फोरम नेपालको सुखीपुर नगरपालिकाको नगर अध्यक्षमा महतो निर्वाचित

  • प्रकाशित मितिः बैशाख 6, 2076
  • रोयाण्टर मण्डल
  • 472 पटक पढिएको

रोयाण्टर मण्डल
सुखीपुर (सिरहा) / संघीय समाजवादी फोरम नेपालको सुखीपुर नगरपालिकाको नगर अध्यक्षमा जगदिश महतो निर्वाचित भएका छन् ।


सुखीपुरमा आज शुक्तवार भएको निर्वाचनमा प्रतिद्वन्द्वी हरेराम यादबलाई २६ मतको मतान्तरले पराजित गर्दै महतो अध्यक्षमा निर्वाचित भएका हुन् ।


नगर अध्यक्षका लागि जगदिश महतो र हरेराम यादब बिच सहमति जुट्न नसकेपछि निर्वाचन गरिएको थियो । निर्वाचनमा महतोले ८१ मत पाएको छ भने यादबले ५५ मत प्राप्त गरेको छ ।
प्रदेश प्रतिनिधीका लागि पुरुष तर्फ भएको चुनावमा विन्देश्वर पजियारले ७३ मत प्राप्तगरी विजय भएका छन् भने प्रतिद्धन्दी जिवछ यादबले ५४ मत मात्र ल्याएर १९ मतले पराजित भएका छन् ।


त्यस्तै प्रदेश प्रतिनिधीका लागि महिला तर्फ आशा कुमारी ठाकुरले ८९ मत ल्याएर निर्वाचित भएकी छिन् भने प्रतिद्धन्दी मंजु देवी कामैतले ४१ मत प्राप्त गरेर ४८ मतको मतान्तरले पराजित भएको निर्वाचित अधिकृत राम औतार पासमानले बताउनुभयो ।


संघीय समाजवादी फोरम नेपालको सुखीपुर नगरपालिकाको नगर समितिमा २५ जना सदस्य छानिने निर्वाचन समितिका सदस्य हिरा यादवले जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

‘‘ राम बहादुर महतोको सम्झना ’’ अभिभावक खोज्दै सुखीपुरका गरिब दलित

रोयाण्टर मण्डल गजेन्द्र बाबुको पला देखि नै मधेशबादको पक्षमा लडि रहने जिल्लाको मात्रै होईन देशभरकै पार्ट

सुखीपुरमा ट्रक दुर्घटना , सह चालक घाईते

राेयाण्टर मण्डल सुखीपुर (सिरहा) / जिराेमाईलबाट कुशहा आउदै गरेकाे  BR210G913 नम्वरकाे माल बाहक ट्रक  दुर्घटना

स्वर्गिय युवा नेता राम बहादुर महताेकाे श्रद्धाञ्जलीमा बृहत् निःशुल्क स्वास्थ्य शिविर

राेयाण्टर मण्डल सिरहा । गरिब, असाहय बिरामीहरूलाई लक्षित गर्दै सिरहाकाे सुखीपुरमा सुखीपुर बचाउ संघर्ष स


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६