लागुऔषध सहित दुईजना पक्राउ

  • प्रकाशित मितिः बैशाख 17, 2076
  • मधेश स्पेशल
  • 227 पटक पढिएको

राजेन्द्र महतो

लहान । सिरहा को लहान नगरपालिका- १९गाढा बाट इलाका प्रहरी कार्यालय लहान ले लागुऔषधसहित दुईजनालाई पक्राउ गरेका छन्।

 

इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीटोलीले लहाननगरपालिका- १९ गाढाको आँप बगैचाबाटचेकजाँचगर्ने क्रममा पक्राउ गरेको हो।

 

पक्राउ पर्नेमा लहान नगरपालिका -३ का २६ वर्षीय प्रवीण कुमार यादव र सोही नगरपालिका -८ का २९ वर्षीय अर्जुन कुमार महतो रहेको प्रहरीले बताएको छ।

 

पक्राउ परेका यादव स७प९३९१ नम्बरको मोटरसाइकल चलाउँदै आइरहेको थियो भने अर्को महतो मोटरसाइकल को पछाडी बसेर ५ लिटरको प्लाष्टिक ग्यालिनमा लागुऔषध बोकेका थिए।   

 

यादव र महतो लाई इलाका प्रहरी कार्यालय लहान मा राखिएको छ। उनीहरुको साथमा रहेको मोटरसाइकल तथा ३ थान मोबाइल पनि नियन्त्रण मा लिएको जिल्ला प्रहरी कार्यालय सिरहा का प्रहरी प्रवक्ता तथा डिएसपी माधवराज खरेलले बताएका छन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

नेपाली कांग्रेस क्षेत्र नम्बर २ सिरहाका समितिले मनाए विपी स्मृती दिवस

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / नेपाली कांग्रेस  क्षेत्र नम्बर २ सिरहाका समितिले ३७ औं विपी स्मृती दिव

सुखीपुरका व्यवसायीहरु पनि भीसीटीएसको बिरोधमा उत्रिए

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सरकारले ल्याएको ऐन, नियम र कानून तथा प्रावधानहरु अव्यवहारिक भएको भन्दै सिर

बरियारपट्टी गाउँपालिकाको बजेट ४१ करोड ३४ लाख

रोयाण्टर मण्डल / कृष्ण मोहन चौधरी / हरिपति लाल कर्ण / विपी भुवन  सुखीपुर (सिरहा) /   ‘कृषि , शिक्षा, पु


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६