बालविवाह भन्दै प्रहरीद्धारा ५ जना पक्राउ

  • प्रकाशित मितिः बैशाख 12, 2076
  • मधेश स्पेशल
  • 249 पटक पढिएको

राजेन्द्र महतो

लहान। सिरहाको ५० वर्षिय बेहुलाले१९वर्षिय किशोरीसंग जनकपुरधामको रामजानकी मन्दिरमा विहेगर्न खोज्दा प्रहरीले मण्डपबाटै ५ जना लाइ पक्राउ गरेको छ। । किशोरीसंग बिहे हुन लागेको अवस्थामा प्रहरीले बालविवाह भन्दै पक्राउ गरेको हो। सिरहाको बरियारपट्टि गाउँपालिका- ५ हरिपुरका ५० वर्षीय जिबेन्द्र नारायण यादवले सिराहाकै औरही गाउँपालिका -३ का हरी नारायण यादवकी १९ वर्षीय छोरी विभा कुमारी यादवसँग बिहे गर्न लागेका थिए । वाल विवाह भइरहेको खबर पाउने वितिकै प्रहरी पठाएर रोक्न लगाएको डिएसपी रामेश्वर कार्कीले बताएका छ्न। विवाह बुधवार साँझ भइरहेको बेला नै प्रहरी पुगेर विवाह रोकेर बेहुलीका बुवा, ठूलो बुवा, दाजु र बेहुला पक्षका दुई जना गरी कुल ५ जनालाई मण्डपबाटै पक्राउ गरेको छ । । तर आज उनीहरूले कानूनको उल्लङ्घन नगर्ने कागज गरेपछि प्रहरीले तारेखमा रिहा गरेको छ । मुलुकी अपराध (संहिता) ऐन २०७४ को विवाह सम्बन्धी कसूर अन्तर्गत विवाह गर्ने व्यक्तिको उमेर बीस वर्ष पुगेको हुनुपर्छ । तर उमेर बेहुलीको १९ वर्ष मात्र रहेका कारण विवाह रोकिएको प्रहरीको भनाई छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

निःशुल्क एसइइ परीक्षा तयारी कक्षा समापन

रोयाण्टर मण्डल सिरहा / सुखीपुर संचालित १५ दिने निःशुल्क एसइइ परीक्षा तयारी कक्षा समापन गरिएको छ । नगर सुध

 सुखीपुर उद्योग ब्यपार समितिको निर्वाचन सम्पन्न

रोयाण्टर मण्डल /  विन्दे यादव सुखीपुर / सुखीपुर उद्योग ब्यपार समितिको नयाँ कार्यसमितीका लागि निर्वाचन स

सुखीपुर व्यापार समिति का चुनाव आज राजनीति उफान पर

रोयाण्टर मण्डल / हरिपति लाल कर्ण सुखीपुर (सिरहा) / सुखीपुर की सबसे बड़ी व्यापारिक संस्था सुखीपुर उधोग व्याप


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६