अध्यक्षमाथि संघातिक आक्रमण

  • प्रकाशित मितिः बैशाख 27, 2076
  • मधेश स्पेशल
  • 1617 पटक पढिएको

जिवछ यादव

सिरहा /  सुखीपुर नगरपालिकामा कार्यरत कार्यालय सहायक नागेश्वर झाको अगुवाइमा विहिवार विहान ८ बजे सुखीपूर ८ राम जानकी चौकमा संघातिक आक्रमण गर्दा बल्ही गाविसका पूर्व गाविस अध्यक्ष सत्यदेव महतो घाइते हुनु भएको छ |

 

ईलाका प्रहरी कार्यालय सुखीपूरदेखि चार सय मिटर उत्तरमा भएको आक्रमणमा परि महतोको वायाँ हात भाँचेको छ भने टाउकोमा ६ वटा टाँका लागेको छ |

 

उपचारको क्रममा लहान स्थित राम कुमार उमा प्रसाद स्मारक अस्पताल लहानमा रहनु भएको महतोको अनुसार २५ गते ६ बजे वेलुका नगरपालिकाबाट गइरहेको नागेश्वर भन्ने नागे झाले एक हातले मोवाइल र अर्को हातले मोटरसायकल चलाउदै मोटरसायकल तेज गतिमा चलाइरहेको अवस्थामा वल्ही ७ मा रामभरोसी महतोको गाइलाई ठक्कर दिएपछि विवाद भएको थियो |

 

विवादको क्रममा मैले मोटर सायकल राखिदिनु गाईलाई उपचार गराउनु भनेको रिश्वी साँध्न म माथि आक्रमण भएको पूर्व गाविस अध्यक्ष महतोले बताउनुभयो | यता इलाका प्रहरी कार्यालय सुखीपूरका शय सिकन्दर साहले भन्नुभयो ,पूर्व गाविस अध्यक्ष मलाई भेटेर जाने क्रममा उहाँमाथि आक्रमण भएको हो | प्रहरीलाइ जानकारी भएपछि आक्रमण गर्ने नागेश्वर झाको समूहलाई खोजि भईरहेको छ |

 

२०३८ सालमा नेकपा मालेको कार्यकर्ता भइ काम गरेको सत्यदेव महतो २०५४ सालमा नेकपबाट गाविस अध्यक्ष हुनु भएको थियो भने मधेश आन्दोलनमा संघीय समाजवादीतिर लाग्नु भएको थियो |

 

संघीय समाजबादीतिर लागेपनि महतो भन्नुहुन्छ -जीवन र जवानी कम्युनिष्ट भएरै विताए .अहिले कम्युनिष्टको सरकारमा शान्ति सुरक्षा र विकास होला मनमा उत्साह र पूराना कम्युनिष्ट नेताहरु भेट्दा लाल सलाम नै भन्न रुचाउनु हुने महतो सिरहाको विष्णुपूरकटी आमवासमा मदन भण्डारीले चौथो महाधिवेशनमा महासचिव भएको वेला कार्यकर्ताको रुपमा खटेको एक वफादार कार्यकर्ताको रुपमा चिनिनुहुन्छ |

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

नेपाली कांग्रेस क्षेत्र नम्बर २ सिरहाका समितिले मनाए विपी स्मृती दिवस

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / नेपाली कांग्रेस  क्षेत्र नम्बर २ सिरहाका समितिले ३७ औं विपी स्मृती दिव

सुखीपुरका व्यवसायीहरु पनि भीसीटीएसको बिरोधमा उत्रिए

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सरकारले ल्याएको ऐन, नियम र कानून तथा प्रावधानहरु अव्यवहारिक भएको भन्दै सिर

बरियारपट्टी गाउँपालिकाको बजेट ४१ करोड ३४ लाख

रोयाण्टर मण्डल / कृष्ण मोहन चौधरी / हरिपति लाल कर्ण / विपी भुवन  सुखीपुर (सिरहा) /   ‘कृषि , शिक्षा, पु


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६