श्रीमान विदेशमा पर पुरुषसगँ आफनो यौन ईच्छा पुरा गर्ने क्रममा रंगेहात पक्राउ

  • प्रकाशित मितिः बैशाख 17, 2076
  • रोयाण्टर मण्डल
  • 1012 पटक पढिएको

रोयाण्टर मण्डल
सुखीपुर (सिरहा) / धन कमाउन श्रीमान विदेशमा विदेश छन । श्रीमतीहरु गाउँमा मस्ती गर्छन । श्रीमान विदेश गएपछि गाउँबाट बजार झर्ने, बजारबाट शहर छिर्ने श्रीमती संख्या प्रसस्त छ । सिरहा स्वास्थ्य चौकी सुखीपुरको एक तथ्यांकले भन्छ श्रीमान विदेश गएका श्रीमतीहरु पनि अस्थायी साधन प्रयोग गर्छन । लुकीछिपी हुने अवैध सम्बन्धहरु सार्वजनिक हुँदैनन । सार्वजनिक भएका यस्ता थोरै मात्र सम्बन्धहरु छन् जसले समाजको वास्तविकता उदांगो पारेको छ । पछिल्लो पटक सिरहाको सुखीपुरको एउटा घटना सार्वजनिक भयो जसले कतिसम्मको अवैध सम्पन्न स्थापीत गर्न लालायित छन भन्ने चरितार्थ गर्दछ ।

 

सुखीपुर नगरपालिका वडा नम्बर १० मा श्रीमान विदेशमा रहेका श्रीमती घरमै बोलाई पर पुरुषसगँ आफनो यौन ईच्छा पुरा गर्ने क्रममा रंगेहार्ते पक्राउ परेको छ । समाजिक संजाल ईमोबाट प्रेम भएको सिरहा जिल्ला सुखीपुर नगरपालिका–१० का दिलिप कुमार महतो रहेका सोही ठाउँ बस्ने विदेश श्रीमान भएकी एक महिलासँगै समातिए पछि रहस्य खुलेको छ ।

 

आफनो यौन ईच्छा पुरा गर्न महतोलाई शनिवार राती १२ बजे आफु सुत्ने कोठामा बोलाएर घरभित्र अनैतिक कार्य गर्न लागेको बेला स्थानीय युवाले समातेका थिए । समातेर गाउँलाई बुझाए ।गाउँवासीले  प्रहरीलाई खबर गरी राती नै प्रहरीको जिम्मा लगाएको स्थानीयवासीहरुले बताउनुभयो । केटा र महिलाको पहिले देखि अभद्र व्यवहार रहेको स्थानीयहरुको आरोप छ ।

 

पक्राउ परेका युवक अविबाहित रहेको छ भने तीन छोरा छोरी (२ छोरा १ छोरी ) का आमा रहेको महिलाले यस्ता घिन लागदा कार्य गरेकोले यस्ता कार्यलाई रोकनका लागि चेतनामुलक कार्यहरु गर्नु पर्ने र यस्तालाई हदै सम्म कानुनी कर्वाही गर्न सम्बन्धित निकायसँग गाउँका वुढापाकाहरुले आग्रह गरे ।

 

आरोपितलाई ईलाका प्रहरी कार्यालय पतारीमा आईतवार बिहान १२ ः१५ बजे अनुसन्धानका लागि पठाएको ईलाका प्रहरी कार्यालय सुखीपुरका सई सिकीन्द्र साहले जानकारी दिए ।


महिलाका अनुसार आफुलाई फोन गरे आउछु भनेपछि आफुले नआउन भनेता पनि जबरजस्ती आयो । यता आफुलाई बोलाए पछि आएको महतो बताए ।

( यस अनलाईनमा प्रकाशित / प्रसारित समाचार लेख रचनालाई “साभार : मधेश स्पेशल डटकम उल्लेख गरिदिनुहुन अनुरोध गर्दछौं । र, प्रकाशित/प्रसारित सामग्रीको जानकारी यस madheshspecial@gmail.com लिंक पठाइदिन पनि अनुरोध गर्दछौं ।)

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

‘‘ राम बहादुर महतोको सम्झना ’’ अभिभावक खोज्दै सुखीपुरका गरिब दलित

रोयाण्टर मण्डल गजेन्द्र बाबुको पला देखि नै मधेशबादको पक्षमा लडि रहने जिल्लाको मात्रै होईन देशभरकै पार्ट

सुखीपुरमा ट्रक दुर्घटना , सह चालक घाईते

राेयाण्टर मण्डल सुखीपुर (सिरहा) / जिराेमाईलबाट कुशहा आउदै गरेकाे  BR210G913 नम्वरकाे माल बाहक ट्रक  दुर्घटना

स्वर्गिय युवा नेता राम बहादुर महताेकाे श्रद्धाञ्जलीमा बृहत् निःशुल्क स्वास्थ्य शिविर

राेयाण्टर मण्डल सिरहा । गरिब, असाहय बिरामीहरूलाई लक्षित गर्दै सिरहाकाे सुखीपुरमा सुखीपुर बचाउ संघर्ष स


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६