उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व सम्पन्न

  • प्रकाशित मितिः चैत्र 29, 2075
  • रोयाण्टर मण्डल
  • 159 पटक पढिएको

राेयाण्टर मण्डल

सुखीपुर / सूर्यदेवको श्रद्धा भक्तिपूर्वक आराधना र पूजा गरी मनाइने चैती छठ पर्व आज शुक्रबार  बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि सम्पन्न भएको छ ।

चैत शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको पर्व बुधबारदेखि सुरु भएको थियो । चतुर्थीमा स्नान गरी चोखो खाएर बसिन्छ । यस दिनबाट छठ पर्व नसकिएसम्म व्रतालुले माछा, मासु, लसुन, कोदो, फापर, मुसुरो आदि नखाने विधि छ । कार्तिक शुक्ल सप्तमीका दिन अर्थात् आज बिहान उदाउँदो सूर्यलाई पूजासहित अघ्र्य दिएपछि यो पर्व सम्पन्न हुन्छ । मनोकाङ्क्षा पूरा हुने विश्वासमा महिलाले छठमा कठोर व्रत गर्ने गर्छन् ।

विशेषगरी सुखीपुरमा चैती छठ मनाइने मिथिला पर्व विसं २०७० देखि  सुखीपुरमा धुमधामका साथ मनाउन थालिएको हो । सुखीपुरकाे रामजानकी पाेखरीमा बिहान  उदाउँदो सूर्यलाई अघ्र्य दिई छठ सम्पन्न भयो । आजका दिन बिहान उदाउँदो सूर्यलाई दर्शन गर्न बिहान ४ बजेदेखि पाेखरीमा भक्तजनको भिड लागेको थियो । उदाउँदो सूर्यलाई गाईको दूध, फूल र जलले अघ्र्य दिएपछि छठ सम्पन्न हुने धार्मिक विधि छ । यसरी घाटमा गरिने पूजालाई भिन्सरघाट भनिन्छ । बिहानै घाटमा गरिने पूजा भएकाले भिन्सरघाट भनिएको हो । सूर्योदयकालमा अघ्र्य दिई सूर्यको दर्शन गरेपछि छठ पूजा सकिन्छ । सूर्यको दर्शन गर्दा भक्तहरु लुगासहित कम्मरसम्मको पानीमा डुबेर सूर्य दर्शन गर्ने विधि रहेको चैती छठ पर्वका सल्लाहकार डि.एन. यादवले जानकारी दिए । सूर्य पूजा र दर्शन गरी विवाहिता महिला पुरुषले पति पत्नीको दीर्घायु एवम् अविवाहिताले सुयोग्य वरवधु प्राप्तिको कामना गर्छन् ।

सन्तान प्राप्तिको कामनाले यो पर्व मनाउनेको सङ्ख्या पनि धेरै छ । यो चैती छठ महाेत्सव सुखीपुरका अध्यक्षमा महेश साह, उपाध्यक्षमा राेशन चाैधरी, काेषाध्यक्ष सन्तराम मण्डल , सचिव कृष्ण माेहन चाैधरी, सदस्यमा राेयाण्टर मण्डल, अाेम प्रकाश गुप्ता , रत्नेश चाैधरी, रुपेश महताे रहेकाे छ भने सल्लाहकारमा डिएन यादव, धर्मनाथ मण्डल र हरिपति लाल कर्ण रहेकाे छ  । सर्वप्रथम छठीमाताले सूर्यदेवलाई खुसी पारी यो पर्व मनाउन थालिएको धार्मिक विश्वास छ ।

महाभारतकालमा द्रोपदीसहित पाण्डवहरू अज्ञातवासमा रह“दा सफल होस् भनी सूर्यदेवलाई आराधना गरेका थिए । पाण्डवहरू मिथिलाको विराट् राजाका दरबारमा बसेका बेला गरेको सूर्य पूजाका प्रभावले अज्ञातवास सफल भएको विश्वासमा यो पर्व मनाउन सुरु गरिएको भन्ने भनाइ छ । सूर्य पुराणमा उल्लेख भएअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुआत भएको विश्वाससमेत गरिन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

सिरहाकी एक किशोरीले पंखामा झुन्डिएर आत्महत्या गरिन

राजेन्द्र महतो लहान ।सिरहाको गोलबजार न-पा-४चौहर्बा का एक १९बर्शिय किशोरी ले सोमबार दिउसो सल को पासो लगा

भत्किएको वाल निर्माण यर्थास्रिघ निर्माण गर्न ठेकेदारलाई पत्र

 राेयाण्टर  मण्डल  सिरहा / सुखीपुर नगरपालिका – २ छजना स्थित नवनिर्मित पोखरी वाल १० महिना नबित्दै भत्

सुखीपुर नगरपालिकाको गाडीको ठक्करले साईकल यात्री घाईते

रोयाण्टर मण्डल सिरहा / सुखीपुर नगरपालिकाको गाडीबाट ठक्कर लागेर एक साइकल यात्रीलाई गभिर घाईते भएका छन् ।


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६