सरकारले ४८ मेनपावरको अनलाइन कारोबार बन्द गर्यो !

  • प्रकाशित मितिः जेठ 8, 2076
  • मधेश स्पेशल
  • 93 पटक पढिएको

सरकारले ४८ मेनपावरको अनलाइन कारोबार बन्द गरेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको वैदेशिक रोजगार विभागले विवरण अद्यावधिक नगरी अनलाइन सेवा सञ्चालन गरिरहेका मेनपावरलाई गत वैशाख १३ को निर्णयअनुसार अद्यावधिक गर्न बोलाए पनि नगएपछि ४८ मेनपावरको अनलाइन सेवा बन्द गरिदिएको हो।

अद्यावधिकका लागि गत वैशाख २३ देखि २९ गतेसम्मको म्याद दिइएको थियो। पुनः जेठ ३ सम्म दर्तामा आउन भने पनि नआएपछि ४८ मेनपावरको सेवा बन्द गरिएको हो। योसँगै उनीहरुको अनलाइनमार्फत हुने कारोबार बन्द भएको छ।

अनलाइन कारोबार बन्द भएका मेनपावरमा एक्सेस पार्टनर्स नेपाल प्रालि, आदर्श ओभरसिज सर्भिस प्रालि, अग्रिम ओभरसिज प्रालि, एसिया पोइन्ट नेपाल प्रालि, बीएण्डबी, रिक्रुइटमेन्ट प्रालि, बेलटेक नेपाल ओभरसिज प्रालि, बोल्ड मेनपावर प्रालि, बोन मेनपावर प्रालि, चिरायु, सिटी ओभरसिज प्रालि, क्लासिकल ओभरसिज प्रालि, देउराली ह्युमन रिसोर्स सोलुसन प्रालि रहेका छन्। त्यस्तै दित्या इन्टरनेशनल, फास्ट लिंक इम्प्लोयमेन्ट सर्भिस, जिओ नेपाल ओभरसिज, ग्लान्स इन्टरनेशनल, ग्लोबल युथ भिजन ह्युमन सर्भिस, गोल्डेनगेट रिक्रुइटमेन्ट सर्भिस, गुडलक ओभरसिज, ग्रेट गल्फ एचआर, एचएमटी ओभरसिज, हिमालय गल्फ ओभरसिज रहेका छन्।

त्यसैगरी इन्डिगो ओभरसिज, जनकपुर ओभरसिज, काठमाडौैं ब्राइट ह्युमन रिसोर्स, लाल इन्टरनेशनल ओभरसिज, मेनपावर रिक्रुइटमेन्ट नेपाल, मिडल इस्ट एचआर सोलुसन, नमोबुद्ध रिक्रुइटमेन्ट, नेपाल एचआर सोलुसन, नेपाल मेनपावर प्रालि, परी ओभरसिज, पोजिटिभ प्लेसमेन्ट एण्ड जनरल सर्भिस, पब्लिक लिंक ओभरसिज, पर्पल एचआर सर्भिस, आरए इन्टरनेशनल इम्प्लोयमेन्ट एजेन्सी, रेडसी इम्प्लोयमेन्ट सर्भिस प्रालिको कारोबार बन्द भएको छ।

त्यस्तै, रिन्कु ओभरसिज, रोयल एचआर सोलुसन, एसएनएचआर मेनपावर प्रालि, सर्भिन ओभरसिज, शांग्रिला ह्युमन रिसोर्स, सिल्भिया एचआर सर्भिस, टप जब्स इन्टरनेशनल इम्प्लोयमेन्ट सर्भिस, अल्टिमेट इम्प्लोयमेन्ट सर्भिस, भेनस इन्टरनेशनल एचआर सोलुसन, वर्ल्ड एट वर्क कन्सल्टाना प्रालि र वर्ल्डवाइड एचआर सोलुसनको अनलाइन कारोबार बन्द भएको छ।

सञ्चारपाटी

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

निःशुल्क एसइइ परीक्षा तयारी कक्षा समापन

रोयाण्टर मण्डल सिरहा / सुखीपुर संचालित १५ दिने निःशुल्क एसइइ परीक्षा तयारी कक्षा समापन गरिएको छ । नगर सुध

 सुखीपुर उद्योग ब्यपार समितिको निर्वाचन सम्पन्न

रोयाण्टर मण्डल /  विन्दे यादव सुखीपुर / सुखीपुर उद्योग ब्यपार समितिको नयाँ कार्यसमितीका लागि निर्वाचन स

सुखीपुर व्यापार समिति का चुनाव आज राजनीति उफान पर

रोयाण्टर मण्डल / हरिपति लाल कर्ण सुखीपुर (सिरहा) / सुखीपुर की सबसे बड़ी व्यापारिक संस्था सुखीपुर उधोग व्याप


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६