अपराधिक घटना तथा लुटपाट मुद्दामा फरार एक अभियुक्त लागु औषधसहित पक्राउ

  • प्रकाशित मितिः बैशाख 14, 2076
  • मधेश स्पेशल
  • 84 पटक पढिएको

राजेन्द्र महतो

लहान / विभिन्न अपराधिक क्रियाकलाप तथा लुटपाट मुद्दा मा फरार रहेका एक अभियुक्त लाई सिरहा प्रहरी तथा प्रदेश प्रहरी ले आज शनिबार लागु औषधसहित पक्राउ गरेको छ ।

 

जिल्ला प्रहरी कार्यालय सिरहा तथा प्रदेश प्रहरी को संयुक्त रुपमा खटिएको प्रहरी टोलीले सिराहा नगरपालिका- १७ माडर टोलबाट सिरहाको मिर चैया नगरपालिका -१० बस्ने २२बर्षीय रबिन्द्र यादव लाई लागू औषध सहित पक्राउ गरेको हो ।

 

पक्राउ गरेका यादव को साथबाट नाईट्रोसन -८०चक्की एसपीएस पालकन -१६चक्की, नाईट्रोभेट -२४५चक्की ,प्याभुस एसपास प्लस -३२ चक्की र चाक्कु -१ थान सहित लागु औषध बरामद् भएको जिल्ला प्रहरी कार्यालय सिरहा का प्रहरी नायब उपरिक्षक माधब खरेलले बताएका छन ।

 

पक्राउ परेका यादव केही महिना अगाडि मिरचैया कल्याणपुर सडक मा भएको लुटपाटमा सग्लन रहेको र केहि ब्यक्ति लाई फोन गरेर ज्यान मार्ने धम्की समेत दिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। यादव लाई जिल्ला अदालत बाट म्याद थपगरी बिशेष अनुसन्धान भइरहेको प्रहरी ले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

नेपाली कांग्रेस क्षेत्र नम्बर २ सिरहाका समितिले मनाए विपी स्मृती दिवस

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / नेपाली कांग्रेस  क्षेत्र नम्बर २ सिरहाका समितिले ३७ औं विपी स्मृती दिव

सुखीपुरका व्यवसायीहरु पनि भीसीटीएसको बिरोधमा उत्रिए

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सरकारले ल्याएको ऐन, नियम र कानून तथा प्रावधानहरु अव्यवहारिक भएको भन्दै सिर

बरियारपट्टी गाउँपालिकाको बजेट ४१ करोड ३४ लाख

रोयाण्टर मण्डल / कृष्ण मोहन चौधरी / हरिपति लाल कर्ण / विपी भुवन  सुखीपुर (सिरहा) /   ‘कृषि , शिक्षा, पु


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६