एसइईको प्रश्नपत्र आउट गरेको आरोपमा पक्राउ परेका दुई प्रहरी जवान जेल चलान

  • प्रकाशित मितिः बैशाख 23, 2076
  • मधेश स्पेशल
  • 71 पटक पढिएको

राजेन्द्र महतो

लहान । गत चैत महिना मा भएको माध्यमिक शिक्षा परीक्षा( एसइई )को विज्ञान र सामाजिक विषयको प्रश्नपत्र परीक्षा अगावै आउट गर्ने कार्यमा संलग्न रहेको आरोपमा पक्राउ परेका दुई प्रहरी जवानलाई सिरहा जिल्ला अदालत ले पूर्वापक्षका लागि कारागार पठाएको छ ।

 

अदालतका न्यायाधीश गायत्रीप्रसाद रेग्मीको एकल इजलाशले प्रश्नपत्र आउट गर्ने कार्यमा संलग्न रहेको आरोपमा पक्राउ परेका प्रहरी जवान ब्रहमदेव यादव र दीपेन्द्र मण्डललाई पूर्वापक्षका लागि कारागार पठाएको हो ।

 

दुबै प्रहरी जवान इलाका प्रहरी कार्यालय कल्याणपुर सिरहामा कार्यरत थिए । त्यसै गरि ,प्रश्नपत्र सार्वजनिक गरेको आरोपमा पक्राउ परेका सप्तरीको राजविराज नगरपालिका–१० को विष्णुदेव यादव र अरोजकुमार यादवलाई जनही रु एक लाख ५० हजार धरौटीमा रिहा गर्न आदेश गरिएको सिरहा जिल्ला अदालतले बताएको छ ।

 

त्यस्तै राजविराज नगरपालिका–१६ को शिक्षक मनोज यादव, हनुमाननगर कंकालिनी नगरपालिका–१ को१७ वर्षीय राजेश यादव, सोही ठाउँका १७ वर्षीय उमेश यादव र तराकान्त इसरलाई जनही रु एक लाख धरौटीमा रिहा गर्न आदेश दिइएको अदालत ले बताएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सिआईवी०का प्रहरी नायब महानिरीक्षक नीरजबहादुर शाहीको नेतृत्वको टोलीले गत चैत १४ गतेको विज्ञान र १५ गतेको सामाजिक विषयको प्रश्नपत्र प्रहरी जवान यादव र मण्डलमार्फत परीक्षा अगावै सार्वजनिक भएको भन्दै उनीहरुलाई पक्राउ गरेको थियो ।

 

पक्राउ परेकामाथि प्रहरीले सरकारी लिखत किर्ते र परीक्षा मर्यादा विपरीत कार्य सम्बन्धित मुद्दा चलाएको थियो । इलाका प्रहरी कार्यालय कल्याणपुरमा प्रश्नपत्र राखिएको स्थानबाट प्रश्नपत्र झिकेर फोटो खिची ब्रहमदेवले इमो मार्फत आफ्नो दाई विष्णुदेव यादवलाई पठाएको अनुसन्धानबाट खुलेको थियो ।

भाई ब्रहमदेवले पठाएको प्रश्नपत्र विष्णुदेवले सामाजिक सञ्जालमार्फत शिक्षक रहेका मनोजलाई प्रश्नपत्रको फोटो पठाएका थिए । त्यसपछि मनोजबाट उमेश हुँदै अन्य व्यक्ति हरु सम्म प्रश्नपत्र पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

वरिष्ठ बालरोग विशेषज्ञ अग्रवालको निधन

विराटनगर/ वरिष्ठ बालरोग विशेषज्ञ डा. विमल अग्रवालको निधन भएको छ। विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा

प्रथम स्वर्णपदक विजेता यादव मुख्यमंत्रीद्वारा ५ लाख ११ हजारले पुरस्कृत

जनकपुरधाम/ मुख्यमन्त्री लालबाबु राउतले प्रथम स्वर्णपदक विजेता अजित कुमार यादवलाई आज पुरस्कृत गर्नुभएको

बिहेका लागि घर आएका प्रहरी जवान यादबको दुर्घटनामा मृत्यू

बर्दिया/ बर्दियामा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी जवानको मृत्यु भएको छ । गुलरिया नगरपालिका–१ खैराप


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६