राजस्व छली ल्याउदै गरेको अबैध किराना समान सहित एक जना महिला पक्राउ

  • प्रकाशित मितिः बैशाख १९, २०७६
  • मधेश स्पेशल
  • 1233 पटक पढिएको

राजेन्द्र महतो

लहान / सिरहा मा भारत बाट नेपाल तर्फ राजस्व छली अवैध रूपमा ल्याउदै गरेको करीब १ लाख मुल्य बराबरको किरानाका समानहरु सहित एक जना महिला लाई आज प्रहरीले पक्राउ गरेको छ।

पक्राउ परेको सिरहा नगरपालिका -१७ बस्ने ललिता देवी शाह हुन ।

प्रदेश नम्बर दुईका प्रहरी कार्यालय तथा जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी गस्ती टाेलिले बिशेष सूचनाकोअधारमा सिरहा नगरपालिका- ११ स्थित चोहर्वा-माडर सडकखण्डमा चेकजाँचको क्रममा भारतबाट भन्सार छली ल्याउदै गरेको करीब एक लाख मूल्य बराबरको किराना समान सहित ललितादेवी शाह लाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

 

पक्राउ परेका समान सहित निज साहलाई आवश्यक कारवाहीको लागी सिरहा भन्सार कार्यालय सिरहा ,माडर पठाइएको जिल्ला प्रहरी कार्यालय सिरहा ले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

३४ वर्षअघि महाधिवेशन भएको स्थल सिरहाको अम्बासमा नेकपा एमाले सचिवालय बैठक हुने

जिवछ उदासी सिरहा / पञ्चायती व्यवस्था ढाल्न तत्कालीन नेकपा (माले) को चौथो महाधिवेशनबाट मदन भण्डारी महासचिव

दश हजार घुस सहित रंगेहात अमिन पक्राउ

 राेयाण्टर मण्डल लहान / घुस रकम सहित सिरहाका एक अमिन रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन�

सिरहाका एक प्रधानाध्यापकले नक्कली बिल भरपाई बनाई गरे करोडौ रकम भ्रष्टाचार

रोयाण्टर मण्डल सिरहा / सिरहाको एक माध्यमिक विद्यालयका प्रधानाध्यापकले नक्कली बिल भरपाई पेश गरी करोडौ रक�

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2023 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६