६ जनाको मृत्यु हुने गरी भएको साहुखर्क बस दुर्घटनाका चालक पुर्पक्षका लागि कारागार चलान

  • प्रकाशित मितिः जेठ 8, 2076
  • मधेश स्पेशल
  • 83 पटक पढिएको

धनगढीबाट बझाङका लागि छुटेको बस गत बैसाख ११ गते डडेलधुराको गन्यापधुरा गाउँपालिकाअन्तर्गत साहुखर्कमा भएको दुर्घटनाका बस चालक पुर्पक्षका लागि जिल्ला कारागार चलान भएका छन्।

जिल्ला अदालत डडेलधुराले सोमबार बस चालक बझाङ जिल्ला विथ्यडचिर गाउँपालिका–२ का अमृत बोहरालाई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

५ जनाको घटनास्थलमै र १ जनाको उपचारको क्रममा मृत्यु भएको घटनामा चालक बोहरालाई सवारी ज्यान मुद्धाको सम्पुर्ण अनुसन्धानपश्चात् पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रमुख डम्बर बहादुर केसीले बताए। बोहराले चलाएको ना४ख १८३१ नम्बरको यात्रुबाहक बस साहुर्खकमा दुर्घटना हुदाँ ६ जनाको मृत्यु भएको थियो भने ३३ जना घाइते भएका थिए। उनीसँग सवारी चालक अनुमतिपत्र भने रहेको जनाइएको छ।

ुसवारी तथा यातायात व्यवस्था ऐन, २०४९ु को दफा ४५ को व्यवस्था र दफा १६१९२० को लापरबाहीपूर्वक सवारी चलाउँदा मानिसको मृत्यु भएमा हुने सजायसम्बन्धी व्यवस्थाअनुसार बोहरालाई कारगार चलान गरिएको हो।

जसअनुसार २ वर्षदेखि १० वर्षसम्म कैद सजाय वा अदालतले तोकेबमोजिम हुने व्यवस्था छ। -एजेन्सी

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

‘‘ राम बहादुर महतोको सम्झना ’’ अभिभावक खोज्दै सुखीपुरका गरिब दलित

रोयाण्टर मण्डल गजेन्द्र बाबुको पला देखि नै मधेशबादको पक्षमा लडि रहने जिल्लाको मात्रै होईन देशभरकै पार्ट

सुखीपुरमा ट्रक दुर्घटना , सह चालक घाईते

राेयाण्टर मण्डल सुखीपुर (सिरहा) / जिराेमाईलबाट कुशहा आउदै गरेकाे  BR210G913 नम्वरकाे माल बाहक ट्रक  दुर्घटना

स्वर्गिय युवा नेता राम बहादुर महताेकाे श्रद्धाञ्जलीमा बृहत् निःशुल्क स्वास्थ्य शिविर

राेयाण्टर मण्डल सिरहा । गरिब, असाहय बिरामीहरूलाई लक्षित गर्दै सिरहाकाे सुखीपुरमा सुखीपुर बचाउ संघर्ष स


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६