलापरेको थियो । उनको घर लुमाङ्दिनमा नै हो ।
माखिमको ससुरालीसँग राम्रो सम्बन्ध नभएको बताइएको छ । पछिल्लो समय श्रीमती मनकुमारी फियाकसित माखिमको सम्बन्ध राम्रो नभएपछि मनकुमारीले सम्बन्धविच्छेद गर्न चाहेकी थिइन् । उनी माइतीमा बस्दै आएकी थिइन् ।

रगतले पोतिएको खुकुरी र कपडाहरु भेटिए

माखिमको शव फेलापरेको स्थाननजिकै मंगलबार रगत पोतिएको खुकुरी र रगतले लतपतिएको कपडाहरु भेटिएको छ । प्रहरीले थप अनुसन्धान जारी रहेको जनाएको छ । - कपुरीन्यूज

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

दहेज

कथाकार– धनेश्वर ठाकुर आज भन्दा धेरै वर्ष पहिले म काठमाण्डौं को कोटेश्वर भन्ने ठाउमा बस्थे र एउटा किरान

रक्षा बन्धन पर्व धुमधामका साथ मनाइँदै

मधेश स्पेशल समाचारदातासुखीपुर (सिरहा) / श्रावण शुक्ल पूर्णिमाका अवसरमा आज रक्षा बन्धन, जनै पूर्णिमा (ऋषि त

सरकारी जागिर छाडेर मछा पालनमा रमाएका विसुन देव मण्डल

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सिरहाको धनगढीमाई नगरपालिका वडा नम्बर ६ सिमराका विसनु देव मण्डलले बिगत २४ व


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६