समाचार सम्प्रेषण गर्नुमा रहस्यमयी ढंगले योजनाबद्ध भएको आरोप

  • प्रकाशित मितिः बैशाख 5, 2076
  • रोयाण्टर मण्डल
  • 240 पटक पढिएको

रोयाण्टर मण्डल
सुखीपुर / सिरहा जिल्लाको सुखीपुर नगरपालिकाका उपमेयरको छोरा र श्रीमानले पदीय दुरुपयोग गर्दै दलित माथी कुटपिटको बारेमा केही दिन देखि अनलाइनहरुमा आएका समाचार प्रति उपमेयरका श्रीमान तथा भुपु गाविस कविलाशीका अध्यक्ष लक्ष्मण साहले पत्रकार समेलनगरी समाचार सम्प्रेषण गर्नुमा रहस्यमयी ढंगले योजनाबद्ध भएको जनाएको छ ।

पत्रकार समेलनमा साहले आफुहरु पदीय दुरुपयोग नगरेको आफु कुटपिट समेत नगरेको बताए । आफु एउटा कार्यक्रममा रहेको बेला बेचन दास तत्माले मोवाईलमा अप सब्द र कु ब्यबाहर गरेपछि घटना श्रृजना भयो । बेचनले फोनमा नानाथरीका कुरा गरेपछि म स मिलमा आउछु भने तिमी पनि त्यही आउ बसेर कुरा गरौला । म पनि स मिलमा आए उ पनि मिलमा आएर विभिन्न प्रकार उछिगल कुराहरु गर्न थालेपछि मेरो जेठो छोरा सँग भनाभन हुदै समान्य झगडामा परिणत हुन थालेपछि म नै झगडा नगर्न सल्लाह दिए र आफुले बसेको कुर्सीमा उलाई बसाए र सम्झाए पछि दुवै जनालाई शान्त पनि गराए तर उल्टै नभएको घटनालाई पनि रहस्यमयी ढंगले योजनाबद्ध गरेर पदलाई मानहानी गर्नेगरी आरोप र संचार माध्यममा समेत प्रकाशन गर्न लगाएको प्रति यस्ता कार्य रोक्न र पत्रकार साथीलाई समेत यस्ता समाचारहरुमा एक पक्षीय भनाई नराखी दुपक्षीय भनाई राख्दा समाचार असल हुने पत्रकार माथी जनताको विश्वास जागने बताउनुभयो ।

लक्ष्मण साहको भनाई जस्ताको त्यस्तै
२०७५ चैत २२ गते ९ गते तुलसीपुरको बाबा भन्ने ब्यक्तीलाई लिएर झ्याल र चौखत काठ लिने कुरा भयो । म पनि लिनु भने तर बनाउने मिस्त्रीको ज्याला दिनुपर्छ भनेपछि दुई पक्षीय कुरा भएर भयो । तत्माको पनि फर्निचर रहेकोले झ्याल आफनै मिस्त्रीसगँ बनाउन तत्माले भनेपछि मैले स्वीकार गरे । अर्डर अनुसार म आफनो मिलमा रहेको मिस्त्रीसगँ चौखत बनाई दिए । एउटा चौखटमा राम्रो काट नभएको गुनासो गरेपछि मैले अर्को काठ परिवर्तन गरेर पनि बनाए दिए । चैत २२ गते तत्माले फोन गरेर अर्डरको समान तयार भो भनेपछि मैले प्रश्नको जवाफमा भने भयो । त्यसपछि उलले पुनः भने झ्याल भयो मैले भने तिमी भन्यो म आफनै मिस्त्रीसँग बनाउछु मैले कसरी बनाउनु भनेपछि फोनमै नानाथरीका नराम्रो कुरा गरे आफुले पदीय मर्यदाको गरिमा बसेकोले सम्झाउन थाले तर उनले आफनो नराम्रा कुराहरु नरोक्दा मैले फोनमै भने तिमी आफनो बोलीलाई लगाम लगाउ जे मनमा आयो त बोल राम्रो हुदैन भन्दै मिलमा आएर कुरा गर भन्दै म फोन काटि दिए । म मिलमा पनि आए मेरो स मिलको पुर्व साईडमा राईस मिल रहेकोले म त्यहाँ बसेको बेला उ आएर छोरा सँग भनाभन गर्दै समान्य झगडा परिणत भएपछि अवाज सुनेर म त्यहाँ गएर शान्त गराए ।

तुलसीपुरको बाबा भन्ने ब्यक्तीलाई ल्याएको थियो र मसगँ तत्माले प्रति बन्ने समानमा ५ सयको दरले कमिशनमा कुरा गरेको थियो । मैले भनेको कुरा पुरा गर्थे तर यस्ता अप सब्द र कु ब्यबाहर गरेपछि म त्यो कमिशनको रुपैयाँ उलाई किन दिनु काठ लिने मान्छेलाई नै छुट गरिदिएको बताएका छन् ।

बेचन दास तत्माले पत्रकार समेलनमा बोलेका केही शब्दहरु


जिल्ला सिरहा सुखीपुर ८ को लक्ष्मण साह (उपमेयरको श्रीमान) तेली का ३५ वर्षिय छोरा अनिल कुमार साह र करिब ३२ वर्षिय कान्छो छोरा विभेश कुमार साहले स्थानिय बेचन दास तत्मा माथी सार्वजनिक स्थलमा हातपात गरेको छ ।


काठको बिबाद ले गर्दा म र उपमेयरका परिवार बिच केही दिनदेखी घम्साघम्सी चलेको थियो । फर्निचरको काम गर्ने लक्ष्मण साह तेलीले समयमा झ्याल ढोका बनाएर नदिएको कारणले आफु गुनासो गर्दा आफुलाई त्यसो भन्न कसरी आँट गरेको भन्दै बोलाएर कुटपिट गरे हो ।

 

“ मलाई चिन्दैनौ म को हु यस नगरपालिका को ? मेरो गुनासो गर्नु तिम्रो औकात छैन । “ उपमेयरको दुईटै छोराहरु र श्रीमान ले बेला बेला दादागिरी गरेपनि नेपाल प्रहरी मुकदर्शक बनेर बसेका छन । उल्टै उनैलाई संरक्षण दिन रहेको छ ।
स्थानीय ईलाका प्रहरी कार्यालय सुखीपुरमा निवेदन दिन गए तर त्यहाँको प्रहरी ईन्चार्जले निवेदन दर्ता गर्नुको सट्टा उपमेयर सङ्ग आर्थिक सेट्टिङ गर्न थाले । बारम्बार प्रहरीले बेवास्ता गरेपछी आफु पत्रकार सम्मेलन गरे ।
पत्रकार सम्मेलनमा “ यदि न्यायीक समिति कै अध्यक्षद्वारा नै अन्याय भोग्नु पर्यो भन्ने हामी जस्तो गरिब दलित आखिर न्यायको खोजीमा जाने कहाँ ?

यता, ईलाका प्रहरी कार्यालय सुखीपुर

Image may contain: Sikendra Sah, standing and outdoor

ईलाका प्रहरी कार्यालय सुखीपुरले आर्थिक चलखेलगरी आफनो निवेदन दर्ता नगरेको कुरा पत्रकार सम्मेलनमा दासले आरोप लगाएपछि ईलाका प्रहरी कार्यालय सुखीपुरका सई सिकेन्द्र साहलाई शोध्दा भने उहाँले भन्नुहुन्छ – तत्माले दिएको निवेदन यहाँ दर्ता हुदै यहाँ त निवेदन लिएर समब्य गराउने गछौ । निवेदन दर्ता गर्ने हाम्रो ईलाकाको अधिकार नभएकोले निवेदन दर्ता गराउन ईलाका प्रहरी कार्यालय पतारी जानु पर्छ । तत्माले प्रहरी माथी लगाएको आरोप निर्धार हो ।

तम्मा दिएको निवेदनको अधारमा दुवै पक्षलाई बुलाएर छलफलमा बसाए तर तत्मा आउन मानेन् ३ घण्टा पछि छलफलमा आयो र सबै जना तम्माकै गल्ती भनेपछि आफु नमान्ने भनेर छलफल छाडेर गए हालियो । अब के गरु निवेदन दर्ता गर्ने ठाउँमा जादैन जहाँ घटना भएको छ । त्यहाँ छलफल गर्न मान्दैन् उल्टै आरोप लगाउने गरेको छ ।

Image may contain: 3 people, including Manoj Banaita Yadav, selfie

तस्वीर– कृष्ण मोहन चौधरी

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

वरिष्ठ बालरोग विशेषज्ञ अग्रवालको निधन

विराटनगर/ वरिष्ठ बालरोग विशेषज्ञ डा. विमल अग्रवालको निधन भएको छ। विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा

प्रथम स्वर्णपदक विजेता यादव मुख्यमंत्रीद्वारा ५ लाख ११ हजारले पुरस्कृत

जनकपुरधाम/ मुख्यमन्त्री लालबाबु राउतले प्रथम स्वर्णपदक विजेता अजित कुमार यादवलाई आज पुरस्कृत गर्नुभएको

बिहेका लागि घर आएका प्रहरी जवान यादबको दुर्घटनामा मृत्यू

बर्दिया/ बर्दियामा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी जवानको मृत्यु भएको छ । गुलरिया नगरपालिका–१ खैराप


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६