साप्टी लिएको तीन हजार रुपैयाँ फिर्ता गर्न नसकेपछि हत्या साप्टी लिएको तीन हजार रुपैयाँ फिर्ता गर्न नसकेपछि हत्या

  • प्रकाशित मितिः बैशाख 12, 2076
  • रोयाण्टर मण्डल
  • 244 पटक पढिएको

रोयाण्टर मण्डल


सुखीपुर (सिरहा) / एक चिया पसलेको हत्या गरेको आरोपमा ज्ञानबहादुर थापा मगरलाई प्रहरीले पक्राउ गरेको छ ।

 

सिरहाको लहान नगरपालिका– ९ गोठटोलका ६९ बर्षीय रतन बहादुर तामाङको हत्या आरोपमा सप्तरीको राजविराज नगरपालिका ३ निवासी ५५ बर्षीय ज्ञानबहादुर थापा मगरलाई धनगढीमाई नगरपालिका– १० बाट पक्राउगरी आज बिहीवार पत्रकार सम्मेलनगरी सार्वजानिक गरेको हो ।


जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरिक्षक जीवनकुमार श्रेष्ठका अनुसार तामाङको शब गत शनिवार लहान नगरपालिका– १७ स्थित गोबिन्दपुर गढी स्थानको किनारमा मृत फेला परेको थियो ।
प्रहरी उपरिक्षक श्रेष्ठका अनुसार तामाङले ४ हजार ५ सय रुपैयाँ मगरसगँ सापटी लिएकोमा ३ हजार फिर्ता नदिएकोले एकान्तमा लगेर धारिलो हतियार प्रहार गरी हत्या गरेको खुलेको छ । मगरलाई आज कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गरी थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय लहानमा राखिएको छ ।

 

( यस अनलाईनमा प्रकाशित / प्रसारित समाचार लेख रचनालाई “साभार : मधेश स्पेशल डटकम उल्लेख गरिदिनुहुन अनुरोध गर्दछौं । र, प्रकाशित/प्रसारित सामग्रीको जानकारी यस madheshspecial@gmail.com लिंक पठाइदिन पनि अनुरोध गर्दछौं ।)

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

सुखीपुरमा निः शुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न

रोयाण्टर मण्डलसिरहा / गरिब, असाहय बिरामीहरूलाई लक्षित गर्दै सिरहाको सुखीपुर नगरपाकिला वडा नम्बर १० स्थित

सुखीपुर बजारमा ब्यापार घटे पनि बजारको शाख जोगाउनु पर्ने : सरोकारबला

रोयाण्टर मण्डल सुखीपुर (सिरहा) / सिरहा जिल्लाकै सबभन्दा पुरानो बजार सुखीपुर बजारमा ब्यापार घटे पनि बजारको

सांसद साहको रिहाईको माग गर्दै लाहानमा चक्काजाम

मनोज बनैता लाहान । सत्तारुढ दल राष्ट्रिय जनता पार्टी नेपाल सिरहाले सांसद प्रमोद साहको रिहाईको माग गर्दै


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६