फोरम नेपाल प्रदेश नम्वर २कोअध्यक्ष मा बिजय यादव निर्वाचित भए

  • प्रकाशित मितिः बैशाख 17, 2076
  • मधेश स्पेशल
  • 280 पटक पढिएको

राजेन्द्र महतो

लहान । संघीय समाजवादी फोरम नेपालको प्रदेश न- २ मा अध्यक्ष पदको लागि कडा प्रतिस्पर्धा को बीच बिजय यादव निर्वाचित भएका छ्न।

 

आइतबार शुरु भएको प्रदेश अधिवेशनमा सर्वसम्मति नहुँदा यादब सोमवार अबेर राति सम्पन्न अधिवेशनबाट यादव प्रदेश अध्यक्षमा निर्वाचित भएका हुन् । उनले १ सय ८४ मत ल्याएर निर्वाचित हुन सफल भएका छन् ।

 

उनका निकटम प्रतिद्धन्द्धी रेणु यादवले १ सय ४७ मत ल्याएकी थिइन् । प्रदेश समितिको निर्वाचनमा ४ सय ५ जना मतदाता रहेका थिए । निर्वाचित यादव केन्द्रीय कोषाध्यक्ष हुन् भने हाल उनी प्रदेश २ आर्थिक मामिलामन्त्री हुन् । प्रतिद्धन्द्धी रेणु यादव पार्टीका केन्द्रीय उपाध्यक्ष हुन् । रेणु यादव यसअघि प्रदेशका अध्यक्ष थिइन् ।उनी पार्टीका केन्द्रीय उपाध्यक्ष हुन । अध्यक्षका लागि साँसद अशोक यादबले पनि उम्मेदवारी दिएका थिए । अशोक यादव प्रदेशसभाका सदस्य हुन् भने पार्टी प्रदेश समितिका सदस्य पनि हुन् ।

 

तीनजनाको बीचमा चुनाव भएपनि रेणु यादव र विजय यादवको बीचमा कडा प्रतिस्पर्धा रहेको थियो । नयाँ विधान अनुसार प्रदेशको ५१ सदस्यीय समिति मध्ये ४१ जनाका लागि निर्वाचन भएको थियो ।

 

निर्वाचन समितिका अनुसार २ सय जनाले प्रदेश सदस्यमा उम्मेदवारी दर्ता गराएका थिए । अध्यक्ष र सदस्यको निर्वाचन भएपछि समितिले गर्ने समेतबाट तीन जना उपाध्यक्ष , एकजना महासचिव, एक जना सचिव र एक जना कोषाध्यक्षसहितका १० पदाधिकारी मनोनित गरिनेछ ।

 

निर्वाचित यादबलाई भव्य स्वागत गरिएको छ । मुख्यमन्त्री लालबाबु राउतले पनि बधाई तथा कार्यकाल सफलताको शुभकामना यादव लाइ दिएका छन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

नेपाली कांग्रेस क्षेत्र नम्बर २ सिरहाका समितिले मनाए विपी स्मृती दिवस

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / नेपाली कांग्रेस  क्षेत्र नम्बर २ सिरहाका समितिले ३७ औं विपी स्मृती दिव

सुखीपुरका व्यवसायीहरु पनि भीसीटीएसको बिरोधमा उत्रिए

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सरकारले ल्याएको ऐन, नियम र कानून तथा प्रावधानहरु अव्यवहारिक भएको भन्दै सिर

बरियारपट्टी गाउँपालिकाको बजेट ४१ करोड ३४ लाख

रोयाण्टर मण्डल / कृष्ण मोहन चौधरी / हरिपति लाल कर्ण / विपी भुवन  सुखीपुर (सिरहा) /   ‘कृषि , शिक्षा, पु


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६