काठमाडौंमा प्रहरीले गर्यो इन्काउन्टर, गुन्डा विष्णुलाई सिधै गोली

  • प्रकाशित मितिः जेठ 8, 2076
  • मधेश स्पेशल
  • 78 पटक पढिएको

काठमाडौं / प्रहरीले काठमाडौंको टोखाबाट गोली हानेर विष्णु तामाङलाई पक्राउ गरेको छ। काले भनिने तामाङ प्रहरीको सर्वाधिक खोजीको सूचीमा थिए ।

दायाँ खुट्टामा गोली लागेर घाइते तामाङको बीर अस्पतालमा भइरहेको छ। महानगरीय प्रहरी अपराध महाशाखा प्रमुख सहकुल थापाले तामाङको दायाँ घुँडामा गोली लागेको जानकारी दिए।

थापाका अनुसार 6 वटा अपराधका घटनालाई लिएर उनको खोजी भइरहेको थियो. यसैक्रममा टोखामा रहेको सूचना पाएपछि प्रहरी टोली उनलाई पक्रन सोमबार बिहान 8 बजे गएको थियो।

‘नियन्त्रणमा लिन गएको टोलीलाई उनले उल्टै हतियार देखाएर आक्रमणको प्रयास गरेका थिए। त्यसपछि आत्मरक्षाको लागि प्रहरीले गोली चलाएर नियन्त्रणमा लिएको हो, ‘थापाले भने।

सिन्धुपाल्चोकको मेलम्चीका तामाङले पूर्वएआईजी जयबहादुर चन्द र पूर्व डिआईजी विश्वराज सिंह शाहीको घरमा समेत लुटपाट गरेका थिए। यही कारण उनी 6 वर्ष कैद भुक्तान गरेर 2072 सालमा रिहा भएका थिए.।जेल सजाया भुक्तान गरेर निस्किएपछि पनि उनी अपराधमै संलग्न रहेको प्रहरीको भनाइ छ। प्रहरीले उनलाई ‘खुंखार डाँका’ भन्ने गरेको छ।

सञ्चारपाटी

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

दहेज

कथाकार– धनेश्वर ठाकुर आज भन्दा धेरै वर्ष पहिले म काठमाण्डौं को कोटेश्वर भन्ने ठाउमा बस्थे र एउटा किरान

रक्षा बन्धन पर्व धुमधामका साथ मनाइँदै

मधेश स्पेशल समाचारदातासुखीपुर (सिरहा) / श्रावण शुक्ल पूर्णिमाका अवसरमा आज रक्षा बन्धन, जनै पूर्णिमा (ऋषि त

सरकारी जागिर छाडेर मछा पालनमा रमाएका विसुन देव मण्डल

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सिरहाको धनगढीमाई नगरपालिका वडा नम्बर ६ सिमराका विसनु देव मण्डलले बिगत २४ व


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६