वाह रे राजनीतिक असल कार्य गर्नेलाई मनोबल कमजोर गर्दै गाउँघरमा राज्य मन्त्री मण्डलको गुणगान हुदै

  • प्रकाशित मितिः बैशाख 12, 2076
  • मधेश स्पेशल
  • 536 पटक पढिएको

जनकपुरधाम / प्रदेश नं. २ का उद्योग पर्यटन वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले डोम समुदायकी गरिबकी छोरीलाई विहे गराईदिँदा राजनीतिकरण भएको गुनासो पोखेका छन् ।

सिरहाको कल्याणपुर नगरपालिका वडा नं. ३ परसाही गाउँका कुशे मल्लिक डोमकी छोरी राधा मल्लिकको राज्यमन्त्री मण्डलले विहे खर्च तिरेर आदर्श विवाह गराईदिएपछि त्यसैलाई बालविवाहको मुद्दा बनाएर राजनीतिकरण गरिएको गुनासो मन्त्री मण्डलले गरेका छन् ।

राज्यमन्त्री मण्डलले न्यूज ब्यूरोसँग भने,( ’किशोरीको उमेर पुगेको छ, समाजबाट बालविवाहलाई परास्त गर्ने अभियानमा जुटेका हामी यस्तो कसरी गर्न सक्छौं र ? सोच्नुपर्ने कुरो हो, मैले एउटा समाजिकता र सहयोगको भावले सहयोगी भूमिका निभाए, समाजमा विद्यमान रहेको छुवाछूत तथा भेदभाव अन्त्य गर्न मेरो प्रयास उदाहरणीय होस् भनेर कदम बढाए । तर, केहीले ब्यक्तिगत्त तथा अन्य रिसइवीले व्यक्तित्व विगार्न बालविवाह भनेर हल्ला फिजाए ।’

घरपरिवारको आर्थिक अवस्था अत्यन्त दयनीय भएकाले राज्यमन्त्री मण्डल स्वयम अविभावक बनेर समेत जन्तीहरुलाई स्वागत गरे । गरिबीको रेखामुनी किचिएका एक डोम परिवारमा राज्यमन्त्री मण्डलले खुसियाली ल्याइदिए ।
तराई मधेस सहित देशकै विभिन्न ठाउँमा अहिले पनि छुवाछूत कायमै रहेकाले यसलाई जरैदेखि उखेल्न आफूले यस्तो भूमिका निर्वाह गरेको उनले बताए ।

विभिन्न सँचारमाध्यममा विभिन्न राजनैतिक दलका प्रतिनीधिहरुले त्यही विवाहलाई मुद्दा बनाएर मन्त्री मण्डलले बाल विवाह गराएर कसुर गरेको प्रतिक्रिया दिएका छन् ।

मन्त्री मण्डलले यस सन्दर्भमा बोल्दै समाजिक र मानवताको धर्म निर्वाह गर्दा पनि यसै समाजले राजनीतिकरण गरेर हटाउन खोजेको दुखेसो पोखे । उनले यस्तोमा ती अल्पसँख्यक, सीमान्तकृत, दलित र उत्पीडनमा परेका समुदायले राज्यको मूलधारमा आउन सक्ने स्थिति नरहने जनाए ।

उनले भर्खरै वैवाहिक बन्धनमा बाँधिएकी राधा मल्लिक २० वर्ष पुरा गरी लगभग २१ वर्षकी भएकी दाबी गरेका छन् । उनले राधाको आदर्श विवाह गराएर आफ्नो मानवताको धर्म निर्वाह गरेको प्रतिक्रिया दिएका छन् । (सभारः– न्यूज ब्यूरो )

 

डोमकी छोरीलाई आफनो तलबको रकमले बिहे मात्रै गराएन् छोरी सरह मन्त्री मण्डलले गरे विदाई

 
 

 

रोयाण्टर मण्डल 
सिरहा / मन्त्री जनताको नाममा आएको रकम खाएको क्यौ समाचारहरु तपाईहरु पढनु भएको होला तर २ नम्बर प्रदेशका राज्य मन्त्रीले आफनो तलबबाट आएको रकमले डोम समुदायकी छोरीलाई बिहेमा खर्चगरी छोरी सरह विदाई गरेको सुन्दा तपाईलाई हिन्दी फिल्मको कहानी जस्तो लागेको होला तर होईन यर्थात हो ।


प्रदेश २ का उद्योग पर्यटन, वन तथा बाताबरण राज्यमन्त्री सुरेश मण्डलले डोम समुदायका एक छोरीको विवाहको सम्पूर्ण खर्च दिएको मात्रै होईन बिहेमा सहभागी भएर छोरी सरह विदाई गरेको छ । मन्त्री मण्डल सिरहाको कल्याणपुर नगरपालिका ३ प्रसाही गाउँका कुशे मल्लिक डोमकी छोरी राधा मल्लिकको मंगलबार विवाह गराए पछि अर्शिबाद दिएर बिदाई गर्नुभएको छ ।


कुशे डोमको घरपरिवारको आर्थिक अवस्था एकदमै कमजोर रहेकोले छोरीको बिहेको लागि बेचैन हुने गरेको खबर पाएपछि मन्त्री मण्डलले उनको घरमै पुगि विहेका सम्पूर्ण खर्च तिर्ने बचन दिएपछि । कुशे खुशि हुदै आफन्तको सहयोगमा छोरीको लागि बेहुला खोजपछि तय भयो मिति । तय भएपछि मन्त्री मण्डलले तय भएकै मिति भन्दा पहिले देखि छोरी बिहेमा लागने सम्पूर्ण समान देखि रिति रिबाजमा समेत समय दिनुभयो । दिनमा मात्रै होईन बिहे भएको रातीमा छोरी सरह मानेर सहभागी हुदै अर्शिवाद दिएर बिहान बिदाई गर्नुभयो ।


मण्डलले त्यति मात्रै होई जनतालाई दुख परेको बेला आफनै तलबबाट सहयोग गर्ने गरेका छन् । केही दिन पहिले बारामा हुरीबतासले ताण्डब मचाएपछि दुखित भएका जनताहरुलाई आफनो एक महिनाको तलबको रकम राहतमा दिनुभयो ।


उहाँले आफनो जन्म दिनमा भोज भतेर गर्नुको साट्टो विरुवा रोपेर बनाउने गरेका छन् । यस्ता कार्यहरुले वहाँलाई अहिले जन नेताको रुपमा उपाधी जनताहरुले दिन थालेका छन् । आफनो निर्वाचन क्षेत्रमा प्रत्येक महिना आएर जनताको घर घरमा गएर कुराकानी गर्दै जनताको दुखेसो सहयोग गर्दै आउनुभएकोमा उहाँ चर्चाहरु गाउँ गाउँ हुन थालेको छ । जातीय भेदभाव अन्त करु नारा सहित राजापा नेपाल वडा समितिको आयोजना मंगलवार धुमधामका साथ बिबाह सम्पन्न भयो ।


गाउँ घरमा अहिले पनि डोम समुदाययसँग छुवाछूत कायमै रहेको छ । यस्तो कार्य राम्रो होईन मानव भएर छुवाछुत गर्नु पर्दैन राम्रो काम पनि होईन तर पनि कतिले छुवाछुत गरि रहेको छ । यस्ता कार्य हटाउनका लागि मेरो प्रयास हरदम रहने र जनता दुखमा आफुले सक्दो सहयोग गर्न पाउँदा आफु खुशी हुने गरेको मन्त्री मण्डलले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

निःशुल्क एसइइ परीक्षा तयारी कक्षा समापन

रोयाण्टर मण्डल सिरहा / सुखीपुर संचालित १५ दिने निःशुल्क एसइइ परीक्षा तयारी कक्षा समापन गरिएको छ । नगर सुध

 सुखीपुर उद्योग ब्यपार समितिको निर्वाचन सम्पन्न

रोयाण्टर मण्डल /  विन्दे यादव सुखीपुर / सुखीपुर उद्योग ब्यपार समितिको नयाँ कार्यसमितीका लागि निर्वाचन स

सुखीपुर व्यापार समिति का चुनाव आज राजनीति उफान पर

रोयाण्टर मण्डल / हरिपति लाल कर्ण सुखीपुर (सिरहा) / सुखीपुर की सबसे बड़ी व्यापारिक संस्था सुखीपुर उधोग व्याप


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६