तथ्यांकमा काेराेना भाइरस - COVID - 19

नागरिकताकाे सिफारिस नपाएपछि आत्महत्या

  • प्रकाशित मितिः बैशाख 14, 2076
  • मधेश स्पेशल
  • 637 पटक पढिएको

विराटनगर : सुनसरीको दुहवी नगरपालिका ३ का वडाध्यक्षले नागरिकताको सिफारिस नगरेपछि स्थानीय एक युवकले आत्महत्या गरेका छन् ।

 

वडाध्यक्ष माधव बहादुर भण्डारीले नागरिकताका लागि सिफारिस नदिएपछि २२ वर्षीय हरि मण्डलले आत्महत्या गरेका हुन् । वैशाख ९ गते अन्तिम पटक आमा गीतादेवीलाई लिएर मण्डल सिफारिसका लागि वडा कार्यालय पुगेका थिए । आवश्यक कागजात नपुगेपछि सिफारिस नगरेको वडाध्यक्ष भण्डारीको भनाई छ।

 

सिफारिस नपाएर निरास हुँदै घर फर्केका मण्डल आत्महत्या गरेको प्रहरीले जनाएको छ । वडाध्यक्ष भण्डारीले छोरासंग रुखो व्यवहार गरेपछि आत्महत्या गरेको आमा गितादेवीले बताएकी छन् ।

 

आत्महत्या गरेका मण्डल तीन पुस्तादेखि बुवा ध्रुव मण्डलसहित दुहवीमा बस्दै आएका थिए । ध्रुवका जेठा छोरा प्रमोदले भने २०६३ सालको टोलीमै जन्मसिद्धको नागरिकता बनाइसकेका छन् । सभार - लाईभ मधेश

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

 सुखीपुरमा पनि शनिदेब महाराजको जन्म जयन्ती

ओम प्रकाश गुप्ता सुखीपुर । सिरहाको सुखीपुर नगरपालिका वडा नम्बर ८ स्थित रहेकाे गागैन खोलाको छेउमा शनिदेब

अखंण्ड सा‌ैभाग्य लागि वरसाईत पर्व मनायाे

शिव कुमार शाह लहान ।  आज  मिथलामा महिलाहरु आ- आफनाे  श्रीमानकाे दिर्घायूकाे लागि अखंण्ड साैभाग्य साव

नेपालमा कोरोना भाईरसबाट संक्रमित हुनेको संख्या पुग्यो २६७

इटहरी/ उदयपुर, पर्सा, दाङ र काठमाण्डौका थप नौ जनामा कोरोना संक्रमण देखिएसँगै नेपालमा कोरोना भाईरसबाट सं


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2020 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६