पाँचथर हत्या प्रकरण : यस्तो रहेछ कारण

  • प्रकाशित मितिः जेठ 8, 2076
  • मधेश स्पेशल
  • 125 पटक पढिएको

पाँचथर / पाँचथरको आरुबोटेमा ९ जनाको सामूहिक हत्या ‘डिभोर्स’ का कारण भएको प्रहरीको प्रारम्भिक निष्कर्षले देखाएको छ।

घटनास्थल पुगेका प्रहरीले गरेको रिर्पोटिङको आधार, घटनालाई सूक्ष्म ढंगले अध्ययन गरिरहेको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबी, अपराध अनुसन्धान विभाग र प्रहरी प्रधान कार्यालय आइजिपीको सचिवालय टोलीले सामूहिक हत्याको कारण ‘डिभोर्स’ नै हुन सक्ने निष्कर्ष निकालेको हो। मानबहादुर र उनको श्रीमतीबीच पछिल्लो समय किचलो थियो।

‘उनीहरू डिभोर्सको अन्तिम तयारीमा थिए,’ उच्च प्रहरी स्रोतले भन्यो, ‘श्रीमतीलाई डिभोर्स गर्न सघाएको भन्दै मानबहादुरले साडु भाइ र ससुराको परिवार सबैलाई खसाप पारेको हुन सक्छ।’ पाँचथर हत्याकाण्डमा भागेर ज्यान बचाएकी १२ वर्षीया सीता खाजुमले कपडाले मुख छोपेर आएका एक व्यक्तिले खुकुरी हानेर परिवारका सबै सदस्य मारेको बयान दिएकी थिइन्।

प्रदेश नम्बर एक प्रहरी स्रोतका अनुसार बिहानपख सम्पर्कमा आएकी सीताले खाना खाएर सुतिसकेपछि आएका एक व्यक्तिले खुकुरी हानेर पालैपालो ज्यान लिएको बयान दिएकी छिन्। घटनास्थलमा छानविन गर्न केन्द्रीय अनुसन्धान ब्युरोले प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीको नेतृत्वमा टोली खटाइसकेको छ। प्रदेश नम्बर १ बाट पनि कुकुरसहितको टोली घटनास्थलमा पुगेको छ।

सञ्चारपाटी

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

निःशुल्क एसइइ परीक्षा तयारी कक्षा समापन

रोयाण्टर मण्डल सिरहा / सुखीपुर संचालित १५ दिने निःशुल्क एसइइ परीक्षा तयारी कक्षा समापन गरिएको छ । नगर सुध

 सुखीपुर उद्योग ब्यपार समितिको निर्वाचन सम्पन्न

रोयाण्टर मण्डल /  विन्दे यादव सुखीपुर / सुखीपुर उद्योग ब्यपार समितिको नयाँ कार्यसमितीका लागि निर्वाचन स

सुखीपुर व्यापार समिति का चुनाव आज राजनीति उफान पर

रोयाण्टर मण्डल / हरिपति लाल कर्ण सुखीपुर (सिरहा) / सुखीपुर की सबसे बड़ी व्यापारिक संस्था सुखीपुर उधोग व्याप


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६