सुखीपुरको लाल इण्डोनेशियामा तहलका मचाउदै आफनो कलाको प्रदर्शनी गर्दै इण्डोनेशियामा नेपाली कलाको प्रदर्शनी

  • प्रकाशित मितिः बैशाख 12, 2076
  • रोयाण्टर मण्डल
  • 835 पटक पढिएको

रोयाण्टर मण्डल
सुखीपुर (सिरहा) / सिरहा जिल्ला सुखीपुर नगरपालिका वडा नम्बर २ का बस्ने श्यामसुन्दर यादवले इण्डोनेशियाको विना ग्यालरीमा कला प्रदर्शन गर्दै गरेकोले सुखीपुर नगरको नाम उच्च गरेको छ ।
वुवा पशुपाल यादब र आमा तारा देवी यादबको दोस्रो पुत्र (मैथिलीमा लाल) को रुपमा जन्म लिनुभएको यादब देश विदेशमा आफनो कला प्रदर्शन गरेर आफनो घर परिवारको मात्रै होईनन् सुखीपुर नगरपालिकाको पनि गौरव बढाएको छ ।


वहाँले विदेशमा आफनो कला प्रदर्शन गर्ने क्रममा आफनो जन्मभूमी सुखीपुरको सिर्जन गरेको आर्ट समेत प्रदर्शन गर्नुहुन्छ । त्यति मात्रै होईन विदेशी कलाकारहरुलाई ला सिर्जना गर्न र प्रदर्शन गर्न सुखीपुरमा समेत हरेक वर्ष वहाँले ल्याउनुहुन्छ । यहाँको रितिरिवाज र रहनसहनका बारेमा आर्ट सिर्जन गारउन र प्रदर्शन गर्न वहाँ मुख्य स्रोत बन्नुहुन्छ । वहाँले दर्जनो देशमा पुगी मिथिला आर्ट कला सिर्जना प्रदर्शन गर्ने र विक्री वितरण गर्दै देश विदेशमा सुखीपुरको नाम उच्च गरि राख्नु भएको गरेको छ ।
यति बेला इण्डोनेशियाको बालीस्थित उबुदमा यतिबेला चार जना नेपाली कलाकारहरु पुगेका छन् । उबुदको अगुङ राई म्युजियम अफ आर्ट ‘आरमा’ मा पुगेका चार जना कलाकारहरु श्यामसुन्दर यादव हुनुहुन्छ र विभुषण ताम्राकार, जया शर्मा र अनिता भट्टराईका कला सिर्जना प्रदर्शन भईरहेका छन् । साथमा उनीहरु आफुसँग लिएर गएका सहित १७ जना नेपाली कलाकार र तीन जना इण्डोनेशियन कलाकारहरु गरी कुल २१ जना कलाकारहरुको तीन दर्जनभन्दा बढि कला सिर्जनाहरुको प्रदर्शनी भैरहेको छ ।

काठमाडौंको ठमेलस्थित मिथिला येँ आर्ट ग्यालरी तथा इण्डोनेशियाको विना ग्यालरीको संयुक्त आयोजनामा नेपाल तथा इण्डोनेशियाका कलाकारहरुको संयुक्त चित्रकला प्रदर्शनी भैरहेको हो । ‘टुगेदर’ शिर्षकमा सञ्चालन भैरहेको उक्त चित्रकला प्रदर्शनीमा प्रत्यक्ष सहभागी नेपालका कलाकारहरु मध्ये कलाकार श्यामसुन्दर यादवले पाँच थान आधुनिक मिथिला कला प्रदर्शन गरेका छन् भने कलाकार विभुषण ताम्राकारले लोपोन्मुख नेपाली गहनाका चित्र तथा बोतल भित्र सिन्काले बनाइएका सिंहदरबार र जानकी मन्दिरको आकृति प्रदर्शन गरिरहेका छन् । यसैगरी कलाकार जया शर्माले गणेशको डिजिटल आर्टका साथै मधेशको धार्मिक चलन र रहनसहन झल्किने पाँचवटा चित्र प्रदर्शनीमा राखेकी छिन् । कलाकार अनिता भट्टराईले दुईवटा प्रिन्ट कलामार्फत बुद्ध र हरिततारालाई प्रतिबिम्बित गरेकी छिन् ।

यसबाहेक कलाकार प्रकाश मानन्धरको भक्तपुर दरबार, कान्छाकाजी भसिमाको बौद्ध भिक्षुको चित्रले प्रदर्शनी अवलोकन गर्न पुगेकाहरुबाट प्रसंसा बटुलिरहेको छ । राकेश श्रेष्ठको कम्पोजिशन, प्रितम थापाको सगरमाथा, मञ्जु खड्काको तासको पत्तामा नारी बेदना, ज्योति खड्काको नारी सौन्दर्य, रसना बज्राचार्यको बाल मुहार, सुन्दर श्रेष्ठको गणेशलाई पौवामा उतार्नुअघि कोरिएको रेखा चित्र, विपना महर्जनको बुद्ध प्रिन्ट कला, किशोर नकर्मीको आधुनिक शैलीको बुद्ध, रेणु यादवको लोक मिथिला, रोशन प्रधानको टुँडालमा मानव आकृति, कविता प्रधानको छ्वाली कलाले पनि स्थानिय कला पारखीहरुको मन जितिरहेको छ । स्थानीय कलाकारहरुमा एन्टोनियस खोले इण्डोनेशियाको आदिवासी कला प्रदर्शन गरेका छन् भने केतुत जया र मेद सोमादिताले इण्डोनेशिया झल्कने आधुनिक कला प्रदर्शनीमा राखेका छन् ।


नेपालमा लोक, परम्परागत र आधुनिक कलाले अहिले स्थान एवं चर्चा पाइरहेको बताउँदै आयोजक यादवले ती तीनै किसिमको कलालाई उबुदको आरमामा प्रदर्शन गरिएको बताए । मिथिला, पौवा जस्ता परम्परागत र लोक एवं डिजिटल र क्रियटिभ आर्ट जस्ता आधुनिक कलालाई प्रदर्शनीमा राखिएको उनले बताए ।

केहिसमय यता मिथिला येँ ग्यालरी देश–विदेशका कलाकारहरुलाई एकत्रित गरी देश तथा विदेशका विभिन्न स्थानमा प्रदर्शनी एवं कला कार्यशालाको आयोजना गरिरहेकोछ । मिथिला येँले भारतको मध्य प्रदेशस्थित उज्जैन शहरमा केही समयअघि नेपाल, भारत, बंगालादेश, फ्रान्स, मेक्सिको, श्रीलंकालगायतका देशका कलाकारहरुसंग कार्यशाला एवं कला प्रदर्शनीको संयुक्त आयोजना गरेको थियो भने हालै सिरहाको सुखीपुरमा नेपाल लगायत मलेशिया, जापान र थाइल्याण्डका कलाकारहरुलाई सहभागी गराई दुई दिने कार्यशाला सम्पन्न गरेको थियो । यसरी स्वदेशी र विदेशी कलाकारहरुबीच सामञ्जस्य गरी कला कार्यशाला र प्रदर्शनी गर्दा नेपाली कला र कलाकारलाई विश्वमाझ चिनाउन सहयोग पुग्ने मिथिला येँका सञ्चालक यादव बताउँछन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

‘‘ राम बहादुर महतोको सम्झना ’’ अभिभावक खोज्दै सुखीपुरका गरिब दलित

रोयाण्टर मण्डल गजेन्द्र बाबुको पला देखि नै मधेशबादको पक्षमा लडि रहने जिल्लाको मात्रै होईन देशभरकै पार्ट

सुखीपुरमा ट्रक दुर्घटना , सह चालक घाईते

राेयाण्टर मण्डल सुखीपुर (सिरहा) / जिराेमाईलबाट कुशहा आउदै गरेकाे  BR210G913 नम्वरकाे माल बाहक ट्रक  दुर्घटना

स्वर्गिय युवा नेता राम बहादुर महताेकाे श्रद्धाञ्जलीमा बृहत् निःशुल्क स्वास्थ्य शिविर

राेयाण्टर मण्डल सिरहा । गरिब, असाहय बिरामीहरूलाई लक्षित गर्दै सिरहाकाे सुखीपुरमा सुखीपुर बचाउ संघर्ष स


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६